नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसरमा रोल्पा शाखाले विरामीलाई फलफूल वितवरण

नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसरमा रोल्पा शाखाले विरामीलाई फलफूल वितवरण

This image has an empty alt attribute; its file name is r1.jpg


१९ भाद्र, लिबाङ । नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसरमा रोल्पा जिल्ला शाखाले रोल्पा अस्पताल रेउघामा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेर आज दिवस मनाएको छ ।
विरामीलाई फलफूल वितरणमा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापति डि.वी. टुहुरो, रोल्पा अस्पताल रेउघा रोल्पाका डाक्टर प्रकाश बुढा, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका उप सभापति टिका कुुमारी बुढामगर, मन्त्री अमर जि.एम, कोषाध्यक्ष भिम बहादुर बुढामगर लगायत कर्मचारी तथा स्वयम सेवकहरुको सहभागितामा रोल्पा अस्पताल रेउघामा भर्ना भएका २५ जना विरामीहरुलाई फलपूmल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापति डि.वी. टुहुरोले बताउनुभयो । विगतमा दिवसको अवसरमा विभिन्न कार्यक्रहरू आयोजना गरेर दिवस अनौपाचारिक रुपमा मनाउँदै आएपनि यस पटकको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको आयोजकले बताएको छ ।

You may also like