सहिद कृष्ण सेन ‘इच्छुक’को सालिकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.द्वारा अनावरण

सहिद कृष्ण सेन ‘इच्छुक’को सालिकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.द्वारा अनावरण


This image has an empty alt attribute; its file name is m2.jpg

मानसिंह विश्वकर्मा
दाङ–भालुबाङ
सहिद कृष्ण सेन ‘इच्छुक’को दाङ जिल्लाको राप्ती गाउँपालिका–१ भालुबाङ स्थित सालिकको लुम्बिनी प्रदेश मुख्यमन्त्री कुल प्रसाद के.सी.द्वारा शनिबार अनावरण गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is m4-1.jpg

उहाँले भन्नुभयो,‘इच्छुकले देखेको गरीव, विपन्न तथा निमुखाको पक्षमा अझै काम गर्न बाँकी छ । यो कालझैं इतिहास हो । अर्काे पुस्तासम्मको लागि ठूलो इतिहास हो । यति महान व्यक्तिको आज सालिक अनावरण गर्न पाउँदा हामीलाई गर्व अनुभूति भएको छ ।’ प्रदेश सरकारबाट विनियोजट रकम रु ७ लाख ४० हजार, सहयोगबाट रु २ लाख ९१ हजार ५४० गरी जम्मा रु १० लाख ३१ हजार ५४० रुपैयाँ लागतमा सालिक निर्माण भएको सालिक निर्माण समितिका संयोजक सूर्य प्रकाश शर्माले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is m1-1-1024x683.jpg

सहिद कृष्ण सेन इच्छुकको वि.स २०५९ जेठ १३ गते नख्खु कारागार काठमाडौँमा हत्या तत्कालीन सुरक्षा निकायले हत्या गरेको थियो । साहित्य सृजना र पत्रकारिताको माध्यमबाट जनजीविकाको सवाल उठाउँदै आउनुभएका सेन कम्युनिष्ट आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएको थियो । सालिकको निर्माण कार्य वि.स.२०७५ वैशाख २५ गतेबाट सुरु भएको थियो ।

You may also like