उर्जामन्त्री पुनमगर रोल्पाको विकास बारे व्यापक छलफलफ गर्दै

रोल्पा समाचारदाता
भाद्र ६ गते रोल्पा


उर्जा तथा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले रोल्पा जिल्लाको विकासका लागि रोल्पा जिल्लाका स्थानीयतहकाका जनप्रतिनिधीहरुले छलफल गर्नुभएको छ । मन्त्री वर्षमान पुनमगरले आफूहरुको कार्यकालमै परिणाम निस्कने र जनतालाई अनुभूति हुने गरी कार्य सम्पन्न गर्नका लागि अनुरोध गर्नुभएको छ ।

रोल्पाको लिबाङमा सम्पन्न भौतिक पूर्वाधार साझेदार परार्मको समितिको बैठकमा यस्तो निर्देशन गर्नुभएको थियो । आफूहरुले नारा र कुरामा मात्रै भन्दा पनि जनताले अनुभूति हुने गरी काम गर्नका लागि आग्रह गर्नुभएको थियो । रोल्पा जिल्लामा उर्जा, सडक, स्वास्थ्य, शिक्षा, सञ्चार क्षेत्रमा धेरै विकास भइसकेकोले यसलाई दीर्घकालीन रुपमा अगाडि बढाउनको लागि आवश्यक पहल र योजनामा अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । उहाँले रोल्पा जिल्लाको समृद्धिको सपना साकार पार्नका लागि सबै लागि आफूहरुनै जिम्मेवारी भएकाले सबैले आफूहरुसँग भएको साधान श्रोतलाई अधिकतम रुपमा प्रयोग गरी अगाडि अढ्नका लागि समेत अनुरोध गर्नुभयो ।
यसैगरी सो बैठकमा गाउँपालिका अध्यक्षहरुले आफ्नो गाउँपालिकामा भएका आर्थिक वर्ष २०७५÷०७६ को पूर्वाधार साझोदारी कार्यक्रमको समीक्षा गरिएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गरिएको योजनाको बारेमा समीक्षा गरिएको थियो । सो बजेटबाट सडक निर्माण, विद्यालय निर्माण, पुल निर्माण, खानेपानी, स्वास्थ्य क्षेत्रमा विभिन्न योजनाहरु सञ्चालन गरिएको थियो । सरोकारवाला व्याक्तिले रोल्पा जिल्लामा उर्जा क्षेत्रको विकास, सडकको स्तरउन्नती, पर्यटन क्षेत्रको विकासमा थप विकास बजेट विनियोजन गर्नका लागि हार्दिक अनुरोध छ ।

कार्यक्रममा पूर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य ओनसरी घर्तीमगर, प्रतितिनधी सभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समितिका संयोजक जयपुरी घर्तीमगर, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, राष्ट्रिय सभा सदस्य राजकुमार कवर, प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर लगायतको आथित्यता रहेको थियो ।
साथै कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी, सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर, थबाङ गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीमगर, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्री, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर घर्तीमगर, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगर, सुनिल स्मृति गाउँपाकिाका अध्यक्ष गुणेन्द्र घर्तीमगर, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका का.वा. सभापति किशोर कुमार आचार्य लगायतले रोल्पा जिल्लाको विकासका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

You may also like