थबाङबासी भन्छन् फेरी द्वन्द्वको वीउ रोपिन सक्छ

222 1111

मानसिंह बिक
थबाङबाट फर्केपछि
१ जेठ २०७३
सशस्त्र द्वन्द्व शुरू भएको दुई दशक र शान्ति प्रक्रिया शुरुवात भएको एक दशक पुगिसक्दा बल्ल नेपालमा सत्य निरुपन तथा मेल मिलाप आयोग र बेपत्ता छानवीन आयोगको गठन भएको छ । औपचाररिक रुपमा आयोग गठनसँगै उजुरी लिने काम गरिरहेको बेलामा थबाङबासीले सही तरिकाले द्वन्द्वकालीन मुद्धाहरुलाई समाधान नगरेमा फेरी देशमा द्वन्द्वको वीउ रोपिने बताएका छन् ।
जनयुद्धको उद्गम थलो एवं परिवर्तनको आन्दोलनमा अहम भूमिका निर्वाह गरेको थबाङबासीले यस्तो बताएका छन् । थबाङका बहुसंख्यक जनताले द्वन्द्वलाई स्थायी रूपमा समाधान गर्नका लागि सबैले सचेततापूर्वक पहल गर्नुपर्ने बताएका छन् । यसमा कुनै पनि राजनीतिक रूपमा पूर्वाग्रही ग्रही नभएर नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सबै राजनीतिक दल, न्यायलय, आयोग र सबै निकाय जिम्मेवारी पूर्वक प्रस्तुत हुन आग्रह गरेका छन् । गाउँमा भएको मेलमिलापलाई आधार मानेर आयोगले काम गर्नुपर्ने, शान्ति प्रक्रियालाई रचनात्मक ढंगले लक्ष्यमा पु¥याउनका लागि गैर जिम्मेवारी पूर्व प्रस्तुत नहुनका लागि सबैपक्षलाई आग्रह गरेका हुन् । थबाङ जनयुद्धको केन्द्रीय आधार इलाका हो । केन्द्रीय आधार इलाका भएकोले हैसियतले आफूहरुको सुझावलाई मनन् गरेर कार्य सम्पादन गर्नका लागि आग्रह गर्दछन् । जनयुद्धकालमा ३७ जना थबाङ्गी बहादुरी सन्तानले जीवन बलिदान दिएका छन् भने घाईते अपाङ्ग अनि भौतिक क्षति पनि अत्याधिक भएको छ । थबाङका इतिहास विज्ञको रुपमा चिनिदै आएका पूर्णबहादुर रोका ‘गोरे’ ले इतिहासमा जे हुने भएपनि वर्तमानमा सबै मिलेर अगाडि जानुपर्ने बतानुभयो । उहाँले भन्नुभयोः– हिजो जे हुने भएपनि आज हामीले शान्ति प्रक्रियालाई लक्ष्यमा पु¥याउनुपर्दछ, त्यसका लागि यो उजुरी दर्तालाई सही ढंगले समाधान नगरेर पूर्वाग्रही रुपमा र आयोग तथा अन्य निकाय पनि सहजीकरण भन्दा पनि विषयान्तर बनाउँदै गएमा फेरी विद्रोह, द्वन्द्वको वीउ रोपिन्छ । यो सबै पक्ष गम्भिर बन्नुपर्दछ ।” अझै उहाँ गम्भिर बन्दै भन्नुभयोः– “थबाङलाई हेर्ने राज्यको दृष्टिकोण पनि बदलिन जरुरी छ, थबाङ हिजोको थबाङ होइन, आजको थबाङ हो हाम्रो सुझाव अनुसार काम गरेमा शान्ति प्रक्रिया लक्ष्यमा पुग्नेछ, यदी राजनीति प्रतिसोधमा काम गरे यो समाधान होइन फेरी अशान्ति चाहेर वा नचाहेर पनि हुन्छ ।”
यस्तै द्वन्द्वमा एउटा हात गुमाएर घाइते जीवन विताइरनुभएका थबाङका लवबहादुर रोका ‘स्याउला’ ले उजुरी दर्ता सम्बन्धी इलाका स्तरीय अभिमुखीकरण गएर बुझ्दा यो विषयलाई राजनीतिक दलहरुले नै बढी सहयोग गर्नुपर्ने होइन भने प्रचण्ड र देउवा पनि जेल जान सक्ने जानकारी आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयोः–“ उहाँहरुलाई जेल पठाएमा फेरी पनि स्थायी शान्ति हुँदैन, यो पहिले नै गर्नुपर्ने काम हो, ढिलाई भएपनि द्वन्द्वलाई भन्दा शान्तिालाई केन्द्र विन्दुमा राख्नुपर्दछ होइन भने फेरी द्वन्द्व हुन सक्नेछ ।”
यस्तै दलित अगुवा जमानसिंह बिकले पनि उजरी दर्ता गरेपनि सम्बन्धित निकायले सहजीकरण एवं मेल मिलापको सिद्धान्त अनुसार काम गर्नुपर्दछ ।
आयोगको काम गराईप्रति थबाङबासीहरु पूर्ण रुपमा सन्तुष्टी नभएको बताएका छन् । यो राजनीतिक मुद्धा हो अव यसलाई राजनीतिक दल, आयोग र न्यायलयको सहकार्यतामा टुङ्गो लगाउनुपर्ने बताएका छन् । तर, आयोग भने सहजकर्ताको काममात्रै गर्ने नभई दण्द सजायको लागि सिफारिस समेत गर्न सक्ने अधिकार प्रत्योजन गरिएको छ ।
उता यसबारेमा सबै माओवादी घटकहरुको पनि सामूहिक अन्तरक्रिया भइरहेको छ । यसमा राजनीतिक विषय भएकोले राजनीतिबाटै समाधान गर्नुपर्ने आडानमा एक मत भएका छन् । यो समयको आवश्यकता मात्रै होइन इतिहासका प्रतिवद्धतापूरा गर्नका लागि पनि माओवादी घटकहरु एक हुन अपिहार्य बनेको छ । कसैलाई पनि छुट छैन यो प्रतिवद्धताबाट विमुख हुन । यो मुद्धा राजनीतिक मुद्धा तथा पीडितलाई न्याय दिने कुरा हो । यसमा सबै एक भएर अगाडि बढ्नै पर्दछ ।
थबाङ नयाँ नेपाल निर्माणको एउटा महत्पूर्ण स्थान हो । दीगो शान्तिका लागि सबैले विगतको समीक्षा गर्दै अगाडि बढेमा देशमा शान्ति पनि आउने छ । पीडितलाई न्याय दिदँै शान्तिका दुत गौतम बुद्धको देशलाई पूर्ण शान्ति देश नेपाल बनाउन सबैले सचेत हुन जरुरी छ । होइन भने थबाङबासीले भने जस्तै फेरी देशमा द्वन्द्वको वीउ नरोपीएला भन्न सकिदैन ।

You may also like