रोल्पामा दलित घर घेरा हालेर कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

पाङ– रोल्पा, जेष्ठ २६ गते


दलित समुदायहरु असुरक्षित हुने क्रमको निरन्तरतामा रोल्पाको पाङमा पनि एक दलित समुदायको घरमा राती घर घेरा हाली जातीय विभेद गर्दै कुटपिट गरेको लुंग्री १ पाङ ऐपे निवासी पीडित शेरबहादुर परियारले बताउनुभएको छ ।
पीडित शेरबहादुर परियारले भन्नुभयोः– “ २४ गते दिनमा मलाई र श्रीमतिलाई त दमाई, तेरो बंश नास पारी दिन्छु भने र हामी बसीरहेका थियौँ, राती ९ बजेदेखि ११ बजेसम्म हाम्रो घरमा २५ जनाको समूह आएर घर घेरा हाली, मलाई त दमाई भन्दै मलाई र मेरो श्रीमतिलाई हातपाट कुटपिट गरेका हुन् ।”


शेरबहादुर दमाईले आफूलाई जातीय विभेद गरेको भन्दै इलाका प्रहरी कार्यालयमा २५ गते आईतबार साँझ १९ जना विरुद्ध उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख सुरेन्द्र धमलाले बताउनुभएको छ । घटनाका आरोपितहरुलाई पहिलो चरणमा ५÷६ जनालाई लिनका लागि प्रहरी पठाइएको बताउनुभयो ।
प्रहरी कार्यालय सुलिचौर रोल्पामा लुंग्री १ पाङ निवासी रुपै घर्ती, मतिलाल घर्ती, मतिलाल घर्ती, गिरबहादुर घर्ती, जाले घर्ती, जानकुमार घर्ती, शेरबहादुर घर्ती, चित्रबहादुर घर्ती, श्रवण घर्ती लगायत १९ जनाको नाममा उजुरी परेको प्रहरी कार्यालय प्रमुख सुरेन्द्र धमलाले बताउनुभयो । अनुसन्धान हुने बताउनुभयो ।
उता आफ्नो नाममा उजुरी परेपछि रुपै घर्तीमगरले आफूहरु शेरबहादुर परियारको घरमा करिव ७ बजेदेखि ८ बजेको बीचमा गएको र त्यहाँ दलित समुदायहरुलाई जातीय विभेद नगरेको दावी गर्नुभएको छ ।
२१ औँ शताब्दीमा मानिस, मानिस समान हुने संविधानमै व्यवस्था हुँदा र पश्चिम रुकुमको घटना सेलाउन नपाउँदै जनयुद्धको उद्घम स्थल रोल्पामै यस्तो घटनाहरुले फेरी समाज पश्च गमनतीर गइरहेको संकेत हुन्छ । त्यसमा सबै सरोकारवाला निकायले ध्यान दिनु पर्ने अवस्था देखिन्छ ।

You may also like