जनताको मागलाई सम्बोधन गर्दै बस्तीबस्तीमा अध्यक्ष कार्यक्रम

भाद्र ४ गते
सुलिचौर–रोल्पा

सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बस्तीबस्तीमा अध्यक्ष कार्यक्रम वडा नं. १ थुम्पाकीमा मंगलबार सम्पन्न गर्नुभएको छ । अध्यक्ष घर्तीले जनताहरुको मागका आधारमा अति विपन्न तीन घरपरिवारलाई जस्तापाता उपलब्ध, पधेरा कुवा पानी मुहान संरक्षणका लागि आवश्यक सामाग्रिहरु उपलब्ध, विद्यालयमा विद्युत जडानका लागि आवश्यक वजेटको व्यवस्था गर्नुभएको छ, साथै धारबाङ, थुम्पाकी, धरमपानी मोटरबाटो, पञ्चिकोट, उर्लिखोला थुम्पाकी मोटरबाटोका लागि गाउँपालिकाबाट १०÷१० लाख बजेट विनियोजन गरिएको कुरापनि प्रष्ट पार्नुभयो ।


उक्त कार्यक्रममा अध्यक्षको नीजि सचिवालयको टिम, कार्यपालिका सदस्य तुलसी सुनार र शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल सहितको टीमलाई लिएर अध्यक्ष घर्ती उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारसँग राख्नु पर्ने अपेक्षा, माग तथा गुनासाहरु खुलेरै राखेका थिए भने अध्यक्ष घर्तीले उनीहरुको गुनासोलाई सम्बोधन गर्नुभएको थियो । उर्लीखोला, लेखका बालबालिकाहरुका लागि विद्यालयको समस्या रहेको हुँदा केन्द्र क्षेत्रमा बाल बिकास राख्नका लागि गाउँ शिक्षा समितिको बैठकबाट प्रक्रिया अगाडि बढाउने, सामुदायिक स्वास्थ्य इकाइको लागि प्रक्रिया अगाडि बढाउने, मोटरबाटो स्तरउन्नोतिका लागि आवश्यक पहल अगाडि बढाउने, सम्पूर्णको घरघरमा विद्युत सेवा पु¥याउने, कृषि क्षेत्रका लागि आवश्यक अनुसार प्रशिक्षण, विउ विजनहरु उपलब्ध गराउने समेत अध्यक्ष घर्तीले बताउनु भएको छ । अत्याधिक मागको रुपमा रहेको खानेपानीलाई एक घर एक धारा कार्यक्रमलाई अगाडि बढाउने, सिचाई तथा कुलो मर्मतका लागि पनि आवश्यक प्रकृया अगाडि बढाइ तुरुन्तै तपाइहरुको मागलाई सम्बोधन गरिदै लैजाने अध्यक्ष घर्तीले बताउनुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like