ब्लड क्यान्सर पीडित बुढालाई अस्पतालको बिरामी कक्षमै उपचार्थ संकलित रकम हस्तान्तरण

ब्लड क्यान्सर पीडित सन्तोष बुढाको उपचार १८ लाख रुपैया संकलन
करिव १४ लाख संकलित रकम हस्तान्तरण
मानसिंह बि.क
चिवतन, क्यान्यस अस्पताल
२०७४ चैत्र १४
माडी गाउँपालिका–५ वडा भाबाङ रोल्पा निबासी सन्तोष बुढामगर ब्लड क्यान्सर पीडित भएर विपी मेमोरियल क्यान्सर अस्पताल चितवन भरतपुरमा उपचार गराई रहेका छन् । २९ वर्षिय सन्तोष बुढामगर दुइमहिना देखि उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् ।
शहीदका छोरा, आफ्नो श्रीमतिको मृगौलाले काम गरेपछि पीडित बन्दै धन कमाउने सपनाले विदेश गएका सन्तोष बुढामगर आफै ब्लड क्यान्सर रोगबाट पीडित बनेपछि आर्थिक समस्याको उच्च जोखिममा रहेका सन्तोषको उपचारको लागि आर्थिक संकलन अभियान ‘सन्तोष बचाऊ’ अभियान सञ्चालन गरिएको थियो । अखिल क्रान्तिकारीका उपाध्यक्ष एवं समाजसेवी दिपेश पुनगर, उपराष्ट्रपतितका प्रेस संयोजक मनोज घर्तीमगर, माडी गाउँपालिका ५ भाबाङका वडा अध्यक्ष, एस युनिटिका संरक्षक लोकेन्द्र बुढामगरको सक्रियतामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको मिडिया संयोजनमा संकलित रु १८ हजार ७ सय ८४ सहयोग रकम संकलन भएको छ । विरामीलाई पहिलो चरणमा ३ लाख ९१ हजार, ५३४ रुपैया प्रदान गरि सकेको अभियान्ता भरतबहादुर बुढामगरले बताउनुभयो । साथै बुधबार १० लाख ६० हजार रुपैया हस्तातरण गरिएको थियो भने अन्य अभियानकै क्रममा रहेको अर्काे समयम हस्तातरण गर्ने अभियान्ता भरतबहादुर बुढामगरले बताउनुभयो ।
अभियान एवं अखिल क्रान्तिकारीका उपाध्य दिपेश पुनमगरले राज्यले नागरिकको स्वास्थ्यको ग्यारन्टी गर्नका लागि माग गर्नुभयो । यो सबै नेपालीहरुको पीडा र आर्थिक अभावबाट मृत्यु हुनु पर्ने कारण राज्यले नै अन्त्य गर्नु पर्ने समेत बताउनुभयो । यस्तै अभियान मनोज घर्तीमगरले सन्तोस बचाऔ अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सन्तोषको उपचारमा खतिरहका चिकित्स डा. शरण गुरु शाहले यो विपत्तीमा सहयोग गर्नेलाई धन्यवाद दिदै नेपालको एउटा मात्रै क्यान्सर अस्पताललाई राज्यले लगानी गरी जनताको निशुल्क उपचार गर्ने वातावरणको माग गर्नुभयो ।
अस्पतालको उपनिर्देशक डा. निर्मल लामीछानेले भरतपुर अस्पताललाई क्यान्सरको नमूना बनाउन राज्यले ध्यान दिनुपर्ने माग गर्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो–‘सन्तोषको उपचारको निम्ति अस्पताल अहोरात्र खटिरहेको छ ।’ वडा अध्यक्ष एवम् समाजसेवी भरबहादुर बुढामगरको विशेष पहलमा ब्लड क्यानसर पीडित सन्तोषको उपचारमा राहत भएको उहाँले बताउनुभयो । नेपालमा ब्लड क्यान्सर जस्ता प्राण घाटक रोगको उपचारको निम्ति ‘सन्तोष बचाऊ’ अभियानबाट नै संकलित रकमले उपचारमा थप आर्थिक सहयोग भइरहेको विचार व्यक्त गर्नुभयो कार्यक्रममा पराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पसाङ’का प्रेस संयोजक मनोज घर्तीमगर, अखिल क्रान्तिकारीको केन्दीय उपाध्यक्ष दीपेश पुनमगर, ‘सन्तोष बचाऊ’ माडी गाउँपालिका–५ नं वडा भाबाङ रोल्पाका वडा अध्यक्ष एवम् अभियान्ता समाज सेवी भरतबहादुर बुढामगर, एस युनिट टीम माडी गाउँपालिका–५ भाबाङ रोल्पाका संरक्षक लोकेन्द्र बुढामगर लगायतले ‘सन्तोष बचाऊ’ अभियानको अनुभुति राख्नुभयो । यो अभियानको मिडिया संयोजक नेपाल पत्रकार महासंघ रोल्पा शाखाले गरिहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका प्रतिनिधि रुपा बस्नेत, प्रेस सेन्टर नेपाल चितवन शाखाका सचिव राजेन्द्र आचार्य, नेपाल आदीबासी जनजाती पत्रकार महासंघ चिवतनका अध्यक्ष सन्दिप कुमार श्रेष्ठ, सचिव कुलमान गुरुङ, मिडिया नेपाल चितवनका उपाध्यक्ष राजेन्द्र कार्की लगायतका पत्रकारहरुको समेत रकम हस्तान्तरण कार्यक्रममा आतिथ्यता थियो । ‘सन्तोष बचाऊ’ अभियानबाट संकलित रकम पहिलो र दोस्रो चरणबाट ब्लड क्यान्सर पीडित सन्तोष बुढालाई हस्तारण गरिएको अभियान्ता भरतबहादुर बुढामगरले बताउनुभयो । पीडितको उपचारको निम्ति अझै ‘सन्तोष बचाऊ’ अभियान जारी रहेकोले सहयोगी मनहरुलाई सहयोगको लागि अभियान्ता बुढामगरले अनुरोध समेत गर्नुभयो ।

You may also like