गंगादेव गाउँपालिकालाई नेपाली सेनाद्वारा निर्मित हेलिकप्टर प्याड हस्तान्तरण  

गंगादेव गाउँपालिकालाई नेपाली सेनाद्वारा निर्मित हेलिकप्टर प्याड हस्तान्तरण
असार २४ गेत
सुखओडार–रोल्पा


गंगादेव गाउँपालिका रोल्पालाई नेपाली सेनाद्वारा गंगादेव गाउँपालिका रोल्पा सुख्खा ओढारमा निर्माण हेलिकप्टर प्याड हिजो हस्तान्तरण   गरिएको छ । प्राकृति विपत्ति र आपतकालीन अवस्थामा पीडितहरुको उद्वार कार्यमा यस गाउँपालिका सहित छिमेकी गाउँपालिकाहरुलाई पनि सहज बन्ने भएको छ ।
यस गाउँपालिका अध्यक्ष विर बहादुर खत्रीले नेपाली सेनाले यो हेलिकप्टर प्याडको निर्माणको कार्य निर्धारित समयमा सम्पन्न गरेको प्रति खद्गदल गण रोल्पा र बजेट बिनियोजन गरेको प्रति आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५ नं. प्रदेश नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले सेनाले गरेको निर्माणको कामबाट स्थानीयले पनि प्रेरणा लिनु पर्ने बताउनुभयो । खद्गदल गण रोल्पाका सह–सेनानी अमिर लामाले बुझ बोदार्थको भर्पाइ सहित यस गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई हेलिकप्टर प्याड निर्माणको फाइल हस्तान्तरण गर्नुभएको हो । प्राकृतिक विपत्ति र आपतकालीन घटनाको उद्वारको लागि हेलिकप्टर प्याड निर्माणको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५ नम्बर प्रदेशको ५ लाख बजेट बिनियोजन गरे सङगै जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त हेलिप्याड निर्माणको जिम्मा खद्गदल गण रोल्पालाई दिएको थियोे ।

यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सक्कलदेव यादव, २ नं. अध्यक्ष भुपाल दमाइ, ३ नं. वडा अध्यक्ष जलेश कुमार के.सी. ५ नं. वडा अध्यक्ष मान बहादुर डाँगी, ६ नं. वडा अध्यक्ष वीर बहादुर वली, ७ नं. वडा अध्यक्ष तुल बहादुर घर्ती, गाउँपालिका प्रेस संयोजक अशोक वली परिवर्तन सहित सरोकारवाला निकायहरुहरको उपस्थिति थियो । गाउँपालिकामा पहिलो पटक हेलिकप्टर प्याड निर्माण भएपछि गाउँपालिकाबासीहरुले खुसी व्यक्त गरेका छन् । साथै नेपाली सेनाद्वारा नै जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिकप्टर प्याड निर्माण कार्य सम्पन्न भएका छन् । भने रोल्पा नगरपालिका रोल्पाले हेलिकप्टर प्याड निर्माण गत वर्षनै सम्पन्न गरेको थियो । तर, निर्माण भएको केही समयमा नै भित्किएपछि पुनः यस वर्ष पनि निर्माण कार्य शुरुवात नगरपालिकाले बताएको छ ।

You may also like