नेपाली कांग्रेस ५ नं. वडा भाबाङद्वारा सिद्व बराह मन्दिर निर्माणका लागि आर्थिक सहयोत हस्तान्तरण

नेपाली कांग्रेस ५ नं. वडा भाबाङद्वारा सिद्व बराह मन्दिर निर्माणका लागि आर्थिक सहयोत हस्तान्तरण

This image has an empty alt attribute; its file name is s1-4-1024x461.jpg


३१ साउन रोल्पा । माडी गाउँपालिका ५ नं. वडा भाबाङमा निर्माधिन सिद्व बराह मन्दिर निर्माणका लागि नेपाली कांग्रेस पार्टी वडाले पार्टीका क्रियाशिल सदस्यहरुहरुबाट आर्थिक संकलन गरेर आर्थिक सहयोग गरेको छ । मन्दिर निर्माणको बाँकी निर्माण कार्यक्रमा सहयोग पुग्ने भएको छ ।
नेपाली कांग्रेस भाबाङले शनिबार निर्माधिन मन्दिर सिद्व बराह मन्दिरको अनुगमन समेत गरेको छ । पार्टीको क्रियाशिल सदस्यहरुबाट संकलन सहयोग रकम रु २२ हजार ४६५ रकम पार्टीको रोल्पा जिल्ला कार्य समिति सदस्य मोतिलाल डाँगीले सिद्व बराह मन्दिर निर्माण अभियान्ता तथा सिद्व पुजे परोपकारी समाज सेवा भाबाङका अध्यक्ष तारा के.सी.लाई हस्तारण गर्नुभएको छ । सिद्व बराह मन्दिर निर्माणका आभियान्ता तारा के.सी, एन के डाँगी लगायतका मित्रहरू र संस्थागत तथा व्यक्तिगत रूपमा अहिलेसम्म आर्थिक साहयोग गर्नुहुने सम्पुर्ण मित्रहरू लाई हाम्रो तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । साथै स्थानीय सरकार विभिन्न राजनैतिक दलहरु र अहिलेसम्म सहयोग गर्न बाँकी रहनुभएका सम्पुर्णलाई आ–आप्नो ठाउँबाट सहयोग गरेर सिद्व बराह मन्दिर निर्माण आभियानलाई सफल पारिदिनु हुन समेत समाज सेवा अध्यक्ष तारा के.सी.ले अनुरोध गर्नुभयो । सहयोगीहरु नेपाली कांग्रेस रोल्पा जिल्ला कार्य समिति सदस्य मोतिलाल डाँगीबाट रु ५ हजार ५ रुपैया, नेपाली कांग्रेस रोल्पा प्रदेश सभा क्षेत्र २ का सदस्य गोठी खत्रीबाट रु २ हजार ५, नेपाली कांग्रेस माडी गाउँपालिका ५ नं. वडा भाबाङ वडा सभापति रुप बहादुर बुढाबाट १ हजार ५०५ , सोही वडाका उप सभापतिबाट रु ५१५, नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्यहरु दिल बहादुर डाँगीबाट रु ३ हजार ३२, रोल्पा नगरपालिका निबासी अमरजित खत्रीबाट रु ३ हजार, रामकुमार खत्रीबाट रु १ हजार ५५, प्रेम बुढाबाट रु १ हजार ५५, चन्द्र बहादुर बुढाबाट रु ६ सय, देव बहादुर पुनबाट रु ५०५, भानसिङ घर्तीबाट रु ५ सय, मन बहादुर बुढाबाट रु ५ सय, मान बहादुर पुनबाट रु ५०५, जङ्ग के.सी.बाट रु ५०५, कमला वलिबाट रु ५०५, लिल बहादुर पुनबाट रु ५०५, मृगसिङ खत्रीबाट रु ५०५, मुकेश बि.क.बाट रु ५०५, सुर्य बहादुर बुढाबाट रु १५५ गरी जम्मा रु २२ हजार ४६५ आर्थिक सहयोग प्रदान गरेको समाज सेवाका अध्यक्ष तारा के.सी.ले बताउनुभयो ।

You may also like