रोल्पाको सदरमुकामका अति विपन्न ९० परिवारलाई राहत वितरण

रोल्पा समचारदाता
लिबाङ, रोल्पा
२५ चैत्र

कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई रोक्न राज्यले गरेको लकडाउनको समयमा मारमा परेका अति बिपन्न र ज्याला मजदुरी गरीखाने वर्गहरुलाई रोल्पा नगरपालिकाले राहत प्रदान गरिरहेको छ । आज रोल्पा जिल्लाको सदरमुकाम लिबाङ एवं रोल्पा नगरपालिका वडा नं. ४ का स्थानीयबासिन्दा र अन्य स्थानबाट मजदुरी गरी खाने विपन्नहरुलाई राहत प्रदान गरी राहत विवतरण अभियानको शुरुवात गरेको छ ।
नगरपालिकाका वडाहरुमा लक डाउनको समयमा मर्कामा परेका अति बिपन्न, गरिब घरधुरी, ज्यालामजदुरी गरेर दैनिकि गुजारा गर्ने घरपरिवारहरुलाई खाद्यान्नका सामाग्रीहरु प्रदान गरिएको कुरा रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसीले बताउनुभयो । रोल्पा नगरपालिका वडा नम्बर ४ को लिबाङ वडा कार्यालयमा राहतबितरणको उदघाटन गरेसँगै नगरपालिकाका १० वटै वडाबाट राहत बितरण गर्ने कार्य शुरु भएको नगरपालिका प्रेस संयोजक देवि गुरुङले बतानुभयो । मंगलबार बिहान लिबाङ वडा कार्यालयमा ५ नम्बर प्रदेससभाका सदस्य मा. दिपेन्द्र कुमार पुनले राहत बितरण कार्यको शुभारम्भ गर्नुभएको हो । रातह वितलाई जिल्लाभरी प्रभावकारी, पार्दशिता एवं सदुपयोग तरिकाले गर्नका लागि सबै स्थानीयतहहरुलाई प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले आग्रह एवं अनुरोध गर्नुभएको छ ।
राहत बितरण कार्यमा रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती ध्रुब, रोल्पा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज आचार्य नविन, वडाका वडा सदस्यहरु, वडा सचिव र सरोकारवालाहरुको सहभागिता रहेको थियो । यस वडा कार्यालयमा सोमबार मात्रै बसेको सर्वदलिय सर्वपक्षिय निर्णय अनुसार वडाका जनप्रतिनिधि, वडाका विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, सरोकारवालाहरुको सहकार्यमा वडामा बसोबास गर्ने अति बिपन्न, गरिब, दलित समुदाय, ज्याला मजदुरी गरेर खानेवर्गहरुको छनौट गरी ९० जनालाई राहत बितरण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार रोल्पा नगरपालिका वडा अध्यक्ष नवराज आचार्यले मंगलबार सबैलाई बोलाएर प्रतिब्यक्ति ३ केजीका दरले चामल, नुन, तेल, दाल बितरण गरिएको र घरको संख्या अनुसार ती राहतका सामाग्री प्रदान गरिएको बताउनुभयो । वडा सचिव धर्मराज डाँगीले वडा पालिकाले तथ्याङ्क संकलन गरी अति विपन्नहरु तथा दैनिक ज्याला मजदुरी गरी खानेलाई ९० घरधुरीलाई राहत प्रदान गरिएको छ । रोल्पाको सदरमुकामको रुपमा समेत रहेको लिबाङमा दैनिक ज्यालामजदुरी गरेर खाने तराईमुलका बासीन्दाहरु सँगै विभिन्न कारणले लिबाङमा बस्दैआएका बासीन्दाहरुको बाहुल्यता धेरै रहेको छ । राहत प्राप्त गरेसँगै ती बासीन्दाहरु भने हर्षित भएका छन् । वडामा राहत प्रदान कार्यक्रम गरीरहँदा वडाका सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो ।


यसै गरेर रोल्पा नगरपालिका वडा नम्बर ७ माडीचौर रोल्पामा नगर उपप्रमुख मनकुमारी घर्ती, वडा अध्यक्ष गनसीं पुनमगरद्वारा राहत बितरण गरिएको छ । ७ नम्बर वडामा २९ घरधुरी अति बिपन्न, ज्यालामजदुरी गरेर दैनिकि चलाउने हरुलाई राहत बितरण गरिएको छ ।


यसैगरेर रोल्पा नगरपालिका वडा नम्बर १ मा ३६ घरधुरी, २ मा ६० घरधुरी, ३ मा २१ घरधुरी, ६ मा १७ घरधुरी, ८ मा १३ घरधुरी, ९ मा १४ घरधुरी छनौट भएका छन भने वडा नम्बर ५ र १० मा पनि अति बिपन्न र गरिब घरधुरी छनौट भईरहेको त्यहाँका वडा अध्यक्षहरुले जानकारी दिनुभएको छ ।

यो लक डाउनको समयमा रोल्पा नगरपालिकाले १०० कवीन्टर चामल, ५ कवीन्टल दाल, ५ कवीन्टल नुन, ५०० लिटर तेल खरिद गरेर सबै वडाहरुमा पुरयाउने गरी ब्यवस्थापन गरेको नगर प्रमुख पूर्ण केसीले बताउनुभएको छ । राज्यले बैसाख ३ गते सम्म लकडाउनको समय बढाएसँगै रोल्पा नगरपालिकाले पनि आफना जनतालाई राहत दिनका लागि आफनो प्रकृयाहरु अगाडी बढाएको बताएको हो । यस सँगै वडामा सचेतनामुलक अभियानहरु सञ्चालन भैरहेको नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।
राहत वितरणले अति विपन्न तथा अति गरिवलाई राहत हुनेनै छ । तर राहतको नाममा कतिपय मापण्दभन्दा फरक परिवारले पनि लिन सक्छन् त्यसमा स्थानीयतहले निकै चनाखोपूर्वक अगाडि बढ्नु पन देखिन्छ । हाल शुरुमै शुरुवात भएको राहत वितरण सकरात्मक कार्य नै हो तर भविस्यको असार र साउनमा हुने भोकमरीलाई पनि दृष्टिगट गर्न आवश्यक छ ।

You may also like