मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम–२०७८ सम्बन्धि सरोकारवालासँग अन्तरक्रिया

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम–२०७८ सम्बन्धि सरोकारवालासँग अन्तरक्रिया


This image has an empty alt attribute; its file name is n2222222222-1024x768.jpg

१२ मंसिर, लिबाङ ।
मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम–२०७८ सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुढामगरले भन्नुभयो,‘मताधिकारका लागि मतदाता नामावलीको अनिवार्य हुनुपर्छ । नागरिकले आफ्नो जनप्रतिनिधि छनौट गर्ने जस्तो महत्वपुर्ण कार्यमा मतदाता नामावालीको प्रयोग हुनु भएकोले कुनै पनि नागरिक नछुट्ने गरी मतदाता नामावली सङ्कलन गर्नुपर्छ । नेपाली नागरिक धेरै विदेशमा नै बस्ने भएकोले सोही ठाउँबाट नै मतदाता नामावली दर्ताको व्यवस्था हुन आवश्यक छ । विदेशबाट आएका नेपाली नागरिकले मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमा ध्याउनु पर्ने बाध्यता अन्त्य हुन्छ ।’ उहाँले मतदाता नामावली सङ्कलनको समयवधिमा जिल्लाको विभिन्न ठाउँमा नारिकता वितरण सँगसँगै मतदाता नामावली दर्ताको लागि संयुक्त घुम्ति शिविर सञ्चालनको गर्न जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयलाई अनुरोध गर्नुभयो ।

‘निर्वाचनको क्रममा जनप्रिय उम्मेद्वार एक मतले पनि पराजय हुन सक्ने भएकोले सबै राजनीतिक दलहरूलाई मतदाता नामावली सङकलन अभियानमा आ–आफ्नो ठाउँबाट जिम्मेवारीपुर्ण भुमिका निवार्ह गर्नुहोस् । जिल्ला भौगोलिक विकटता भएकाले केही गाउँपालिकाहरुमा भौगोलिकताको आधारमा मतदाता नामावली सङ्कलन कार्य नागरिकको पहुँच पुग्छ । निर्वाचन कार्यालयले सोही अनुसार मतदाता नामावली सङ्कलन कार्यमा १८ वर्ष पुरा भएको सबै नागरिकहरू मताधिकारबाट बञ्चित हुनुपर्ने अवस्था हुँदैन ।’ जिल्लामा मतदाता नामावली सङ्कलन कार्यलाई प्रभावकारी बनाउन जिल्ला स्थित सबै राजनीतिक दल, जनप्रतिनिधि, गैर सरकारी संघ संस्था लगायतका सरोकारवाला निकायहरुलाई आ–आफ्नो ठाउँबाट सक्रिय भुमिका निर्वाहका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पा जिल्ला उपसभापति कविता उपाध्याय, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीमगर, नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष हरि प्रसाद घर्तीमगर, राष्ट्रिय जनमोर्चा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्ट, नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला ईञ्चार्ज केश बहादुर बाठा मगर, सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुन, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पा जिल्लाका अध्यक्ष नविन लोचन मगर लगायतका अतिथिहरूले मनतव्य राख्नु भएको थिया ।


कार्यक्रममा मनतव्य राख्ने सबै राजनीतिक दलहरूले मतदाता नामावली सङ्कलन कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँहरूले जिल्ला भौगोलिक विकटताको कारण स्थानीय तहहरूको केन्द्रमा सञ्चालन गरिने मतदाता नामावली सङ्कलनमा नागरिकको पहुँच पुग्न नसक्नेभएकोले भौगोलिक विकटताको आधारमा मतदाता नामावली सङ्कलन गर्दा व्यवहारिक हुने सुझाव दिनुभएको थियो ।
साथै सुनछहरी गाउँपालिकाका अध्यक्ष आश बहादुर पुनले पनि मतदाता नामावली सङ्कलन कार्यलाई स्थानीय तहहरूको तर्फबाट पुर्ण रूपमा सहयोगी भुमिका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले जिल्ला भौगोलिक विकटताको कारण स्थानीय तहहरूको केन्द्रमा सञ्चालन गरिने मतदाता नामावली सङ्कलनमा नागरिकको पहुँच पुग्न नसक्नेभएकोले भौगोलिक विकटताको आधारमा मतदाता नामावली सङ्कलन गर्दा व्यवहारिक हुने धारणा व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is n1-1024x768.jpg

साथै रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले भन्नभुयो,‘मतदात नामावली सङ्कलन कार्यलाई पुर्णताका लागि रोल्पा उद्योग वाणिज्य संघले आफ्नो ठाउँबाट सक्रिय भुमिका निर्वाह गर्दछ । मतदाता नामावली सङ्कलन भौगोलिक सहज भएको ठाउँमा त सहज होला । तर, भौगोलिक विकटताको कारण प्रत्येक गाउँपालिकामा मतदाता नामवली संङकलन अभियानमा प्रभावकारी हुन्न कि ? त्यसैले सङकलन अभियानलाई प्रभावकारी बनाउनमा लागि वडा स्तरबाट सुरूवात गर्दा १८ वर्ष पुरा भएका सबै नागरिकहरुको मतदाता नामावली समावेश हुन्छ ।’
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रोल्पाका जिल्ला निर्वाचन अधिकारी धृता कुमारी खत्रीले कार्यालय मतदाता नामावली सङ्कलन सम्बन्धि सहजीकरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is n3-1024x768.jpg

उहाँले मतदाता नामावलि दर्ताका लागि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयबाट सहायता कक्षबाट मातदाता नामावली सङ्कलन कार्य हुँदै छ भने जिल्लामा २०७८ साल मंसिर १७ गतेदेखि २६ गतेसम्म थबाङ गाउँपालिका, गंगादेव गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिका र परिवर्तन गाउँपालिकामा मतदाता विभिन्न चरणमा दश वटै स्थानीय तहहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलनको पहिलो चरणको कार्य तय भएको बताउनुभयो । साथै दोस्रो चरणमा पौषको १ गत्तेदेखि १० गत्तेसम्म सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा मतदाता नामावली संघलन कार्य तय भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको ईलाका प्रशासन कार्यालय घर्तिगाउँबाट मतदाता नामवली सङ्कन कार्यको व्यवस्था नभएकोले मतदाता नामावली दर्तामा नछुट्नका लागि निर्वाचन कार्यालयको तर्फबाट पहल गर्दै आएको उहाँले बताउनुभयो । मतदाता नामावली दर्ताका लागि नागरिकता भएको १८ वर्ष पूरा भएको नागरिक स्वयम व्यक्ति सहभागी हुनुपर्ने, बिबाह गरेको हकमा बिबाह दर्ता, बसाईसराईको हकमा बसाईसराई प्रमाण् पत्र संलग्न हुनुपर्ने उहाँले बताउनुभयो । जिल्लामा मतदाता नामावली संकलन यहि महिनाको १७ सुरुवात हुँदै छ । कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्दिरा आचार्यले गर्नुभएको थियो भने स्वागत जिल्ला निर्वाचन अधिकारी धृता कुमारी खत्रीले गर्नुभएको थियो ।

You may also like