माडी गाउँपालिका अध्यक्ष पुनकाे अग्नसरतामा काेराेना भाइरस सहित अन्य राेगबाट बच्च र बचाउन घर्तिगाउँ बजारको सरसफाइ

२८ चैत्र, घर्तिगाउँ रोल्पा ।  
नोबेल कोरोना भाइरस (कोभिड–१९)ले विश्वभरि महामारी रुपमा फैलिरहको अवस्थामा यस भाइरस सहित अन्य भारइसबाट बच्नका लागि माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनको अग्नसरतामा अाज घर्तिगाउँ बजारको सरफाइ गरिएको हो । यस भारइर र अन्य भाइरसबाट बच्न र बचाउनका लागि सबैले आ–आफ्नो ठाउँमा सरसफाइमा ध्यान आवश्यक छ ।
जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पा, बजार ब्यबस्थापन समिति, यस बजारमा अवस्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु, बजारबासीहरु सहित अन्य सरोकारवाला निकायहरुहरुको सहभागिता उपस्थितिमा माडी गाउँपालिका घर्तीगाउँ बजारको सरसफाइ गरिएको हो । लक डाउन भएपछि यस बजारको धेरै व्यपारीहरु आ–आफ्नो घरतिर फर्किएका छन् भने केही व्यपारहीहरु यस बजारमै घर भएकोले यही बसी दैनिक जीवन बिताइरहेका छन् ।

संघीय सरकारको कोरोना भइरसबाट बच्न र बचानका लागि तय गरेको नीति अनुसार सामाजिक दुरी कायम गर्दै बजारको सरसफाइ कार्य सम्पन्न भएको हो । मौसमिमा आएको परिवर्तनसँगै विभिन्न महामारी रोगहरुको किटाणुहरु सक्रिय हुने भएको हुँदा बजार क्षेत्र सहित अन्य ठाउँहरुको पनि सरफाइबाट सफा सुघर राख्नु ति विभिन्न महामारी रोगबाट बच्ने प्रमुख आधार हो भने यो समयमा कोरोना भाइरसले विश्वभरी महामारी रुपमा फैलिइरहेको सन्र्दभमा बजार सहित अन्य ठाउँहरुको सरफाइ गरी सफा राखी यस भाइरसबाट बच्न र बचाउनबाट थप सहयोग पुग्छ । त्यसैले अन्य बजार सहित घरको वरिपरी सबैले सरसफाइ गरी सफा राख्न विशेष ध्यान पु¥याउन आवश्यक छ ।

You may also like