जेदबाङमा ५९ जना नेपाली कांग्रेसका कार्यकता नेकपामा प्रवेश

रोल्पा समाचारदाता
जेदबाङ राल्पा
कात्तिक २३ गते

This image has an empty alt attribute; its file name is jed-bang-1-1024x473.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने लहर चलेको बेलामा रोल्पा नगरपालिका वडा नं. ५ जेदबाङमा नेपाली कांग्रेसका सक्रिय कार्यकर्तासहित ५९ जना पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आइतबार नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर र सचिव हरीप्रसाद घर्तीमगरले अबिर लेपन फूलमाला लगाएर प्रवेश गराउँनुभएको थियो ।
२०७४ सालमा नेपाली कांग्रेसबाट वडा सदस्यमा उमेरद्वार बनेका अमृता पुनमगर र सक्रिय तरुणदलका नेता मोहन घर्ती लगायत अन्य ५७ जनासहित ५९ जना प्रवेश गरेका हुन् । जेदङबाङको सम्पूर्ण विकासमा निर्माणमा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) नै गरेको र नेपाली कांग्रेसले जनताका समस्यामा हातेमालो नगरेकोले आफूहरु पनि नेकपामा प्रवेश गरेको मोहन घर्तीमगरले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is n-1-473x1024.jpg
This image has an empty alt attribute; its file name is n-2-473x1024.jpg
This image has an empty alt attribute; its file name is n-3-473x1024.jpg


कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले नेपाल कम्युनिष्टले नै देश र जनताको सपना पूरा गर्नका लागि लागि परिरहेको बताउँदै त्यसमा आवद्ध हुन आउनुभएकोमा स्वागत गर्नुभययो । उहाँले देशमा संघीय, गणतन्त्र, धर्मनिरपेक्ष लगायतको एजेण्डामा नेकपाको नै भएको बताउँदै त्यसलाई अझै सृद्धित एवं विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले जेदबाङबासीको विकासमा सधै पार्टी लागि परेको बताउँदै आगामी दिनमा पनि लाग्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“वडा कार्यालयसम्मको सडक विस्तार, वडाका विभिन्न गाउँमा सडक निर्माण, विजुली, खानेपानी, लगायतको विकासमा लागि परेका छाँै । अब रोल्पा र दाङ जोड्ने कोछापको मोटर बाटो, जेदबाङ लिबाङ जोड्ने माडीखोला लाल्टिबाङमा मोटरेवल पुल निर्माण लगायतको काम तिव्रतामा अगाडि बढेको छ ।”सबैले जेदबाङको विकासका लागि एकता काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव हरीप्रसाद घर्तीमगरले नेपाली जनताको सपना पूरा गर्नका लागि नेपालमा नेकपाले मात्रै पूरा गर्न सक्ने बताउँदै सबै नेकपामा गोलबन्द हुनका लागि आग्रह गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीले सिंगो जनताको समस्यालाई हल गरी देशमा समृद्धी ल्याउने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य तोपबहादुर नेपाली, नगर कमिटिका अध्यक्ष फविन्द्र आचार्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटीका सचिव गोरख महरा, प्रेस संगठन नेपाल लुम्बीनी प्रदेशका सहसंयोजक मानसिंह विश्वकर्मा, नेकपा नगर कमिटी सदस्य मोतिकला बुढाथोकी, समाजसेवी दुजबहादुर वली लगायतले शुभकामना तथा बधाई मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is kalakar-1024x473.jpg


कार्यक्रममा वडाका विभिन्न स्थानबाट जनताहरु सहभागीता भएका थिए । पार्टी प्रवेश कार्यक्रम रामबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो भने सञ्चालन खुमबहादुर बुढामगरले गर्नुभएको थियो । कार्यक्रमका सहभागीताहरुलाई स्वागत मानबहादुर बुढामगरले गर्नुभएको थियो भने माडी सिबाङ दोभान युवा क्लबले प्रगतिशील गीत समेत प्रस्तुत गरेको थियो ।

You may also like