गुणस्तरीय शिक्षाका लागि शिक्षक दरवन्दी मिलान र विद्यालय मर्जमा गाउँपालिका कठोर बन्छः गाउँपालिका अध्यक्ष वली

रोल्पा समाचारदाता
धरमखोला रोल्पा ।


त्रिवेणी गाउँपालिका ६ नं. वडा जुगाँर रोल्पा ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रतिशत भर्ना वडा घोषणा कार्यक्रम बुधारबार धरमखोलामा सम्पन्न भएको छ । गाउँपालिकाको पहिलो पूर्ण भर्ना वडा घोषणा भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गाउँपालिकाको नीति तथा कार्यक्रममा कार्यन्वयमा सहयोगी भूमिका निर्वाह गर्ने सेभ द् चिल्ड्रन र मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाल रोल्पालाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नुभयो । विगतदेखि भौगोलिक समस्याको कारण गाउँ गाउँमा विद्यालय सञ्चालन गर्दा आज विद्यार्थी र शिक्षका अभावले शिक्षामा गुणस्तरीय उपलब्ध हुन सकेको छैन, त्यसैले अब गुणस्तरीय शिक्षाको निम्ति शिक्षक दरवन्दी मिलान र विद्यालय मर्जको विकल्प नभएको धारणा समेत व्यक्त गर्नुभयो । गाउँ गाउँमा सडक सञ्जाल विस्तार नहुँदा विद्यालयहरु सञ्चालन गर्नुपर्ने बाध्यत्म अवस्था थियो । तर अब गाउँ गाउँमा यातायातको पहँुच पुगेको अवस्थामा विद्यालय मर्ज गरी होस्टेल र यातायात साधानको गाउँपालिकाले व्यवस्था गर्ने कार्यक्रममा उद्घोष गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने विद्यालय र शिक्षालाई हामी सबैले सहजै विदाई किन गर्न नसक्ने ? यो हिकमत जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थी सक्रिय बन्नु पर्छ । तब मात्र गाउँपालिकामा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न सकिने जोड दिनुभयो । विगतमा विद्यालयमा राजनीतिकरण हुँदा विद्यालयमा गुणस्तरीय शिक्षामा धेरै प्रभाव हुँदा विगतबाट पाठ सिक्दै राजनीतिकमुक्त विद्यालय बनाउने योजना सहित गाउँपालिका अगाडि प्रमुख अतिथि वलीले बताउनुभयो । जसरी गाउँपालिकामा गुणस्तरीय शिक्षाको निम्ति गाउँपालिका विशेष नीति तथा कार्यक्रम सहित अगाडि बढिरहेको समयमा राजनीतिकदल, विद्यालय व्यववस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक महासंघ, अभिभावक लगायतका सरोकारवाला निकायहरुलाई सहयोगी भूमिकाका लागि उहाँले अनुरोध गर्नुभयो । प्रमुख अतिथि वलीले यस वडालाई पूर्ण भर्ना वडा घोषणा त भयो । भर्ना भएका बालबालिकाहरु विद्यालय छाड्ने समस्या पनि भएको हुँदा भर्ना भएका ति बालबालिकाहरुलाई नियमित विद्यालयमा सहभागि बन्ने वातावरण विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभाव लगायतका सरोकारवाला निकायहरुलाई सजक बन्न अनुरोध समेत गर्नुभयो । गाउँपालिकाकाबासीहरु लगायतका सरोकारवाला निकायहरुको सल्लाह सुझावहरुलाई समेत आत्म सात गर्दै गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रदानको निम्ति अगाडि बढ्ने प्रतिवद्धता प्रमुख अतिथि वलीले व्यक्त गर्नुभयो । समग्र गाउँपालिकाको विकास र समृद्धिको लक्ष्य सहित अगाडि बढ्र्दै गर्दा स्वयम पार्टीको नेता कार्यकर्ताबाट समेत असहयोग गरेको भन्दै दुःख समेत व्यक्त गर्नुभयो । गाउँपालिकाबासीकै हितमा गाउँपालिकाले तय गरेका नीति तथा कार्यक्रमहरु कार्यन्वयनको निम्ति राजनीतिकदल, जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकाबासीहरु लगायतका सरोकरवाला निकायहरुलाई सहयोगी भूमिका निर्वाहका लागि प्रमुख अतिथि वलीले अनुरोध समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रममो विशिष्ट अतिथि एवं त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा कुमारी बुढाले गाउँपालिकामा भौतिक विकासलाई भन्दा मानवीय विकासलाई विशेष प्राथकिता दिएको बताउनुभयो । जब मानवीय विकास हुन्छ तब अन्य क्षेत्रमा स्वभाविक रुपमा विकास हुने दाबी समेत विशिष्ट अतिथि बुढाले भन्नुभयो । त्रिवेणी गाउँपालिका ६ नं. वडा ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रतिशत भर्ना वडा पहिलो बन्न सफल भएको छ, अब ति बालकालिकाहरुलाई नियमित विद्यालयमा सहभागी समेत वडा कार्यालय, अभिभावक लगायतका सम्पूर्ण सरोकारवाला निकायहरुलाई सक्रिय बन्न समेत अनुरोध गर्नुभयो । अब गाउँपालिकामा कुन वडाले ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रतिशत भर्ना वडा घोषणा गर्ने प्रतिस्पर्धा बढेको छ । सबैको सकरात्मक प्रतिस्पर्धाबाट निकट भविष्यमा गाउँपालिकालाई नै ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रतिशत भर्ना घोषणा हुने अपेक्षा समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको अर्का विशिष्ट अतिथि एवं मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाल रोल्पाको कार्यकारी निर्देशक राजु आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पूर्व अध्यक्ष एवं पत्रकार खेमबहादुर बुढामगर, सेभ द् चिल्ड्रनको शिक्षा कार्यक्रम प्रमुख उमेश बि.क, नव नेपाल क्याम्पस त्रिवेणी गाउँपालिका जुँगार रोल्पाको प्रमुख गोविन्द के.सी, शिक्षक महासंघ त्रिवेणी गाउँपालिका रोल्पाको वेगम कुमार वली लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममोम अवसरमा वडाका विद्यालयमध्ये उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावहरुलाई समेत सम्मान गरिएको थियो । वडाका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावकहरुले समेत संस्कृति नृत्य समेत प्रस्तुत गरेकाथिए ।

वडा अध्यक्ष लेखमणी खड्काले वडाको शैक्षिक तथ्याङक प्रस्तुत गर्दै वडालाई ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रतिशत भर्ना वडा घोषणा गर्नुभयो । जसरी यस वडालाई ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रशित भर्ना वडा घोषणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने गाउँपालिका, मानव अधिकार सेचतन् केन्द्र (हुरेक) नेपाल रोल्पा, सेभ द् चिल्ड्रन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक लगायतका सरोकारवाला निकायहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यस वडालाई जसरी ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको शत प्रतिशत भर्ना वडा घोषणामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी निकायहरुलाई पुनः ति बालबालिकाहरुको निरन्तरता विद्यालयमा उपस्थिताका लागि थप सहयोग भूमिका निर्वाहका लागि वडा अध्यक्ष खड्काले अनुरोध गर्नुभयो । प्रस्तुत शैक्षिक प्रतिवेदनमा वडामा ६ ओटा सामुदायिक विद्यालय सञ्चालित विद्यालयमा शैक्षिक सत्र २०७६ को तथ्याङ्क अनुसार कक्षा १ देखि १० सम्म ५६१ जना विद्यार्थीहरु भर्ना भएका छन् भने जसमा २८० जना छात्रा र २८१ जना छात्र भर्ना भएका छन् ।

वडा अध्यक्ष लेखमणी खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, शिक्षक अभिभावक संघको पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतका सरोकरावाला निकायहरुको सहभागिता थियो ।

You may also like