“आफ्नै कार्यकालमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा लिन्छौँ” –मुख्यमन्त्री केसी


रोल्पा समाचारदाता
मंसिर २२ दाङ

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले कला र संगीतको क्षेत्रमा लुम्बिनी प्रदेशलाई समृद्ध बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनको लागि साँस्कृतिकर्मीहरुलाई आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । मुख्यमन्त्री केसीले आफ्नै कार्यलमा प्रदेशको लुम्बिनी र केन्द्र राप्ती उपत्यकामा बनाएको बताउँदै आफ्नै कार्यकालमा राजधानीको संरचना अगाडि बढाउने बताउनुभयो । साथै उहाँले लुम्बिनी प्रदेशको कला, संस्कृतिलाई संरक्षण र सम्र्बद्धन गर्नका लागि साँस्कृतिक प्रतिष्ठान बनाउनको पहल भइरको बताउनुभयो ।
यस्तो विचार उत्सर्ग नेपाल पहल नेपालको संयुक्त आयोजनामा भएको उत्सर्ग संङ्गीत अवार्ड २०७८ को अबवरमा दाङ घोराहीमा बताउनु भएको हो ।
उहाँले लुम्बिनी प्रदेश विविध साँस्कृतिक हिसावले भरिपूर्ण भएको बताउँदै सबै समुदायको कला र सँस्कृतिलाई संरचना अगाडि बढाउनको लागि अगाडि बढाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले कला र साँस्कृतिको रक्षा विकास गर्नका लागि लुम्बिनी प्रदेशमा साँस्कृतिक प्रतिष्ठान बनाएर कार्य थालनी आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता बनाउनुभयो ।
उहाँले पाल्पाको बतासे डाँडा, गुल्मीको धुरकोट, रोल्पाको होलेरी क्षेत्रमामा बनाउने बताउनुभयो ।
कार्यक्रममा सभामुख पूर्ण घर्तीमगरले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको आन्दोलनमा प्रगतिवादी गीत, संगीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is kalakar-1024x576.jpg


उहाँले कला, संगीत र सृजनाहरु पनि वर्गिय हुने भएकोले परिवर्तनको ऐजेण्डालाई अगाडि बढाउनको लागि नै जनवादी एवं प्रगतिवादी कलाकार एवं साँस्कृतिक कर्मीहरुले सर्वहारा, हली र गोठालो र किसानको गीत तथा सृजना गर्दै जनतालाई गोलबन्द गरी अगाडि बढेको प्रगतिशील साँस्कृतिक कर्मीहरुले विगत र वर्तमान तथा भविस्यमा निरन्तर रुपमा भूमिका आवश्यक रहेको बताउनुभयो ।
सभामुख घर्तीमगरले प्रगतिवादी गीत संगीतले क्रान्तिलाई उत्कर्षमा पु¥याएको बताउँदै अझै बढलिदो परिस्थितिमा अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।
लुम्बिनी प्रदेश सभाका सभामुख एवं साँस्कृतिककर्मी सभाभुख पूर्ण घर्तीमगरले लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा प्रज्ञा प्रतिष्ठान निर्माण गरी प्रदेशका कला साहित्य सँस्कृतिको विकासका लागि प्रदेश सरकारकारबाट गर्नका लागि प्रदेश सरकारको ध्यान आकर्षण गराउनुभएको थियो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका कानून समितिका सभापति दामा शर्माले कला र संगीतको क्षेत्रलाई राज्यले कानून तथा नीति निर्माण गरी अगाडि बढाउन सकिने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशका कला सँस्कृतिलाई संरक्षण र विकास गर्नका लागि आवश्यक रहेको बताउँदै त्यसलाई नेतृत्व प्रदा गरी अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।
उत्सवर्ग सङ्गीत अवार्ड २०७८ को अवसरमा लोक दोहरी, आधुनिक गीत, मोडेल लगायतको क्षेत्रमा प्रतियोगिता सम्पन्न गरी सर्वाेकृष्ट क्षेत्रका कलाकार, संगीतकार, जनबादी कलाकार, मातृभाषाका विभिन्न क्षेत्रका जनवादी कलाकार एवं स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

You may also like