नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनछहरी गाउपालिका ५ नं. वडा कमिटी सपथ ग्रहण

 

जैमाकसला–रोल्पा
साउन १० गते,


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनछहरी गाउँपालिका–५ नं. वडा कमिटीको सपथ ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडा कमिटीले पूर्णता पाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनछहरी गाउँपालिका रोल्पाको अध्यक्ष धनबहादुर पुनले पार्टी एकताको भावना अनुसर जिम्मेवारी निर्वाह गर्दै यस वडालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लाल किल्ला बनाउन अनुरोध गर्नुभयो । उहाँले वडा कमिटीका पदाधिकारीहरुलाई जनताको घरघरमा जानुस् जताको समस्या सुन्नुस र जनताको लागि विकास ध्यान दिन समेत अनुरोध गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी सदस्य सन्तु कामी, सुनछहरी गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीमगर, १ नं. वडा अध्यक्ष महावीर रानामगर लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो भने कार्यक्रमको अतिथिहरु जिल्ला कमिटी सदस्य महाबिर राना, झने घर्तीमगर, सन्तु कामी, सुनछहरी गाउँ कमिटी सदस्य नरबहादुर खत्री, बुद्धिलाल रोका, खगेन्द्र पुनमगर, तिर्खबहादुर घर्तीमगर, पुर्मला खत्री, सुनछहरी गाउँ कार्यपालिका सदस्य मतिराम बि.क, नव चेतना प्रा.वि.का प्रधानाध्यापक उमेश पुन मगर, नमूना मा.वि. कसलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देबिलाल रोका, नव चेतना प्रा.वि. माबाङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरन बहादुर बि.क, ज्ञानोदय प्रा.वि. हाम्जाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जानुका ढकाल, रोल्पा समाचार साप्ताहिका प्रतिनिधि जुनिस कुमार बिष्ट लगाएतको आतिथ्यता थियो । तिर्खबहादुर घर्र्तीमगरको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले) बाट १८ जना गरी २९ जनाको वडा कमिटी गठन भएको छ । साथै ९ सदस्यीय सल्लाहकार वडा कमिटी समेत गठन भएको छ । वडा कमिटीले पूर्णतासँग वडा कमिटी पार्टीको विभिन्न गतिवधि क्रियाकलापमा सञ्चालनको मार्ग स्पष्ट भएको छ ।

You may also like