प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संगठनहरुको मौन प्रर्दशन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संगठनहरुको मौन प्रर्दशन
माघ २४ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s.jpg

संघीय सरकराको प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीले गत पुसको ५ गते प्रतिनिधिसभा विघटनको असवैधानिक कदमको विरोद्व नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संगठनहरुले मौन विरोध प्रर्दशन आज लिबाङमा गरेका छन् ।
यस जिल्लामा क्रियाशिल नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठनहरुले नेपाल टे«ड युनियन कांग्रेस, नेपाल शिक्षक सघं, नेपाल डमाक्रेटिक लयर्स यसोसिएसन, नेपाल प्रेस युनियन, प्रजातन्त्रीक प्रध्यापक सघं, नेपाल निजामती कर्मचारी युनियन, सेन्टरफर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, नेपाल सांस्कृतिक सघं, लेखक सघं आदिले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका हुन् । नेपाल टे«ड युनियन कांग्रेस रोल्पाका अध्यक्ष अभिमानसिङ घर्तीको नेतृत्वमा भएको विरोध सभा कार्यक्रमम नेपाली कांग्रेस रोल्पाका निवर्तमान पार्टी सभापति कृष्ण बहादुर घर्तिमगर, पूर्व पार्टी सभापति माधवप्रसाद आचार्य, पूर्व संसद लेखनाथ आचार्य, नेपाल लेखक सघंका केन्द्रिय सदस्य दामु मर्सिफूल, नेपाल शिक्षक सघंका केन्द्रीय सदस्य शालीकराम सुवेदी, नेपाल महिला सघं रोल्पाको सभापति पुष्पा श्रेष्ठ, नेविसघं रोल्पाका अध्यक्ष शेरवहादुर थापा, तरुनदल रोल्पाका सचिव लिलाधर आचार्य लगाएत सुभेच्छु सघंका प्रमुख प्रतिनिधिहरु, नेपाल शिक्षक सघं रोल्पाका सचिव चुर्न केसी, सेन्टरफर डेमोक्रेटिक इन्जिनियर्स नेपाल रोल्पाका अध्यक्ष लोकेन्द्र बुढा, नेपाल निजामति कर्मचारी युनियन सघंका सचिव सागर लामिछाने, प्रजातान्त्रीक प्रध्यापक सघंका गोर्कण पुन, प्रजातान्त्रीक विचार समाज रोल्पाका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द लगाएतको उपस्थिति थियो । प्रर्दशनसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको मौन प्रर्दशन बजार परिक्रमा गरि टुडिखेलमा पुगी आधि घण्टा मौनता प्रर्दशन समापन गरिएको अयोजकले बताएको छ । पार्टी र पार्टीको भातृ संगठन र शुभेच्छुक संगठनहरु चरमवद्व प्रतिनिधिसभा विघटनको विरोधमा देशभरि आन्दोलन गर्दै आएका छन् ।

You may also like