थबाङ गाउँपालिकाद्वारा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगार संघको ज्ञापन पत्रको सम्बोधन

थबाङ गाउँपालिकाद्वारा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगार संघको ज्ञापन पत्रको सम्बोधन
विमल राज डाँगी
असार २५ थबाङ–रोल्पा ।।


पूर्व जनमुक्ति सेना कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगार संघले बुझाएको ज्ञापन पत्रको सम्बोधन आज थबाङ गाउँपालिका कार्यालय रोल्पाले गरेको छ । गाउँपालिकाले संघको मागहरुलाई सम्बोधन गर्दै दुई पक्ष बीच सम्झौता भएको छ ।
गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले संघको ज्ञापन पत्र हस्तराण गर्र्दै भन्नुभयो,‘ यस गाउँपालिकामा रहनुभएका सम्पूर्ण पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पिडित बेरोजगार संघले ल्याएका जायज मागहरु समयमा नै सम्बोधन यस गाउँपालिकाले गर्छ । पूर्व जनमुक्ति सेना, कलाकसार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगारको गाउँपालिकाले थप पहिचान गरि विकास र स्वरोजगारको माध्यमतर्फ सहभागि गाउँपालिकाले बनाउँछ । संघको मागहरुलाई कार्यन्वयनको चरणमा निरन्तर गाउँपालिका तपाईहरुसँग नै सहकार्य समन्वय गरी अगाडि बढनेछ ।’
सोही दिन संघको मागहरु कार्यन्वयनका लागि यस सगाउँपालिका अध्यक्ष विर बहादुर घर्ती र पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगार संघको अध्यक्ष हितमान पुनको हस्ताक्षर समेत भएको छ । यस संघले गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै गाउँपालिका कार्यालय, १ नं. वडा कार्यालय र २ नं. वडा कार्यालय घेराउ समेत गरेका थिए । केही दिन अघि यहाँ संघ गठन गरिएको थियो । संघमा आवद्व पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगारहरुले द्वन्द्व पीडित बेरोजगार संघ जिन्दावाद, बेरोजगारहरुलाई रोजगार दे, द्वन्द्व पीडित बेरोजगारहरुको सहि माग सम्बोधन गर, सबै द्वन्द्व पीडीत बेरोजगारहरु एक हौं, सबै खाल भ्रष्टचारी मुर्दावाद जस्ता नाराहरु लगाउँदै गाउँपालिका कर्यालय, १ नं. वडा र २ नं. वडा कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

गाउँपालिकाबाट सम्बोधनहरु

यस गाउँपालिका कार्यलयको फर्म अनुसार सम्पूर्ण पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगारहरुको नाम ठेगाना र हालको अवस्था लगायतका विवरण संकलन गरी साउन १५ गते भित्र नामावली गाउँपालिकामा पेश गर्ने । थबाङ गाउँपालिकाको आर्थिक वर्ष २०७७÷२०७८ मा सञ्चालन हुने आयोजना तथा योजनाहरुमा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगारहरुलाई प्रति आयोजनामा १ जनाका दरले समानुपातिक रुपमा सहभागि बनाउने । संघीय सरकारबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरु यस गाउँपालिकाबाट कार्यान्वयनको क्रममा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगारलाई सहभागि गराइने छ । पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्व पीडित बेरोजगारहरुको जीवन निर्वाहका लागि गाउँपालिकाबाट कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगायत सीपमूलक व्यवसायिक रोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने ।                                                                            

     संघको मागरहरु

सबै द्वन्द्व पीडित बेरोजगारहरुको समस्याको पहिचान गरी व्यवस्थित रुपमा समाधान गरिनु पर्छ, विकास योजना लगायतका हरेक कामहरुमा सबैलाई समान अवसर र समान सहभागिताको व्यवस्था मिलाउनु पर्छ, कसैलाई पनि कुनै अवसरबाट बञ्चित गरिनु हँुदैन, कसैलाई अन्यायपूर्ण र असमान व्यवहार गरिनुहँुदैन, कुनै पनि विकास योजनाहरुमा कुनै व्यक्ति विशेष, समूह विशेष समिति विशेष, पार्टी विशेषको निरन्तर एक लौटी एकाधिकार हुने परिपाटीलाई तोड्नु पर्छ, सबैलाई आवश्यकताको आधारमा समान अवसर दिइनु पर्छ , नातावाद, पक्षपात र असमान व्यवहार गरिनु हुँदैन । एउटै वर्ग, जात, समूह, व्यक्तिको मात्र वर्चश्व हुने गलत संस्कारलाई तोड्नु पर्छ, शहीद परिवार, वेपत्ता परिवार, घाइते अपाङ्गहरुको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने र समस्याको उचित हल गर्ने द्वन्दका कारण स्थायीर अस्थायी जागिर समेत छाडेर युद्वमा योगदान पु¥याएका द्वन्द्व पीडितहरुको समस्यालाई सम्बोधन गर्ने गराउने सरकारसँग विशेष पहल गर्ने, द्वन्द्वका कारण स्थायी र अस्थायी जागिर समेत छाडेर युद्धमा योगदान पु¥याएका द्वन्द्व पीडितहरुको समस्यालाई सम्बोधन गर्ने गराउने सरकारसँग विशेष पहल गर्ने लगायतका मागहरु लिएर गाउँमा कोण सभा गर्दै गाउँपालिकामा संघले ज्ञापन पत्र बुझाएका थिए ।

You may also like