रोल्पामा ऊर्जामन्त्री पुनद्वारा कोरोना विरुद्धको स्वास्थ्य सामाग्री थप आयो 

मानसिंह विश्वकर्मा
चैत्र २५ रोल्पा
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले रोल्पामा कोरोना विरुद्धको अभियानलाई सघाउ पु¥याउनका आफ्नो व्यक्तिगत लगानी र आफ्नो पहलमा स्वास्थ्य मन्त्रालयबाट रोल्पा जिल्लामा थप स्वास्थ्य सामाग्री रोल्पामा पठाउनुभएको छ । सोमबार साँझसम्म रोल्पाको सदरमुकाम आई पुगेको छ । आज ११ बजे प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण हुनेछ । मन्त्री वर्षमान पुनमगरले रोल्पाको संकटको खतरालाई हाल नै सचेतनापूर्वक सामाना गर्नका लागि संघीय सरकारको तर्फ एवं आफ्नो तर्फबाट अत्याधिक सहयोग एवं पहल गर्ने बताउँदै रोल्पामा हुने सबै संकटलाई प्रदेश सरकार, स्थानीयतह, प्रशासन, सुरक्षा निकाय, राजनीतिकदल सबै मिलेर संकटको सामाधान गर्नका लागि आम रोल्पाबासीमा अपिल गर्नुभको छ ।
रोल्पा समाचार साप्ताहिक पत्रिका एवं रोल्पा अनलाईनसँग कुरा गर्दै सोमबार साझ मन्त्री पुनमगरले भन्नुभयाः–‘रोल्पा जिल्लाका ४ जनाको स्वाव परिक्षण नेगिटिभ भयो रे, राम्रो कुरा हो, यसरी रोल्पा जिल्लालाई सकरात्मक दिशामा लग्नु पर्दछ, सबैलाई धन्यवाद छ । मैले पनि जति सकिन्छ पहल गर्नेछु । सबै जिल्लाबासीको एकताले मात्रै कोरोना विरुद्धको लडाईमा सफलता हसिल गर्न सकिने छ । सबै लागौँ । हामी सफल हुन्छाँै’
विश्वमै महामारी एवं संकटको अवस्थामा रोल्पा जिल्लामा सामग्रीको अभाव भइरहेको समयमा मन्त्री पुनमगरले व्यवस्था गरी पठाएपछि संकट विरुद्धको लडाईमा धेरै सहज हुने रोल्पाका सरकोरकावाला निकायले बताएका छन् । प्रमुख जिल्ला अधिकारी लक्षण ढकालका अनुसार उर्जामन्त्रीद्वारा रोल्पामा रोल्पा जिल्लामा स्वास्थ्य सामाग्री खड्की रहेको बेलामा मन्त्री पुनमगरको आफ्नै व्यक्तिगत पहलमा ९० सेट र स्वास्थ्य मन्त्रालयबाट १० सेट गरी जम्मा १०० सेट पि.पी.ए. सेट, आफ्नो व्यक्तिगत रुपमा १ हजार र स्वास्थ्य मन्त्रालयको पहलमा १५० थान गरी १ हजार १५० पञ्जा, सेनिटाइजर आफ्नो व्यक्तिगतरुपमा ८ लिटर, स्वास्थ्य मन्त्रालबाट पहल गरेर रोल्पामा पठाएको बताउनुभएको छ । उहाँले रोल्पा जिल्लाका लागि आफ्नै पहल तथा व्यक्तिगत रुपमा खरिद गरि पठाउनका लगि तिव्ररुपमा लाग्दा लाग्दै पनि समान नपाइएको बताउनुभयो । उहाँले आगामी दिनमा अझै पहल गरेर सामाग्री पठाउने तयारी रहेको बताउनुभयो ।
मन्त्री पुनमगरका स्वकीय सचिव सन्तोष पुनमगरले मन्त्रीको पहलमा सामान लिइरहेको बताउँदै आगामी दिनमा पनि पनि लिइ रहने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा एकैपटक लिने इच्छा मन्त्री ज्यूको इच्छा भए पनि त्यो सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयोः–‘मन्त्री ज्यू रोल्पा जिल्लाको संकट हुन नदिनका लागि निकै लागि पर्नुभएको छ, तर सामान नै पाइदैन के गर्ने, ३÷४ दिन लागेर सामन जोहो गर्दा पनि सामान पाइदैन । त्यही भएर बेला बेलामा लिन्छौँ, जति पाइयो त्यतिलाई नै लिएर आउँछाँै’ । जति पाइयो रोल्पामै लिएका छाँै स्वकीय सचिव सन्तोष पुनमगरको भनाई थियो ।
रोल्पा जिल्लामा आफ्नो निर्वाचन क्षेत्र भएकोले पनि वर्षमान पुनमगरले विशेष जोड दिनुभएको छ । उहाँकै नेतृत्वमा अझै सामान खरिद गरी पठाउनुले रोल्पाका सरोकारवाला पनि उत्साहित छन् भने तर अझै रोल्पा जिल्लामा ७२ वटा वडा पालिकामा रहेका स्वास्थ्यचौकीमा इन्फाइरेटर थर्ममिटरको अभाव रहेको बेलामा सो पनि मन्त्री ज्यूकै पहलमा व्यवस्थान हुनेमा आशा गरेका छन् । त्यस तर्फ पनि मन्त्री वर्षमान पुनमगरले यो इन्फाइरेटर थर्ममिटर बजारमा अभाव भएको बताउनुभएको छ ।
रोल्पा जिल्लामा हुने सबै जोखिमतालाई न्यूनिरकण गर्नका लागि संघीय सरकार, प्रदेश सरकार र जिल्लाबासीहरुको सहकार्यमा रोल्पालाई कोरोना विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने छ । त्यसैले सबै सजग हुनेतर्फ ध्यान दिनुपर्द की ?

You may also like