सामुदायिक वन सञ्जालको २१ औं बैठक

रोल्पा साचारदाता
गर्पा रोल्पा ।

इलाका स्तरीय सामुदायिक वन सञ्जाल कलष्टर नं. १ रोल्पाको२१ औं घुम्ति बैठक आज रोल्पा नगरपालिका ९ गर्पामा सम्पन्न भएको छ । बैठकले वन संरक्षणमा महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ ।
उक्त बैठकले आगामी २२ औं घुम्ति बैठक माघ ७ गते बिहान ११ः०० बजे सालघारी सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा बैठक बस्ने निर्णय पारित गरेको छ । साथै यस सञ्जालमा आवद्व केही समूहहरु निस्क्रिय देखिएकोले आगामी बैठकमा सक्रिय सहभागिका लागि सम्बन्धित निकायबाट जानकारी गराउँदा पनि उपस्थिति नुहुने समूहलाई रु २५० जरिवाना गर्ने निर्माण समेत पारित भएको छ । बैठकमा सव डिभिजन वन कार्यालय मेबाङ रोल्पाका टिकाराम कार्की, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पदाक रेशम बि.क.को आतिथ्यता थियो ।
बैठकमा गर्पा समुदायिक उपभोक्ता समूहको कोषाध्यक्ष ज्ञानबहादुर के.सी.ले समूहको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार समूह दर्ता भएको २५ वर्षपछि बल्ला भवन निर्माण भएको बताउनुभयो । समूहको भवन नहुँदा कार्य सम्पादनहरुमा निकै कठी थियो । तर, समूहको भवन निर्माण पश्चात् कार्य सम्पादनम सहज भएको प्रतिवेदन उल्लेख गरिएको छ ।

नव निर्मित भवन रु ३ लाख ५० हजारमा निर्माण कार्य सम्पन्न भएको हो । भने हाल समूहको खातामा रु ४ लाख १९ हजार बैंक खातामा वचत छ । समूहले वृक्ष रोपनसँगै प्राकृतिक रुपमा उम्रिएका विरुवाहरुको संरक्षणमा समूह सक्रिय भएको छ । प्रति किउफुत रु ५० समूहले निर्धारण गरेको थियो । तर, उपभोक्ता समितिहरुको गुनाँसोलाई मध्येनजर गर्दै प्रति किउफुट रु २५ समूहको साधारण सभाबाट निर्धाण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सञ्जालमा इलाका स्तरीय सामुदायिक वन सञ्जाल कलष्टर नं. १ रोल्पाका ४० सामुदायिक वन उपभोक्ता समूहहरु आवद्व भएका छन् । प्रत्येक महिनाको ७ गतेका दिनमा सञ्जालको निर्णय अनुसार ४० ओटा समूहमध्ये एकले आयोजना गर्दै आएको छ । बैठकमा सञ्जालमा आवद्व सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष वा पदाधिकारहरु सहभागि हुँदै आएका छन् । भने बैठक आयोजनक समूहको अध्यक्ष सहित अन्य पदाधिकारी समेत सहभागिता हुँदै आएक छन् । वन संरक्षणका लागि सहभागिहरु बीच सिकाइ, अनुभवहरु आदानप्रदान गर्दै आएको छ । आगामी बैठकमा स्थानीय उत्पादित खाद्यन्नलाई प्रोत्साहन, खर्च व्यवस्थापन, सञ्जालमा आवद्व समूहहरुको अध्यक्षहरु सक्रिय बनाउने जस्ता विभिन्न विषयवस्तुमा समेत छलफल व्यापक भयो । इलाका स्तरीय सामुदायिक वन सञ्जाल कलष्टर नं. १ रोल्पाको अध्यक्ष खिमबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन गर्पा समुदायिक वन उपभोक्ता समूहको अध्यक्ष शिबबहादुर के.सी.ले गर्नुभएको थियो ।

You may also like