श्रीमती र बच्चालाई माइत छोडेर आउँदा दुर्घटनामा परि चालकको मृत्यु

रोल्पा समाचारदाता

भाद्र १४ गते


शुक्रबार साँझ भएको जीव दुर्घटनामा चालकको मृत्यु भएको छ ।  ना.१ ज ४६५६ को सवारी चालक दिलबहादुर बुढामगरको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रोल्पाले बताएको छ ।

रोल्पा न.पा. धबाङका ३० वर्षिय चालक तथा सवारी धनी दिलबहादुर बुढामगर आफ्नो परिवारहरुलाई रोल्पा नगरपालिका ७ घापामा लगेर छोडेर फर्किने बेलामा करिव ७ः३० बजे दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख अमरबहादुर थापाले बताउनुयो । शुक्रबार राती अवेर सम्म चालकको खोजी कार्य जारी राखेपनि फेला परेको थिएन । जीप माडीखोलाको बीच भागमा गएर रोकिएपछि राती पानीको बहाव बढी भएर उद्दार गर्न नसकिएको बताउनुभयो ।

  शनिबार विहानमात्रै चालकको शव माडीचौर खेल मैदान नजिकै बगरमा फेला परेको थियो । शब फेला परेपछि मुचुल्का उतार पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघामा लिइएको छ । यो समाचार तयार पर्दासम्म जीप खोलबाट उद्दार गर्न सकेको छैन ।

सो उद्धारको क्रममा प्रदेश सांसद दीपेन्द्र पुनमगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, स्थानीय राजनीतिक दल, युवा तथा आफन्तहरुको सहयोगमा सब फेला पारिएको थियो ।

You may also like