डिलिट भएको इमेल यसरी रिस्टोर गर्नुहोस्

कुनै बेला हतारमा वा झुक्किएर आफ्नो कुनै महत्वपूर्ण इमेल डिलिट गर्नुभएको छ ? गर्नुभएको छ भने र अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ ? तर चिन्ता नलिनुहोस्, डिलिट भएको त्यो इमेल तपाईं रिस्टोर गर्न सक्नुहुन्छ, जुन जीमेलमा तपाईंको डिलिट गरेको इमेल फिर्ता गर्न सक्ने विशेषता रहेको छ । यसरी रिस्टोर गर्नुहोस् तपाईंका महत्वपूर्ण इमेलहरु :

१. आफ्नो जीमेल एकाउन्ट खाल्नुहोस् ।

२. त्यसपछि सर्च बारको छेउमा रहेको ड्रप–डाउन आइकनमा थिच्नुहोस् । त्यसपछि तपाईं एक फिल्टर फर्म देख्न सक्नुहुन्छ । त्यस फर्ममा रहेको आवश्यक कुराहरु भरेर सर्च बटन थिच्नुहोस् । त्यसपछि तपाईंले फरेको फर्मको विवरण अनुसार डिलिट भएको इमेलको सूचीहरु देखिन्छ ।

आफूलाई आवश्यक परेको इमेल रिस्टोर गर्नुहोस् । तर यो तरिकाले कुन बेलामा काम गर्दैन त ? यो त्यो बेला काम गर्दैन, जब तपाईंको इमेल पूर्ण रुपमा डिलिट भएको हुन्छ । ट्र्यासमा रहेको ३० दिनसम्मा तपाईं रिस्टोर गर्न सक्नुहुन्छ । तर ट्र्यासमा रहेको ३० दिनभित्र इमेलहरु रिस्टोर नगरेमा तपाईंको एकाउन्टबाट इमेल पूर्ण रुपमा डिलिट हुन्छ ।

यदि तपाईंले कुनै कम्पनी, स्कुल तथा संस्थाको एकाउन्ट चलाइराख्नु भएको छ भने तपाईंले एडमिन काउन्सलमा साइन इन गरी डिलिटेड इमेल रिस्टोर गर्न सक्नुहुन्छ । तपाईंको व्यक्तिगत एकाउन्ट तपाईं आफैं म्यानेज गर्न सक्नुहुन्छ ।

३. admin.google.com यो साइटमा गएर एडमिन काउन्सलमा साइन इन गर्नुहोस् र एड एकाउन्ट गर्नुहोस् । यसमा साइन इन गर्न एडमिन एकाउन्टको आवश्यकता पर्दछ । एडमिनिस्ट्रेटर भन्नाले तपाईंलाई जुन कम्पनीले जीमेल दिएको हुन्छ, त्यहाँको कुनै व्यक्ति तपाईंको एडमिनिस्टे«टर हुन सक्छ । तर एडमिनिस्ट्रेटर गुगलको सर्भिस प्रोभाइडर हुँदैनन् ।

You may also like