स्वास्थ्य कार्यालय रोल्पाका नि. प्रमुख नोखराज पोख्रेलद्वारा स्वर्गीय बुबाको सम्झनामा रोल्पा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

स्वास्थ्य कार्यालय रोल्पाका नि. प्रमुख नोखराज पोख्रेलद्वारा स्वर्गीय बुबाको सम्झनामा रोल्पा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

This image has an empty alt attribute; its file name is n1.jpg


१५ असोज, रेउघा ।
स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलद्वारा स्वर्गीय बुबाको सम्झनामा आज रोल्पा अस्पताल रेउघालाई स्वास्थ्य सामाग्री हस्तारण गर्नुभएको छ ।

उहाँको स्वर्गीय बुबा‘नन्दलाल पोख्रेल’को २०७८ साल असोज १ गतेका दिन ८८ वर्षमा दुःखत निधन भएको थियो । उहाँले बुबाको सम्झनामा एन्टिजिन किट २२५वटा, मास्क २ हजार, स्यानिटाइजर ४० लिटर, पिपि सेट पाँच वटा स्वर्गीय बुबाको सम्झानामा रोल्पा अस्पतालाई हस्तारण गर्नुभएको हो । उहाँको बुबाको असोज १ गते ८८ वर्षमा दुःखत निधन भएको थियो ।
उहाँले रोल्पा अस्पताल रेउघका प्रमुख प्रतिभा सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is n2.jpg

उहाँले भन्नुभयो,‘जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमित संख्या वृद्धि भइरहेको अवस्थामा विरामीको जाँच तथा उपचारमा सहज भन्ने उद्वेश्यले स्वर्गीय बुबाको सम्झानामा स्वास्थ्य सामाग्री रोल्पा अस्पतालाई स्वास्थ्य सामाग्री हस्तारण गरेको हुँ । यो थोरै सामाग्री हस्तारणले अस्पतलाई कोरोना जाँच तथा उपचारमा पूर्णता नुहुन सक्छ । तर, कोरोना भाइरस संक्रमितहरुको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग पुग्ने छ ।’

This image has an empty alt attribute; its file name is n2.jpg

त्यसैगरी अस्पतालका प्रमुख प्रतिभा सुवेदीले स्वास्थ्य सामाग्री ग्रहन गर्दै भन्नुभयो,‘स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलका स्वर्गीय बुबाप्रति श्रद्वाञ्जली सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु । उहाँले स्वर्गीय बुबाको सम्झानामा अस्पतालाई स्वास्थ्य सामाग्री हस्तारण गर्नुभएकोमा अस्पताल परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु । स्वास्थ्य सामाग्रीहरुको सदुयोग गर्दै पछिल्लो समयमा कोरोना भाइरस संक्रमित वृद्धि भइरहेको समयमा स्वास्थ्य परीक्षण तथा उपचारमा सहज पुग्ने छ ।’ जिल्लामा केही दिनदेखि केरोना भाइरसको संक्रमितको संख्या वृद्धि भइरहेकोले अस्पताललाई सम्भावित विरामीको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

You may also like