प्रहरी नायव उपरीक्षक विनोद घिमिरेद्वारा पत्रकारसँग भेटघाट

प्रहरी नायव उपरीक्षक विनोद घिमिरेद्वारा पत्रकारसँग भेटघाट


This image has an empty alt attribute; its file name is p2.jpg

१२ मंसिर, लिबाङ ।
रोल्पा जिल्लामा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले जिल्लाका पत्रकारहरुसँग आज भेटघाट गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यरत प्रहरी प्रमुख डि.एस.पि. नरेशराज सुबेदि मंसिर ६ गते सरुवा भएर प्रहरी प्रधान कार्यलय नक्साल गएपछि नँया जिल्ला प्रहरी प्रमुख घिमिरे मंसिर ८ गतेमा मात्रै प्रहरी प्रधान कार्यालय नक्सालमै कार्यरत प्रहरी नायव उपरीक्ष रोल्पा जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भएर आउनु भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिनु भएको छ ।
रोल्पा जिल्लाको शान्ति सुरक्षा लगायत समग्र स्थिती बुझ्नको लागी आफुले सबै भन्दा पहिला पत्रकारहरु सँग भेटघाट गरेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनभयो । पत्रकार भेटघाट कार्यक्रमा बोल्ने अधिकांश पत्रकारहरुले रोल्पा जिल्लामा समग्र शान्ति सुरक्षाको अवस्था ठिकै भएपनि आत्म हत्या, बालबिबाह, लागु पदार्थ ओसार प्रसार र पछिल्लो समय सडक दुर्घटनाको अवस्था अत्यन्तै दर लाग्दो अवस्थामा रहेको सहभागी पत्रकारहरुले धारणा राख्नुभएको थियो । सहभागी पत्रकारको जिज्ञासामा रोल्पा जिल्ला प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले पत्रकार लगायत जिल्ला राजनैतिक दल, उद्योगी व्यवसायी लगायत समग्र जिल्लाबासिले आफुलाई सहयोगका लागि अनुरोध गर्नुभयो । जिल्लामा बढ्दो समस्या आत्म हत्या, बालबिबाह, लागु पदार्थ ओसार प्रसार र पछिल्लो समय सडक दुर्घटना लगायको मुख्य समस्यालाई न्यूनिकरणमा विशेष प्राथमिकता सहित सक्रिय भुमिका निर्वाह गर्ने उहाँले प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेम बहादुर बुढा मगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङ, प्रगतिशिल पत्रकार संगठनका मिनराज रोका लगायतका विभिन्न सञ्चारमाध्यममा आवद्व पत्रकारहरुको सहभागीता थियो ।

You may also like