सामाजिक सञ्जालमा गरिने विज्ञापन अब बैंकिङ प्रणालीबाट

सामाजिक सञ्जालमा गरिने विज्ञापन अब बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब लगायत सामाजिक सञ्जालबाट अवैधानिक रुपमा रकम विदेशीने भएकाले अबदेखि बैंकिङ प्रणालीमा आवद्ध गराउनु पर्ने भएको हो ।

सामाजिक सञ्जालबाट बाहिरिने रकम बढेको र त्यसबाट देशको राजस्व समेत गुमेका ठहर गर्दै यसलाई बैधानिक बनाउन राष्ट्र बैंकले तयारी सुरु गरेको छ ।

वार्षिक ५ अर्ब रुपैयाँ सामाजिक सञ्जालमार्फत् विज्ञापनका रुपमा बाहिरिने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

You may also like