सुनछहरी गाउँपालिका राेल्पाकाे आठौं गाउँ सभा सम्पन्न

सुनछहरी गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न
जुनिश कुमार विष्ट
असार १० गते, पोबाङ–रोल्पा ।


सुनछहरी गाउँपालिकाको आठौं गाउँ सभा आज सम्पन्न भएको छ । गाउँ सभाबाट गाउँपालिकाबासीको हितमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
यस गाउँ सभाबाट आर्थिक वर्ष २०७७÷२०७८ को रु ३७ करोड ६१ लाख ५७ हजार ९४ बजेट प्रस्तुत भएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रत्येक वडालाई १÷१ करोडको बजेट सिलिङ् दिईएको तथा आर्थिक विकासतर्फ रु १ करोड ३ लाख ५० हजार, कृषितर्फ रु ५१ लाख ४० हजार, पर्यटनतर्फ रु ६ लाख ५० हजार, उद्योगतर्फ रु ३ लाख ९५ लाख, पशुपन्छी विकासतर्फ रु ४ लाख २० हजार विनियोजिट भएको छ । साथै सामाजिक विकासतर्फ रु ८० लाख १४ हजार विनियोजन गरिएको छ । जस अन्तर्गत शिक्षा विकासतर्फ रु १० लाख २५ हजार, स्वास्थ्यतर्फ रु २८ लाख ९० हजार, खानेपानीतर्फ रु २ लाख, संस्कृति संरक्षणतर्फ १० लाख, लक्षित वर्गतर्फ रु २४ लाख १० हजार र खेलकुद विकासतर्फ रु ४ लाख ८९ हजार विनियोजन गरिएको छ । त्यसैगरि पूर्वाधार विकासतर्फ रु ६ करोड १० लाख ६० हजार विनियोजन गरिएको छ । जस अन्तर्गत सडक तथा झोलुङ्गे पुलतर्फ रु १ करोड ३९ लाख ५० हजार, सिंचाइ तथा खानेपानीतर्फ रु ५० लाख २० हजार, भवनतर्फ रु ३ करोड ३४ लाख ५० हजार, निर्मित भवन तथा सडकको भौतिक मर्मत सुधार रु ८३ लाख ४० हजार, बस्ति संरक्षणतर्फ रु ३ लाख, वन तथा वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५१ लाख, वन तथा भु–संरक्षममा रु ६ लाख ५० हजार, जलाधार संरक्षणमा रु ५० हजार, फोहोर मैला व्यवस्थापनमा रु ३ लाख ५० हजार, प्रकोप व्यवस्थापनमा रु ४१ लाख विनियोजन, सुशासन तथा संस्थागत विकास अन्तर्गत रु १ करोड ४ लाख २५ हजार विनियोजन भएको छ । त्यसैगरि गाउँपालिकाको चालु खर्चतर्फ रु ७ करोड १६ लाख ४१ लाख ८ हजार ९४ विनियोजन गरिएको छ भने वडा कार्यालयको चालु खर्चतर्फ रु ४५ लाख ७६ हजार २०० सय विनियोजन गरिएको छ ।
साथै यस गाउँपालिकाले कृषितर्फ खाद्य बाली सहित आलु, मसला बाली, अलैंची सुन्तला उत्पादनलाई प्राथमिकता दिइएको छ । पशुतर्फ माहुरी, बाख्रा पालन, पालनलाई प्राथमिक्तामा राखेको भने घाँस खेतीलाई विशेष महत्वका साथ अगाडि बढाईने योजना तय गरेको छ । गाउँपालिकामा स्वास्थ्यतर्फ गाउँपालिकामा पन्ध्र शैयाको अस्पताल निर्माण कार्य लाई कार्यान्वयन गर्ने गाउँघर क्लिनिक भवनहरु बनाउने गाउँपालिका स्तरमा एक ओटा ल्यावको प्रबन्ध गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत भएको छ । जसका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । शिक्षा तर्फ गाउँपालिका शिक्षा ऐन बनाई कार्यन्वयन गर्ने, विद्यालयहरुलाई अपांग मैत्री र छात्रामैत्री बनाइने माध्यमिक विद्यालयहरुमा ब्यवस्थित पुस्तकालय विज्ञान प्रयोगशाला र कम्युटर शिक्षाका स्थापना गर्ने मगर खाम भाषाबाट प्राथमिक तहसम्मको विद्यालय सञ्चालन गर्ने सहितको कार्यक्रम रहेको प्रमुख प्रशासकीय  बीरबहादुर पुनले बताउनुभयो । गाउँपालिकाकाे अागामी आर्थिक वर्ष २०७७÷२०७८को नीति तथा कार्यक्रम अार्थिक विकास समिति संयाेजक टीकाबहादुर बुढाले  प्रस्तुत गर्नुभएको थियो ।

You may also like