रोल्पामा नेकपा ओली समूहको पार्टी भेला सम्पन्न

रोल्पामा नेकपा ओली समूहको पार्टी भेला सम्पन्न
पुस १५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s-1.jpg

रोल्पा, नेकपा केपि शर्मा ओली समूहका नेता तथा कार्याकर्ता भेला अाज सुलिचौरमा सम्पन्न भएको छ । पार्टी विभाजनको अवस्थामा ओली र प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रमहरु पनि तीव्र रुपमा भएका छन् ।
सोही क्रममा ओली समूहका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश मुख्यमन्त्री शङ्कर पोखरेलले प्रचण्ड–नेपाल समूहलाई सडकबाट सरकार नबन्ने भन्दै सरकारले निर्वाचनको मिति घोषण गरेकोेले चुनावमा जाने हिम्मत देखाउन चुनौती दिनुभयो । उहाँले प्रचण्ड–नेपाल समूहले प्रथम अध्यक्षमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गर्दा, त्यो षड्यन्त्र नै आजको संकटको कारक भएको स्पष्ट पार्नुभयो । पार्टी एकताको मर्म, पार्टी विधानलाई वेवास्ता गरेर आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर पार्टी विभाजन गर्ने काम प्रचण्डको अगुवाईमा भएको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोख्रोलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान सम्मत भएकोले प्रचण्ड–नेपाल समूहको विरोधको कुनै अर्थ नभएको समेत बताउनुभयो । रोल्पा परिवर्तनको पक्षमा भएकोले स्थानीय तहको निर्वाचनमा पनि देखिसकेयौं अब प्रदेश सरकारले रोल्पामा थुप्रै विकासका कामलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।
भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसौदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी घर्तीमगरको आतिथ्यता थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा क्षेत्र नं. क का कार्यकर्ताहरुको सहभागीता रहेको थियो । खिमचन्द्र पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दिपक विष्टले गर्नुभएको थियो भने स्वागत बोम बहादुर पुनले गर्नुभएको थियो ।

You may also like