थबाङ गाउँपालिका रोल्पामा लक डाउन प्रभावकारी कार्यन्वयनका लागि सर्वपक्षयी भेला सम्पन्न

थबाङ गाउँपालिका रोल्पामा लक डाउन प्रभावकारी कार्यन्वयनका लागि सर्वपक्षयी भेला सम्पन्न
बिमलराज डाँगी
४ वैशाख, थबाङ रोल्पा ।


थबाङ गाउँपालिका कार्यालय रोल्पामा लक डाउनलाई प्रभावकारी कार्यन्वयनका लागि समाजिक दुरी कायम गर्दै आज सर्वपक्षीय भेला थबाङमा सम्पन्न भएको छ । बैठकले लक डाउनलाई प्रभावकारी कार्यन्वयनका लागि विभिन्न निर्णयहरु पारित भएका छन् ।
यस सर्वपक्षीय भेलाले संघीय सरकार नेपालले नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या नियन्त्रणका लागू गरेको लक डाउनलाई थप कडाइ तथा प्रभावकारी बनाउने बिषयमा छलफल गरी निर्णय पारित गरेको छ । लक डाउन लागू भए पश्चात् थबाङमा पुर्ण रुपमा बजार सहित सामूहिक रुपमा सञ्चालन हुने कार्यहरु बन्द थियो । तर, केही दिन लक डाउनलाई उलङ्घन गरेको भन्दै प्रहरीलाई काम गर्न असहज भएको कारण थप छलफलबाट लकडाउनलाई प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय थबाङले सर्वपक्षीय छलफल आयोजना गरिएको ईलाका प्रहरी कार्यालय थबाङका अ.स.ई सुमन ओझाले बताउनुभयो । यो लक डाउन आफ्नै लागि हो भन्ने कुरा यहाँका स्थानीय जनतालाई हामीले कसरी बुजाउन सक्छांै त्यो बारेमा ध्यान दिनु जरुरी रहेको अमित घर्ती मगरले बताउनुभयो । स्थानीयहरुलाई हामीले कोरोना भाइरस तथा लक डाउन सम्बन्धि गाउँ टोलमा पुगेर सबैमा शिक्षा दियांै भने लक डाउन प्रभावकारी हुने र आवश्यक जनशक्ति तथा स्वयंसेवकको रुपमा युवाहरूलाई परिचालन गरी यस लक डाउन अभियानलाई साथ सहयोग दिने उहाँले बताउनुभयो ।
यहाँका कतिपय मान्छेहरु अहिले सूचना प्रविधिबाट टाढा रहेकालाई हामीले गाउँ टोलमै पुगेर ज्ञान बाड्नेमा र यस सम्बन्धि विभिन्न निर्णयहरु गरेर सीमा सुरक्षामा कडाइ गरेर अगाडि बढ्न उहाँले जोड दिनुभयो । यस कोरोना भाइरसले विश्व आकारान्त पारिरहेको समय थबाङ गाउँपालिका र थबाङ गाउँपालिकाको स्वास्थ्य शाखाले गरिरहेका गतिविधिहरु बारेमा थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले पेश गर्नुभएको थियो । सर्वपक्षीय बैठकमा स्थानीय, युवा, बुद्धिजीवी, प्रहरी, कर्मचारी एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सर्वपक्षीय छलफलमा लकडाउन भएपश्चात् गरिएका सम्पूर्ण गतिविधिहरुको बारेमा समेत समीक्षा गरिएको छ ।

You may also like