रोल्पा जिल्लाले एक स्वर्ण, दुई रजत र आठ कास्य पदक हासिल


रोल्पा समााचारदता
लिबाङ–रोल्पा
राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट आई.टि.एफ.को खेलाडी सहभागिताको लागि प्रदेश नं. ५ स्तरीय खेलाडी छनौट कार्यक्रम बुधार नेपालगञ्ज रंगशाखामा सम्पन्न भएको छ ।
प्रतिस्पर्धामा रोल्पा जिल्लाबाट सहभागि लक्ष्मी थापा मगरले स्वर्ण पदक हासिल गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्ने अवसर पाएकी छिन् । प्रदेश स्तरीय टिम तथा खेलाडि छनोटका लागी रोल्पा आई.टि.एफ तेक्वान्डो सघं रोल्पाबाट १५ जना खेलाडि सहभागी भएका थिए । जसमा आई.टिए.फ तेक्वान्दोबाट एक स्वर्ण, दुई रजत, आठ कास्य गरी जम्मा ११ पदक प्राप्त गरेका छन् । रजत पदक हातपार्नेमा एञ्जल पुन, सर्मिला खड्का रहेका छन भने कास्य पदक हातपार्नेमा सुजन वली, सुनिता रोका मगर, जीताराज घर्तीमगर, कमल वली, मञ्जु खड्का, पवीत्रा पुन, रमेश खड्का, अञ्जु रावत रहेका छन् । प्रदेश स्तरीय प्रतिस्पर्धामा रोल्पाबाट सहभागी १५जना मध्ये ११ जनाले पदक प्राप्त गरेको रोल्पा आई.टि.एफ तेक्वान्डो सघं रोल्पाका अध्यक्ष तथा ५ न प्रदेश आई.टिए.फ तेक्वान्डो सघंका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफरी विक्रम वाठामगरले बताउनुभयो । प्रदेश स्तरीय खेलाडि छनोट प्रतियोगिताको रोल्पा जिल्लाको टिमकोचमा आई.टि.एफ तेक्वान्डो सघं रोल्पाका उपाध्यक्ष कृष्णप्रसाद वाठामगरले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै टिम व्यवस्थानको लागी जिल्ला खेलकुद विकास समिती रोल्पाका कोषाध्यक्ष धर्मराज वुढाथोकिले गर्नुभएको थियो ।

You may also like