सुनिलस्मृति गा.पा. अध्यक्ष घर्तीलाई कोरोना संक्रमित, बेडबाट भएपनि जनताको सेवा गर्ने प्रतिवद्धता ।


रोल्पा समचारदाता
४ जेठ, लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is bigan-dai-1024x724.jpg


कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको महामारीको तिव्ररुपमा बढिरहेको बेलामा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर ‘विज्ञान’ लाई पनि कोरोना संक्रमति भएको छ । उहाँले आफू अस्पतालको वेडमै रहेपनि जनताको सेवा निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आज आफ्नो सामाजिक सञ्जाजल फेसवुकमा ‘कोरानालाई नाइ भन्न सकिन’ भन्ने लेखेर आफूलाई संक्रमण भएको जानकारी गराउनुभएको थियो । आफूले निरन्तर जनताको आपतमा साथ दिदाँ दिदै आफूलाई नै संक्रमण भएको बताउँदै अझै निरन्तर रुपमा जनतालाई सेवा गर्ने बताउनुभयो । उहाँ पनि होम आइसोलेन गाउँपालिकै रहेर आराम गरि गाउँपालिकाका बासी जनताको सेवा गर्ने बताउनुभयो ।
गुणेन्द्र घर्तीमगर जनयुद्धमा पनि आफू नै लडाईमा होस, वा राजीतिक मोर्चामा निरन्तर लागेर सकरात्मक परिणाम निकाल्ने प्रवृत्ति बोक्ने व्यक्ति हुनुहुन्थ्यो । कोरोना नियन्त्रणमा पनि आफ्नो गाउँपालिकालाई अब्बल बनाउनको लागि निरन्तर लागि पर्नेभएको थियो । पहिलो चरणमा पनि गाउँपालिकालाई सुरक्षित बनाउनको लागि निरन्तर पहल गर्नुभएका अध्यक्ष घर्तीमगरले हाल पनि अक्सिजनसहितको आइसोलेशन व्यवस्था गरि उपचार गराउने कार्यमा लाग्नुभएको थियो । उहाँले सबै गाउँपालिकाबासी नागरिकलाई सचेतता र सबैको हातेमालोमा मात्रै कोरोना पराष्ट गर्न सकिने बताउनुभयो ।

You may also like