खारादेखि रिम्सकसम्मको लडाईको यात्रा

खारादेखि रिम्सकसम्मको लडाईको यात्रा

प्रेम बहादुर बि.क (माइक्रोस)
पूर्व जनमुक्ति सेना नेपाल, पाँचौ डिभिजन
ज्वारस्मृति विग्रेड हाल राष्ट्रिय युवा संघ नेपाल रोल्पा जिल्ला अध्यक्ष ।।।


नेकपा (माओवादी केन्द्र) रोल्पामा घाइते अपाङ्ग संघ तदर्थ समिती गठन भएछ । समितिका अध्यक्ष तथा कार्य समितिलाई बधाई छ । यस अवसरमा म युद्वमा घाइते सिपाही हुनुको नाताले युद्व मैदानमा लड्दै गर्दा गोलिका आला घाउहरुको स्मरण गर्न मन लाग्यो ।


साल महिना र दिनहरू गन्दै जादा आज १७ वर्ष बितिसक्यो छ । कुरा २०६२ साल वैशाख ६ गतेको हो । २०६१ चैत्र २५ गते रुकुमको खारा लदाइ त्यसको लगत्तै पछिको दलसिङ्गे लदाइ पश्चात् हामी पश्चिम रोल्पाको विभिन्न जङ्गलहरुमा कहिले वारि त कहिले पारी गर्दै पैदल यात्राबाट रोल्पा छिर्न खोज्ने दुश्मन लाई बाटो कुर्दै थियौं । हामी बसेका ठाउँहरुमा हेलिकप्टरबाट हवाइ आक्रमणहरू प्राय नभएका दिनहरू थिएनन् । खान पिनको थेगान हुँदैन थियो । कयौं दिन त अलि अलि सातु मात्र खाएर छाकहरू तार्थेयौं । सुताइ जंगल मै थियो । त्यो पनि बिहान ३ः०० बजेदेखि सबैजना जागाराम भएर तयारी अवस्थामा बस्नु पर्थेयौं । साँझको सुताइ अलि ढिलै सुत्नु पर्थो ।


हामी खारा हारेको नैरासेतामा थियो भने दुश्मन खारा जितेको उन्माथमा हौसियर हामीमाथि भिषण आक्रमनको तानाबाना बुन्दै थियो । समय क्रमसँगै दिनहरू सुख दुःख अगाडि बर्दै थियौं । खारा लदाइको १० औँ दिनपछि रोल्पाको सदरमुकाम लिबाङबाट तत्कालीन साही नेपाली सेनाको रेन्जर बटालियन पैदल यात्रा हुँदै माओवादी सखाप पार्ने सपनामा कोटगाउँको डाङमाङ आएर बसेको खबर प्राप्त भयो । सो खबर प्राप्त हँुदासम्म घडिले दिउँसोको ३ बजाइ सकेको थियो । जति खेर हामी दुश्मनको हेलिकप्टर ल्याण्ड हुन सक्ने सम्भावित ठाउँ घर्तिगाउँको माथिल्लो गाउँमा त्यस इलाकालाई निगरानी गर्ने उद्वेश्यले त्यहाँ पुगेर खाना पकाएर खाने तयारीमा थियांै । दुर्भाग्य कमाण्डरको निर्देशन बमोजिम पाकिरहेको खाना छोडेर दुश्मन आगमन भैरहेको स्थानतर्फ हिड्न पर्ने भयो लदाइको लागि ।

युद्वमा जहिले पनि पहिले आक्रमण गर्नेकै जित सुनिश्चित् हुने कुरालाई सिरोधार गर्दै हतार हतार हामिले हाम्रो यात्रा सुरु भयो । त्यो दिन बिहान पनि खाना खान पाएका थिएनौं । साझ पनि पाकिरहेको खाना छाडेर सुरु भएको हाम्रो यात्रा साझ पख करीप रात पर्नै लागेको समयमा हान्डिङ पुगेयौं । जहाँ अन्य पाँचौ डिभिजन अन्तर्गतका सबै बटालियनहरू जम्मा भएका रहेछन् । नामको डिभिजन भनिएता पनि शक्तिको दृष्टिकोणले हामी २/३ सयको हाराहारीमा मात्र थियौं किन भने निरन्तर लडाइको सामना गर्दै आउने क्रममा थुप्रै साथिहरुको मृत्यु भैसकेको थियो । सयौं साथिहरू घाइते भैसक्नु भएको थियो भने सयौं साथिहरू तिनको सुरक्षा तथा व्यवस्थापनमा खत्नु पर्ने अवस्थामा । त्यस हिसाबले पनि संख्याको दृष्टिकोणले हामी कमै थियौं ।

साझ पख हान्निङ पुगिसकेपछि सबै एकै ठाउँमा भेला भयौं र तत्कालीन समयमा युद्ध मोर्चा कमाण्ड समालिराख्नु भएका कमाण्डर कमरेडहरुबाट हामिलाई दुश्मनको अवस्था, बसेको स्थान र हामीले कसरी आक्रमण गर्ने र कुन–कुन टोलि काहाँ जाने भन्ने विषयमा बिर्फिङसंगै आदेश भयो । र आहाराको लागि एक/एक पोका सातु बादियो हामीले आधि पोका जति सातु खायौं सबै खाने मन हुँदाहुँदै पनि आधी मात्र खान पर्ने थियो किन भने आधी भोलिको लागि बचाउनु पर्ने हाम्रो बाध्यता ।
यसरी हान्निङबाट राती करीव १० बजेतिर यात्रा सुरु गरेयौं । कार्य विभाजन अनुसार हाम्रो बटालियनको आर्क जिम्मेवारी कोटगाउँ रिम्सकदेखि माथिको जंगलमा परेको थियो । रातीको यात्रा जंगलको बाटोमा लाइत बाल्न नपाइने भिरको बाटो हिद्नु पर्ने निकै कठिन ४ घण्टाको यात्रा पश्चात् रातीको २ बजे गन्तव्यमा पुगियो र जंगल मै ग्रुपिङ दिउती गर्दै करीव २ घण्टा जति सुतेऊ होला । त्यसपछि सबै उठेर दुश्मन कुरेर बसिरहेका थियौं । करीव ४/५ घण्टापछि क्त्ँ बटालियनसँग रिम्सक गाउँदेखि अलि तल खोला मै लडाई सुरु भयो । हामी गाउँदेखि माथि थियौं । जब फाइरिङ सुरु भयो, त्यसपछि हामी लडाइँ सुरु भएको स्थानतर्फ दौडेर गयौं ।

त्यहाँ दोहोरो लडाई जारी थियो र हामीले पनि आफ्नो पोजिसन सेत गरेर फाइरिङ गर्न थालेऊ र लडाइ सुरु भयो । यसरी लड्दै गर्दा २/३ घण्टा बित्यो । तर, पनि हरेस न खाएर लडिरहेका थियौं । लडाईको क्रममा कयौं साथिहरू अँखा अगाडि धलिरहेका थिए भने कयौं साथिहरू घाइते अवस्थामा छत्पताइ रहेका थिए । हामी बचेकाहरू निरन्तर लड्नु पर्ने युद्वको विशेषतासँग लड्दै थियौं । यत्तिकै करीव ४ घण्टाको लडाई पश्चात् व्याक हुने आदेश आयो किन कि हामी खारादेखिको निरन्तर लडाइको कारण हामीसँग गोलि गठ्ठाको अभाव खद्किरहेको थियो। त्यही कारण होला सायद हामीलाई व्याग हुने आदेश र व्याक हुने क्रममामा थियौं ।

यत्तिकैमा हाम्रो पोजिसन दुश्मनले थाहा पायो होला जबर्जस्त पेलियर आयो र गोलिको वर्षा गर्न थाल्यो । हामी दुश्मनसँग निकै नजिकको आम्ने साम्नेमा थियौं । साथिहरुको एक अर्काको फायरिङ्को साहारामा दिफेन्स अफेन्स मिलाउँदै व्याक हुँदै थियौं । एक्कासी कमरेड बन्दनालाई छातिमै गोलि लाग्यो र बाटोमै धल्नु भयो । गोलिले उहाँको स्तनको भाग छिया छिया भएको थियो भने मैले भने बाच्ने अवस्था छ भने ।

एक ग्रुपले फाइरिङ गरेर दुश्मनलाई दबाउ र अर्को ग्रुपले कमरेड बन्दनालाई लैजाऊ भने । त्यही अनुसार कमरेड बिद्रोहीले गोलिले छिया छिया भएका बन्दनालाई हेर्नुभयो । हामीले फाइरिङ गरेर दुश्मनलाई दाबायर राखेऊ । अलि असम्भव नै थियो किन दुश्मन नजिकै आइसकेको थियो । यत्तिकैमा बिद्रोही फर्कनुभयो । अलि अलि मात्र सास छ बाच्ने अवस्था छैन । बाच्ने असम्भव भएपछि लिन सकेनौं र जबर्जस्त गोलिको वर्षा भइरहेको थियो । हामी बचेकाहरू पनि व्याक हुनै पर्ने । माथितिर जादा बारिको धिक उक्लेर जानुपर्ने ।

जहाँ दुश्मनले गोलिको आर्क बनाएर फायरिङ गरिरहेको छ । अर्को तेर्छो बाटो थियो त्यहाँबाट फाइरिङ आर्क त थियो । तर, दौडेर जान मिल्थो हामीसँग सबै भएका साथीहरू व्याग भैसकेका थियौं । हामी घाइते ल्याउने कि भनेर पछि रहेका २/४ जना साथीहरू मात्र बचेका थियौं र हामी पालै पालो दौडेर व्याग हुने निधो गरेयौं । अन्तिममा म व्याग हुँदै थिएँ मेरो दाइने खुत्ताको घुदादेखि माथि गोलि लाग्यो र गोलि लागेको थाउँबाट अलि पर २० मिटरको फरकमा म धले । भाग्य नै भन्नु पर्छ म बाच्नुमा भुगोलले पनि साथ दियो । अलि पर पुगेपछि डाँडा रहेछ । म घाइते भए पश्चात् मेरो सहकर्मी साथिहरुले झन्दै २ मिटर जति घिसार्दै लग्नु भो । जहाँ अन्य साथिहरू पनि भेतिए । तर, पनि अवस्था आसाध्य गम्भीर दर्दनाक थियो ।

आकाशबाट हेलिकप्टरले गोलि बर्साइरहेको थियो भने जमनिबाट पनि गोलिका वर्षा तेत्तिकै थियो । बचेकाहरुको पनि रातभरिको अनिदोको पीडा थियो । दुई ÷तीन दिनदेखि सातु मात्र खाएर बाचेको ज्यान आफ्नै शरीर धान्न गाहारो थियो । बाटोभरि लास गाढ्न सकिएको थिएन । गाडिएको लासको पनि कसैको ताउको देखेन्थे त कसैको हात खुत्ता घाइतेहरू छत्पताइरहेका थिए । बाटैभरि रक्तामे थियो । त्यस दर्दनाक परिस्थितिबाट पनि मलाई सहज ठाउँसम्म पु¥याउने दाइ एन्जिल राना मगरलाई म सम्झिन चाहान्छु । जो प्युठान को हुनुहुन्छ ।

त्यस्तै कमरेड निश्चल जो म कठिन परिस्थितिमा पनि सुरक्षित स्थानमा पुराउनु भो मनदेखि सम्झेको छु । ती दिनहरुलाई मनभित्र गाथो पारेको थिएँ । आज फुकाउन मन लाग्यो । युद्व विश्रामपछि जनयुद्वको नेतृत्वले युद्वभित्र रहे भएको विभिन्न समस्यालाई सहि तरिकाले व्यवस्थापन गर्न नसकेको कुरा सबै जानकार छन् । आफुले उठाएको मुल मुद्वमा त स्थिर बन्न नसक्नेहरुबाट अरु आश गर्ने मुर्खता होला । तर, आग्रह गर्न चाहान्छु वास्तविक घाइते को पहिचान गर्न जरुरी छ । वास्तविक घाइतेहरुको मेरो जस्तै कथा छ यहाँ । युद्वको नाममा फाइदा लुत्नेहरुको कमी छैन त्यसैले वास्तविक घाइतेहरूको पहिचान गरि व्यवस्थापन गर्नमा यस समितिले राज्यलाई झकझकाउने काम गरोस् र शहिदको नाम लिएर लुङ्ग्री माडीको सहकारीको नामबाट लुते जस्तो नलुतियोस् मेरो शुभकमना ।

You may also like