सभामुख महराको ४० बसन्तकाे लामो राजनीतिक यात्रा र अवको सम्भावना

सम्भावनाको निकटमा पुगी सक्नुभएका सभामुख कृष्णबहादुर महरा अब हामीले प्रधानमन्त्री, उपराष्ट्रपति, राष्टपति र पार्टी अध्यक्षको पदमा पुगेर एक पटक देशलाई नयाँ सन्देश रोल्पालीको छोरा देशको उच्च पदमा पुग्न सफलताको शुभकामना ।

मानसिंह विश्वकर्मा

–रोल्पा सम्पादक राेल्पा समाचार साप्ताहीक राेल्पा ‍

प्रकाशित मिति २०७४ फागन २६

रोल्पा जिल्ला लिबाङ मेबाङमा जन्मेर रोल्पाकै बालकल्याण मा.वि.मा.अध्ययन गरी सोही विद्यालय पढाउँदा पढाउँदै कम्युनिष्ट राजनीति शुरुवात गरी रोल्पालीहरुको राजनीतिक गुरु बन्दै सबैलाई राजनीतिमा सत्रिय बनाउँदै अगाडि बढ्नु भयो । वर्गसंघर्षको तयारीदेखि राजनीतिको अग्रभागमा रहेका २०४८ सालमा रोल्पा क्षेत्र नं. २ बाट सांसदमा निर्वाचित हुनुभयो । २०५२ सालमा जनयुद्ध शुरुवात गर्दा पनि पनि राजनीकको अग्रमोर्चा सम्माल्दै निरन्तर अगाडि बढ्नुभयो । मिजाशिलो र सबैलाई समदुरीमा राख्ने नेता कृष्णबहादुर महरा वार्ताको नेतृत्व गर्दै २०५८ सालमा । दोस्रो वार्ताकालमा पनि सदस्यको जिम्मेवारी निर्वाह गर्दै शान्ति सम्झौता पछि गठित सरकारको सूचना तथा सञ्चारमन्त्री बन्नुभयो । गुहमन्त्री, अर्थमन्त्री तथा उप्रधानमन्त्री बन्दै हाल सभामुख बन्नु भएको छ । पटक पटक सरकारमासहभागी बन्दै हाल सभामुख बन्नुभका महराको संक्षिप्त जीवनी ।


सभामुख
महराको बाल्यकाल
उहाँ एकदम ग्रामीण कृषक–समाजमा जन्मेर–हुर्किनु भएको थियो । पूरै सामन्ती उत्पादन–सम्बन्धमा आधारित र जिम्मुवाल–मुखिया, अर्थात रैती मालिकको प्रथाभित्र कुजिएको थियो त्यो समाज । त्यहाँ भूरे–टाकुरे राजाहरूको अवशेष बाँकी नै थियो । तिनको हैकम, शोषण र उत्पीडन कायमै थियो त्यो समाजमा । अहिले हेर्दा थाहा हुन्छ, पूरै सामन्तवादी संरचनामा आधारित रहेछ त्यो समाज । त्यो समाज हो– रोल्पाको लिबाङ–५, धारापानी जन्मिनू भएको थियो । त्यही समाजमा २०१५ साल असार १५ गते जन्मनुभएको थियो । पछि लिबाङ मेबाङमा बसाई गर्नुभयो । शिक्षित किसान परिवारमा जन्मिनुभएको थियो । जन्मिने बेला परिवारको संख्या झण्डै २०÷२२ जनाको थियो । सभामुख कृष्ण बहादुर महराको परिवारमा दुई÷तीनभाइ बाजेहरू सँगै हुनुहुन्थ्यो । बुबा रविचन्द्र महरा र आमा समुद्रादेवी को एक्लो सन्तान हनुहुन्छ ।
महरा सानो छँदा पञ्चायती राजनीतिको शुरुवात थियो । रोल्पा नै पञ्चायतले जन्माएको नयाँ जिल्ला थियो । ०२१ सालको वरिपरि क्रान्तिकारी भूमिसुधार आदिको नाम सुने पछि उहाँ अली फरक राजनीतिमा हुनुभयो । आफ्ना बुबाहरू राजनीतिवाट पूरै अलग हुनुहुन्थ्यो ।
बाल्यकाल दुःखित नै थियो । महराको आफ्नै बाजे लिलाबहादुर देखि बुबासम्मलाई कुष्ठरोगले छोयो । नौ वर्षको हुँदा आमा बित्नुभो । रोगका कारण बा पनि प्रवास लाग्नुभयो । महरा काकाहरूसँगै बस्नुभयो । आफ्ना काकासंग नै केही समय विताउनुभयो । घरायसी काम गर्दै जीवनको शुरुवाती चरणमा । महराले पशु चौपायसँग दिन विताउने काम गर्दै अगाडि बढ्ने क्रममा पशुभा भेडाबाख्रा चराउन असाध्यै मन पराउनु हुन्थ्यो । सबै सँगै मिलन व्यवहार सानोछदा नै स्वभाव अनुसार केटाकेटीसँग औधि मिल्नु हुन्थ्यो । करिब–करिब केटाकेटीको नायक भएर हिंड्थें । कहिलेकाहीं उट्पट्याङ् काम पनि गर्नुहुन्थ्यो । सानो हुँदा पनि बालीनाली नष्ट गर्ने, फलफूल, मकै चोरेर खाने र आफैं दण्ड–सजाय गरेर जेल जाने नाटक पनि गर्नुहुन्थ्यो । धार्मिक सँस्कारमा पनि रमाउने महरा सानोमा धामी, झाँक्री बस्न मनपराउने महरा वचपनका संगीहरु संग सधै धामी झांक्री वस्ने काम समेत गर्नुहुन्थ्यो ।
उमेरमै विद्यालयको आगणमा प्रवेश गर्नुभएका महरा स्कुलमा राम।्रै विद्यार्थीको रुपमा चिनिनुभएको थियो। शिक्षक र विद्यार्थीका बीच ‘ट्यालेण्ट’ भनेर चिनिनु हुन्थ्यो । गाउँ घरमा असाध्यै इमान्दार र झूट नबोल्ने मान्छेका रुपमा परिचित थिए । अलि सरल स्वभाव थियो । अहिले सभामुख महराको े स्वभाव र व्यत्तित्व पनि यहि पारिवारिक र सामाजिक वातावरणको प्रभावले हो भन्ने उहाँलाई लाग्छ । त्यसैको निरन्तरतामा हालसम्म सबैसंग मिल्न सक्ने र अरुको आलोचना कम गर्ने नेताको रुपमा हाल पनि परिचित हुुनुभएको छ ।
पढाईमा विद्यार्थी शिक्षक


पढाईमा निकै रुची राख्ने महरा नौ वर्षमा पहिलोपटक क, ख पढ्न स्कुल जानुभयो । त्यो सानो वागेश्वरी पाठशाला थियो लिबाङमा । पढ्ने बेलामै त्यो पाठशालामै त्यहीबेलामा आमा बित्नुभएकाले पढाई एकवर्षसम्म रोकियो महराको । त्यसपछि एकैचोटी छ महिनामा एकबाट दुई र अर्को छ महिनामा दुईबाट चारमा जानुभउो । त्यतिबेला नै विलक्षण प्रतिभा थियो । चारमा प्रथम नै हुनुभयो । पाँचमा पनि प्रथम हुनुभयो । पाँचसम्म वागेश्वरीमै पढेर छ कक्षा बालकल्याण मा.वि. मा अध्ययन शुरुवात गर्नुभयो । पाठशालाको निरन्तरता भएन सामान्य उतीर्ण मात्र हुनुभयो ।
उहाँको बुवा भारतको विहारमा स्टिल कारखानामा चौकीदार गर्नुहुन्थ्यो । त्यो ठाउँ अहिलेको झारखण्डमा पर्छ । माइलो बा पनि त्यहीं ड्राइभर हुनुहुन्थ्यो । उहाँहरूले उतै लानुभयो । हिन्दी भाषा अलि कठिन भएपछि सातकक्षा त्यहाँका केटाकेटीसँगै मिलेर डेरामै पढ्नुभयो । भारतको सेक्टर एक माविबाट राम्रै अंक ल्याई आठ पास गर्नुभयो । पुनः बालकल्याण मा.वि.मै फर्केर नौ कक्षा भर्ना भएर नौ प्रथम नै हुनुभयो । बालकल्याण मा.वि.बाटै २०३३ सालमा सेकेण्ड डिभिजनमा एस.एल.सी. गर्नुभयो । पाँचसय ४० नम्बर ल्याउँदा फष्ट डिभिजन हुन्थ्यो । महराको ५ सय ३९ नम्बर मात्रै आयो ।
महरालाई एस.एल.सी. पछि चुनौती आयो–घरायसी परिस्थितिले गर्दा उच्च शिक्षा पढ्नसक्ने अवस्था थिएन । तैपनि छात्रवृत्ति पाइन्छ भनेर नेपालगञ्ज कृषि क्याम्पस मा जानुभयो । भर्ना सयम सकिएकाले नेपालगञ्ज वहुमुखी क्याम्पसमा प्रवेश परिक्षा दिई भर्ना भए र त्यही वाट आई.एस्सी.का चारवटै सेमेष्टर प्रणालीमा छात्रवृत्ति पाउनुभयो । घरबाट जम्मा सात हजार रकम ल्याएर आई.एस्सी पास गरें । त्यतिखेर खेतीपाती गरेर चलाउने हुन्थ्यो । अलि–अलि ऋण गरेर पनि चलाइन्थ्यो । पढाई सकेर शिक्षक हुनुभयो वाल कल्यान मा.वि.मा । त्यहिवाट ‘इन सर्भिस’ छात्रवृत्ती कोटा (मासिक तीनसय रुपैयाँ) ले अन्ततः पोखराको पि.एन. क्याम्पसबाट बि.एड. गरेपछि औपचारिक पढाईको यात्रा रोकियो । उहाँले पछि विज्ञान विषयबाट पनि पढाई केही अगाडि बढाएपछि चाहना अनुसार बढाउन सक्नु भएन ।
अनौपचारिक पढाई
महराले औपचारिक शिक्षा भन्दा पनि अनौपचारिक शिक्षा अध्ययन गर्ने वातारण निर्माण गर्दै जीवनभरी चल्ने प्रक्रियाकारुपमा अगाडि बढाउनुभयो । शुरुमा माओत्सेतुङ का रेड बुकहरू, अन्तरविरोध र व्यवहारवादका बारेमा दोहोराई–तेहराई पद्नुभयो । उहाँका भोल्युमहरू अधिकांश अध्यययन गर्दै समाज विकाससम्बन्धी फुटकर रचनाहरू समेत हेर्नुभयो । उहाँको राजनीतिक गुरु मोहन बैद्य (किरण) को द्वन्द्ववादको बारेमा भन्ने पुस्तक पनि गहिरिएर पढ्नुभयो । ‘दर्शनबारे’ भन्ने अलि–धेरै पढ्नुभयो । सुरुमा यिनै पुस्तकले प्रभाव पारे । माक्र्स र लेनिनका भोल्युमहरू पछि मात्र पढ्नुभयो । संकल्प, वेदना जस्ता साहित्यिक पत्रिकाहरू पनि खूब पढ्नुभयो । युवाहरूलाई यी र अरु पुस्तक पढ्ने सल्लाह दिनुहुन्छ ।
महराको पेशा
०३६ सालमा आई.एस्सी. गरेर गाउँ फर्कंदा देशव्यापी विद्यार्थी आन्दोलन चलिरहेको थियो । उहाँ पढेको लिबाङको हाइस्कुलका विद्यार्थी पनि आन्दोलित थिए । त्यहाँ विज्ञान र गणित शिक्षक माग भइरहेको थियो । सपना जस्तो मान्नुभएका महराले विचित्रको तरिकाले जागिर पाउनुभयो । त्यहाँ जागिरले महरालाई खोजिरहेको रहेछ । विद्यार्थीको मागअनुसार जिल्ला शिक्षा अधिकारीले पढाउन अनुरोध गरे उहाँलाई । पढाउँदा–पढाउँदै २०३९ सालबाट ईन सर्भिस कोटामा पोखरा क्याम्पस वाट वि.एड गर्ने अवसर गर्नुभयो । स्थायी शिक्षक भएर झण्डै १२ वर्षसम्म पढाउनुभयो । नेकपा माओवादीका हालका नेताहरू र रोल्पाको नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कतिपय हालका नेताहरु मंैले पढाएका विद्यार्थी हुन् । उहाँले उपराष्ट्रपति नन्दबहादुर पुनमगर (पासाङ), सभामुख ओनसरी घर्ती, पूर्वअर्थमन्त्री वर्षमान पुनमगर, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायत थुप्रै नेताहरुलाई पढाउनुभयो। । वास्तवमा २०३६ सालको आन्दोलनमा उहाँहरुले रोल्पामा सक्रिय भुमिका खेल्नुभएको थियो ।
साहित्य तथा लेखन क्षेत्रमा खासै कृति त लेखेको छैन । ०३८ सालमा एउटा साहित्यिक पत्रिका ‘हटारु’ मेरै सम्पादन समेत गर्नुभएकोथियो ।
परिवार, पार्टी र सम्पत्ति
२०३७ सालमा वुवाको मावल गाउँबाट नजिकैको नाता पर्नेसँग प्रेम विवाह गर्नुभयो । महराको सीता सँग विवाह भयो । तर विवाह परम्परागत नै भयो । जग्गे राख्ने ढंगले नै गरियो । काकाबा सबैलाई ठग्नुभयो । किनकी उहाँहरुले जग्गेमा जनै नै लगाउनुभ भएन । महराले सीतासँग घरको काम पारिवारिक जीवन २०३७ साल देखि २०५२ साल सम्म विताउनुभयो । त्यति वेला सीता गाउँको महिला पार्टी सेल कमिटीमा लाग्नुभएको थियो । २०५२ सालमा जनयुद्ध शुरु भएको एक वर्ष पछि भूमिगत हुनुभयो सिता । उहाँका बुबा त सकेसम्म राजनीतिमा नलागोस् भन्ने चाहनुहुन्थ्यो । तर उहाँको श्रीमति सिताबाट कहिल्यै विरोध भएन । ०३८ सालमा ठूलीछोरी जन्मिदा जेलमा थिए महरा । दुई महिना जेल बस्दा पनि सीताले निकै सहयोग गर्नुभयो । महराबाटै राजनीतिक चेतना प्राप्त गर्नुभएको सीता पनि जनयुद्धमा होमिनु भयो ।
महराको दुई छोरा र दुई छोरी छन् । सभामुख महराको पहिलो सन्तान ठुली छोरी तेजकुमारी महरा ‘उन्नति’ जनयुद्धकालमा रोल्पा जिल्लामा महिला संगठनको सचिव र पार्टीको एरिया कमिटीमा हुँदै जिल्ला नेतृत्वतहमा पुग्नुभएको थियो । प्रगतिका श्रीमान पुरन के.सी ‘करेन्ट’ पनि रोल्पा जिल्ला कमिटी हुँदै हाल रोल्पा नगरपाकिला नगरप्रमुख हुनुहुन्छ । महराको ज्वाइ कविता लेखनमा रुचि राख्नुहुन्छ करेन्टले एउटा कविता संग्रह निकाल्नुभएको छ । उहाँका एक छोरा र एक छोरी छन् । महराको दोस्रो सन्तान छोरा निर्मल महरा ‘एटम’ सैन्य एकेडेमीमा बटालियन कमाण्डर हुँदै युद्धको अग्रमोर्चामै लड्नुभयो । क्रान्तिकै अन्तरालमा एमलले जनवादी कलाकार झरना विहे गर्नुभएको थियो । तेस्री सन्तान छोरी कुष्मा ‘प्रगति’ जलजला साँस्कृतिक परिवार हुँदै प्रतिरोध साँस्कृतिक परिवारमा कार्यरत रहदै साँस्कृति मोर्चाको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उनको श्रीमान् रञ्जित पनि राजनीतिमै होमिनुभएको थियो । सानै उमेरमा पढाई छोडेर राजनीतिमै लागेका चौथो सन्तान छोरा ‘राहूल’ पनि सेनाको प्लाटुन कमाण्डर बनेर सैन्य प्रतिष्ठानमा रहेर काम गर्दै हाल महराको सचिवालयमा रहेर जिम्मेवारी बहन गर्दै हुनुहुन्छ ।
पुख्यौली सम्पकति प्राविधिक शिक्षालयलाई
अलिकति खेतबारी, घर र अन्दाजी साँढे सत्चालिस रोपनी पाखोबारी थियो । राम्रो उत्पादन नहुने भएकाले ६ महिनाभन्दा खान पुग्थेन । विगतमा भएको खेत कसैले प्रयोग गरेको थियो । पाखोबारी सबै बाँझो र घर खाली छ । सभामुख महराको काइलोबुबाको छोरा नोख वहादुर मसँग नै बस्नुहन्थ्यो हाल साइलो वुवा संग वस्नुहुन्छ । हाल महराकै पहलमा नै रोल्पा जिल्लाको शैक्षिक क्रान्ति अगाडि बढेको थियो । हाल महराले आफ्नो नाममा रहेको लिबाङ मेबाङको जमिन प्राविधिक शिक्षालय निशुल्क दिएर विद्यालय स्थपना गरी सञ्चालन भएको छ । हाल उहाँको जेठा छोराले बनाएको दाङको गैरा गाउँमा एउटा घर छ त्यही बस्नु हुन्छ । मन्त्री र सरकारी पढमा जादाँ सरकारी निवासमा बसेपनि अन्य बेला र काठमाण्डौमा डेरा लिएर बस्नुहुन्छ ।
राजनीतिक–यात्रा


२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभयो । शुरुमा नेविसंघ भए पनि कम्युनिष्ट राजनीतिप्रति आकर्षित हुनुभएका । ०३८ सालमा पार्टी सदस्यता लिएपछि रोल्पाको नेकपा जिल्ला कमिटीमा बस्नुभयो । मोहनविक्रमसँग पार्टी विभाजन भएपछि मोटो मशाल (मोहन वैद्य) तिर आउनुभभयो । पहिलो पटक रोल्पा क्षेत्र नं. २ बाट २०४८ सालमा सांसद हुँदा जिल्ला कमिटीको सेक्रेटरी हुनु हुन्थो । क्रमशः क्षेत्रीय व्यूरो समिति, २०५२ सालबाट केन्द्रीय समितिमा र चौंथो विस्तारित बैठकपछि पोलिट्व्यूरो सदस्यको जिम्मेवारी पार्टीले दिएको थियो । पछिल्लोचरणमा किरण भारतमा पक्राउ भएपछि स्थायी समितिमा आएलगत्तैको बैठकपछि पार्टी प्रवक्ताको जिम्मेवारी समेत पार्टीले दियो ।
जनयुद्धभन्दा अगाडि संसदीय मोर्चामा आउनु भएको थियो । संसदीय मोर्चाबाट जनयुद्धपछि भूमिगत हुनुभयो । लगभग ६ वर्षसम्म राप्तिको इञ्चार्ज भएर काम गरे पश्चात महराले प्रवासको जिम्मेवारी सम्हालेपछि केन्द्रीय राजनीतिक भूमिका निर्वाह गर्नुभयो । सबैलाई मिलाएर लग्न सक्ने नेतृत्वको रुपमा स्थापित नेता तत्कालीन राज्यसँगका तीनवटा वार्तामध्ये पहिलोमा संयोजक, दोस्रोमा सदस्य, वार्ताटोली प्रवक्ता अनि तेस्रोमा वार्ताको संयोजक भई राजनीतिकमा केन्द्रीय भूमिका निर्वाह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) निर्माण भएपछि महासचिव हुनुभयो । हाल माओवादी केन्द्रको प्रभावशाली तथा बौद्धिक नेताका रुपमा मानिनु हुन्छ । कम्युनिष्ट कसरी बने महरा ?
नेपालगञ्जमा पढ्दा सुरुमा पञ्चायतविरुद्ध लड्ने भनेपछि कांग्रेस हुनुपर्छ भनेर नेविसंघ भएका महरा कांग्रेस पार्टीमै जानुभएन, नेविसंघ भने लगभग ६ महिना रहेर क्याम्पस इकाईमा काम गर्नुभयो । सामाजिक अन्तरविरोधले कम्युनिष्ट बनायो । एउटा कारण आर्थिक विपन्नता र दोस्रो सामाजिक असमानताहरू हुन् महरालाई कम्युनिष्ट बनाउने मुख्य विषय । बालाई कुष्ठरोग लागेको भन्दैमा छुवाछूत हुनथालेपछि केही न केही विद्रोही हुनुभयो । ‘समाज विकासको क्रम’ पुस्तकले सबैभन्दा बढी असर ग¥यो । चीनको चम्किलो रातो तारा, गुरिला कथाका र आमा लगायत अन्य उपन्यासले प्रभाव पा¥यो । त्यसबाट कम्युनिष्ट हुनुभयो ।
प्रभाव सेनजीको
कम्युनिष्ट राजनीतिमा सबैभन्दा बढी प्रभाव पार्ने व्यक्ति कृष्ण सेन ‘इच्छुक’ नै हो । उहाँ पहिला कृष्णनगरको साल्टटे«डिङमा खरिदारको काम गर्नुहुन्थ्यो । हामीबीच विचित्रको सम्बन्ध भयो । महराल १० कक्षामा पढ्दा सेनजीका एकजना मित्र पनि त्यहीं पढ्न पुग्नुभएको थियो । त्यसमध्येमा शिक्षक खेमबहादुर गिरी हुनुहुन्थ्यो । सेनले भन्नुभयो मंैले कलम पत्रिकामा पनि लेखेको छु । उहाँको नाम कृष्णबहादुर सेन र सभामुख महराको पनि कृष्णबहादुर महरा उहाँले पनि ख्यालठट्टामै त्यही लेखिदिनुभएछ । अर्कोचोटी सेनजीले त्यो साथीलाईलाई एउटा खाममा दुईवटा चिठ्ठी लेख्नुभएछ–‘प्रिय अपरिचित सहनामी मित्र’ । त्यसपछि त हामीबीच थुप्रै चिठ्ठी लेखा–लेख हुनथाल्यो । दुईवर्षसम्म भेट नभए पनि दुईअढाई सय चिठ्ठीहरू लेखा–लेख भए । ती चिठ्ठीहरू एकदम वैचारिक, राजनीतिक हुन्थे । त्यही दौडानमा कम्युनिष्टप्रति आकर्षण बढ्यो । समाज के हो ? चीनमा कस्तो व्यवस्था छ ? भारतमा के छ ? नेपालमा कम्युनिष्ट आन्दोलनका धारहरू कसरी विकसित भए ? विद्यार्थी आन्दोलनमा के–के छ ? भन्नेजस्ता सारा कुराहरू हुन्थे । सय÷डेढसय चिठ्ठी त संग्रह नै गरेको थिएँ । दुईवर्षपछि हामीबीच कोइलाबासमा भेट भयो । सेनजीका कविताहरू सभामुख महराको लागि प्रभावीका विषय बने ।
महराको अध्यक्ष प्रचण्डसँग भेट


पोखरामा पढ्दा ०४१ सालमा अध्यक्ष प्रचण्डसँग भेट भएको हो । त्यसबखत उहाँ युवक संघको अध्यक्ष हुनुहुन्थ्यो । म त्यतिबेलाका नेताका सैद्धान्तिक कुरा मात्र सुन्थें । तर प्रचण्ड कमरेडको भने सिद्धान्तलाई व्यवहारमा ढालेर सिक्दैजानुपर्छ भन्ने मान्यता थियो । साइकल चढ्न चाहनेले चढेरै साइकल सिक्छ । लडेर घाऊ–चोट लागेपछि बल्ल पूर्ण हुन्छ । जनयुद्धमा पनि पहिला सिकेर गर्ने कुरा थिएन । गर्दैजादाँ सिकिन्छ भन्ने उहाँको तर्कले प्रभाव पार्यो । क्रान्ति गर्ने भन्ने तर नगर्ने त्यसबेलाका पुराना नेता भन्दा उहाँ ‘फरवार्ड’ र ‘डाइनामिक’ देखिनुहुन्थ्यो महराको नजरमा । महरालाई यो कुराले प्रभाव पा¥यो । उहाँसँग महराको २०४३ सालको एउटा प्रशिक्षणमा पुनः भेट भएको थियो । ०४८ सालमा सांसद चुनिएर काठमाडौं तीनवर्षसम्म बस्दा पनि अध्यक्षसँग वैचारिक बहस र भावनात्मक रुपले निकट हुन पुग्नुभयो । जनयुद्ध शुरु भएपछि त झन् निरन्तर रुपमा सँगसँगै काम गर्दै आउनुभयो ।
उहाँमा अन्तरविरोधहरुलाई गहिरोसंग वुझ्ने र त्यसको राजनीतिक रुपले हल गर्न सक्ने खुवि नै छ । अन्तरविरोधको तत्काल पहिचान र परिचालन गर्न सक्नुनै उहाँको मुख्य क्षमता हो । एकदम वस्तुगत ढंगले स्थितिको विश्लेषण गर्नसक्नु उहाँको विशेषता नै हो महराको मनपर्ने नेता पनि प्रचण्ड नै हो । शुरुमा किरणजी ले कम्युनिष्ट आन्दोलनबारे सिकाउनुभयो । उहाले नै ०३८ सालमा पार्टी सदस्यता दिनुभएको थियो । खासगरी वैचारिक र भावनात्मक रुपमा मनपर्ने नेताहरू उहाँहरू नै हुनुहुन्छ ।
अन्तरसंघर्षमा रमाउने महरा
नेपाली कम्युनिष्ट आन्दोलन को ईतिहास एकतामा भन्दा गुट र फुटमा देख्दा निकै चिन्ता लाग्दथ्यो महरालाई । नेताहरु व्यक्तिवादीक हुने र पार्टी व्यक्ति मुखी हुने, तत्कालिन राजनैतिक संघर्षमा ध्यान नदिने र सिद्धान्तको रक्षा भनेर साघुरिदै जाने प्रवृति नेपाली कम्युनिष्ट आन्दोलनको रोग जस्तै देखिन्छ । पछिल्लो समयमा आफ्नो पार्टी ले वर्ग संघर्षको चुरो कुरामा केन्द्रित भएर अन्तरसंर्घष चलाउदा सापेक्षित एकता कायम भैरहने पार्टीको धारणा मलाई मन थिएन । वर्ग संघर्ष अन्तरसंघर्षलाई अन्तरसंवन्धित गरेर हेर्नु पर्छ भन्ने यो धारणाको सार महराको हो ।
२०३६ सालको जनसंघर्ष पछि तात्कालिक नेकपामा भएको फुट (मसाल र चौम) हुनु सभामुख महराको अन्तरसंघर्ष वुझ्ने पहिलो खुड्कीलो थियो पार्टीमा प्रवेश गरेपछि । त्यस पछि पाचौ महादिवेशन लगतै मसाल र मशालको विभाजनमा विषयगत वहस भन्दा व्यक्तिगत प्रभावले काम गर्यो । त्यसवेला वाहिर कुनै खासै राजनैतिक संघर्षको माहोल थिएन । ०५१ मा भएको पार्टी विभाजनमा जनयुद्धको तयारीको लागी वर्ग संघर्षको उत्थान गर्ने र त्यसका लागी ४ तयारी सुरु गर्ने वा नगर्ने मुख्य मुद्धा थियो ।
सभामुखको २ महिना जेल
महराको जीवन हालको झै सहजमात्रै भएनन । २०३८ सालको पञ्चायती चुनाव बहिष्कार तथा आम शिक्षक हड्तालका बेला दुई महिना लिबाङ कारागारमा बस्नुभयो । सार्वजनिक मुद्दा लगाइएको थियो । २०४० सालमा शिक्षक हड्तालमा पक्राउ हुनुभयो । दुई÷तीन दिन हिरासत राखेर छोडियो । ०४३–४४ सालमा स्कुलमा प्रशासनविरोधी प्रदर्शन देखाउन सहयोग गरेको त्यस विषयलाई पक्राउ गरियो ।
भूमिगत नाम किन अमरसिंह
शुरुमा पार्टीनाम जीतसिंह थियो । विरोचन, रवि र अहिले अमरसिंह कै नाममा छ । सोचेर सांकेतिक नाम राख्दा राम्रो होला भनेर राख्नुभएको थियो । नेपालको एक देशभक्त मान्छे भन्ने सोचेर अमरसिंह राख्नुभएको थियो । हालसम्म अमरसिंह झै अमर बनिरहनुभएको छ ।
सभामुखको रोचक घटना
जनयुद्धको क्रममा प्रहरीसँग तीनपटक नजिक भए । कतिपय अवस्थामा त प्रहरीसँग कुरा पनि गर्नुभयो । कतिपय अवस्थामा नेपाल–भारतका बोर्डहरू साइकल चढेर खुला रुपमै वारपार पनि गर्नुभयो । २०५४–५५ सालमा सल्यान कागपानि मा भएको घटना सम्झिरहुन्छ । पाँच÷छ जना साथीहरू एउटै सेल्टरमा बसेको बेलमा महरा ट्वाइलेट जान निस्केको समयमा प्रहरी आइहाल्यो । बाहिरबाटै दौडिनुभयो । लखेट्यो । बाल–बाल बाच्नुभयो । गोली हानेको भए त सिध्याइहाल्थ्यो । तर हानेन । साथीहरूले झुक्याएर अन्त्यै सुरक्षित ठाउँमा लानुभयो । महरासँग भएको राइफल र झोला गुम्यो । ट्वाइलेट जान पाँच मिनेट छिटो वा ढिलो भएको भए मारिन्थे । तीनजना साथीहरू त्यही शहीद हुनुभयो ।
सभामुख महराको स्वभाव
बाल्यकालमा बर्हिमुखी, चञ्चल र झगडा गर्नेखालको थिए । छिट्टो प्रतिक्रिया दिनुहुन्थ्यो । अहिले बिल्कुल अन्तरमुखीजस्तो देखिने भएपनि रुपमा शान्त स्वभावका छ । पार्टी प्रवक्ता हुँदासम्म महराको कुनै भनाइहरू विवादमा आएका त छैनन् । तर त्यसो हुनुमा स्वभावको कुनै कमाल छैन । त्यो त पार्टीको नीति बुझिसकेपछि त्यसलाई आ–आफ्नो शैलीले अभिव्यक्त गर्नेकाका कारण सबैको मिलनसार नेताको रुपमा परिचित छन् । वार्ता, मन्त्री, सभामुख बन्नुभएको छ । सामूहिक रुपमा जे निर्णय भएको छ, त्यो कुरा मान्ने र अरुलाई मनाउने कुरा सहि हो भन्ने महरालाई लाग्छ । सिद्धान्तमा एकदम प्रतिबद्ध र व्यवहारमा त अलि कुशल नै कलात्मक हुनुहुन्छ । दुश्मन, मित्र वा जोसँग पनि नरमढंगले नै प्रस्तुत हुने महराले रिस उठे पनि बाहिर प्रकट गर्न हतार नगर्ने नेताको रुपमा परिचित हुनुहुन्छ ।
सभामुखको रुचि
मकैको ढिंडो खूबै मनपर्छ सभामुख महरालाई । हरियो साग र मोही असाध्यै रुचिका साथ खाने महराको हालको क्वाटरमा पनि गुन्दु्रक, सुकाएको सागको तरकारी बढी खानु हुन्छ । सादा लगाउन मनपराउने सादा सर्ट–पाइन्ट लगाउने गर्दछन् ।
सानोमा ‘हात्ती मेरे साथी’ हिन्दी फिल्म हेर्नुभएको । सामाजिक कथामा आधारित फिल्म मन पर्ने महरालाई नानापाटेकरको अभिनय र डाइलग झनै रुची हुन्छ । नाली फिल्म‘वलिदान’ं, ‘आगो’ फिल्मी साथै जनवादी गीत÷संगीत, लोकसंस्कृति, जनगीत असाध्यै मनपर्छ । प्रतिरोध परिवार र खुशीराम पाख्रिन का गीतहरू मन पराउनु हुन्छ । महराले त्यो गैंची, बेल्चा उचालेर ………., खुशीरामको टाढैबाट चिनियो ढाकाटोपी लाउनेलाई … सकीनसकी गाउँनु हुन्थ्यो ।
सभामुखको दिनचर्या
अहिले कुनै समय निर्धारण गरेर हिंड्निु हुँदैन । पहिला त असाध्यै रुटिनमा हिड्ने महरा विगतमा उठ्ने, पढ्ने समय तालिका अनुसार हिड्नु हुन्छ । बिहान ५ बजेतिर उठ्ने महरा । दिशा÷पिसाब गर्ने अध्यन गरी समाचार सुन्ने, पढ्ने लाग्ने काम गर्नुहुन्छ । सरकारी काम बाहेक अन्य नेता कार्यकर्ताहरुसँग बैचारिक छलफल सबैको एकताका लागि बढी समय विताउने महरा पार्टी भित्र पनि सबैलाई मिलाएर लग्ने काममा बढी समय खर्चिनु हुन्छ ।
सभामुख सम्मको यात्रा रोल्पा नगरपालिका वडा नं. १ (साविकको लिबाङ–५ धारापानी) मा त्यही समाजमा २०१५ साल असार १५ जन्मिनुभएका महरा २०३५र ३६ – विधार्थी संगठनमा सलंग्न भई राजनीति हुनुभयो । २०३७ – पार्टी सदस्य र जिल्ला सदस्य, रोल्पा जिल्ला (ने.क.पा), २०३६र३९ – शिक्षक संगठनमा सक्रिय, नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पा जिल्ला सचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन, केन्दिय प्रतिनीधि, २०३९र४१–विधार्थी संगठनमा सक्रिय रहदै अखिल आठौंको केन्दीय सदस्य, हुनुभयो । यस्तै महरा सामाजिक क्षेत्रका सँस्थाहरुमा २०४१र४५ – नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको मन्त्री, हुनुभयो । पार्टीको लामो राजनीतिक जीवन चक्र अनुसार २०४८ – रोल्पा जिल्ला पार्टी सेक्रेटरी, ने.क.पा.(मशाल), एवं साँसद, २०५० –क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ,ने.क.पा. (एकता केन्द्र ) २०५१ – पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा (माओबादी), २०५३ – असार – केन्दीय सदस्य,ने.क.पा (माओबादी), २०५५ –पोलिट ब्युरो सदस्य, ने.क.पा (माओबादी), २०५८ – तत्कालिन सरकारसँगको पहिलो वार्ता टोली संयोजक, २०६० – तत्कालिन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता, २०६१ – प्रवक्ता ने.क.पा (माओबादी), २०६२ – स्थायी समिति सदस्य ने.क.पा (माओबादी), २०६२ – असोज सेक्रेटारियट सदस्य, केन्दीय समिति ने.क.पा (माओबादी), २०७० सालमा पुन रोल्पाबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं गृह मन्त्री बन्नुभएको थियो ।
२०६३ – तत्कालिन सरकारसँग वार्ताकोलागि गठित तेस्रो वार्ता टोलीको संयोजक, २०६३ – पौष अन्तरिम संविधान जारी पछि निर्मित अन्तरिम व्यवस्थापिका – संसदको मनोनित सदस्य तथा पार्टीको संसदीय दलको नेता, २०६३ –चैत – अन्तरिम सरकारको मन्त्री र सरकारको प्रवक्ता, २०६४ –चैत – संविधान सभा सदस्य निर्वार्चित, दाङ क्षेत्र नं.३, २०६५–भाद्र ( नेपाल सरकारको मन्त्री तथा सरकारको प्रवक्ता, २०६५– एकता अधिवेशन पछि ने.क.पा (माओबादी)को स्थायी समिति सदस्य, ०६६– अन्तर्रािष्ट्रय ब्युरोको ईन्चार्ज, ने.क.पा (माओबादी) २०६७ ए ने.क.पा (माओबादी) तर्फबाट नेपाल सरकारको उप(प्रधामन्त्री तथा सूचना तथा सञ्चार एव. गृहमन्त्री, २०७० सालको संविधानसभाको निर्वाचन रोल्पाबाट निर्वाचित उपप्रधान तथा अर्थमन्त्री हुँदै २०७४ को निर्वाचनमा दाङबाट निर्वाचित भएर हाल सभामुख बन्नुभयो ।
महराको सम्भावनाः

२०३६ सालबाट राजनीतिमा सक्रिय कृष्णबहादुर महरा रोल्पाका मात्रै होइनन् अब देशको अभिभावक बन्नुभएको छ । महराको निरन्तरता, विश्वास, इमान्दारीता र प्रतिवद्धता अनुसार निरन्तर सम्भावनाको ढोका नजिक पुग्दै जानुभएको छ । २०४८ सालमा पहिलो पटक साँसद बन्नु भएका महराको राजनीकि जीवन हाल ३८ वर्षको राजनीतिक यात्राको जीवनमा वितिसकेको छ । ५९ वर्षिय कृष्णबहादुर महरा २०७४ साल भन्दा अगाडि उप्रधान मन्त्री भइसक्नु भएको छ । उपप्रधानसहित वरिष्ट मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएका महरा २०७४ को निर्वाचनबाट सम्मानीय भामुखको जिम्मेवारी पाउनु भएको छ । पार्टीको महासचिव हुँदै धेरै महत्वपूर्ण जिम्मेवारी बहन गर्नुभएका महरा उहाँको अगाडि पार्टीको राजनीतिक अध्यक्ष र सरकारी पदको यात्रामा प्रधानन्त्री, उपराष्ट्रपति र राष्ट्रपति बन्न मात्रै वाँकी छ । महराको यसरी राजनीतिक ४ दशकको यात्राको योगदान त्याग तपस्याले अब त्यो मा पनि ढोका खुल्ने प्रवल सम्भावना छ । सम्भावनाको निकटमा पुगी सक्नुभएका महराको जीवन अब हामीले प्रधानमन्त्री, उपराष्ट्रपति, राष्टपति र पार्टी अध्यक्षको पदमा पुगेर एक पटक देशलाई नयाँ सन्देश रोल्पालीको छोरा देशको उच्च पदमा पुग्न सफलताको शुभकामना ।

You may also like