रोल्पा समाचार साप्ताहिकको टोली पर्यटीय रक र रेड गार्डेन लगातयका स्थलको भ्रमणमा

रोल्पा समाचारदाता
लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is bharman-toli.jpj-copy-1024x614.jpg


साउन ९ रोल्पा, रोल्पा समाचार साप्ताहिकको टोली आर्थिक वर्ष २०७७÷०७८ को समाप्ती तथा नयाँ वर्षको आगमनमा पर्यटकीय क्षेत्रको अवलोकन तथा समाचारीय भ्रमण यात्रा तय गरेको छ । गत साउन ५ गते बसेको बैठकले भ्रमणमा सबै परिवारका सदस्यहरुलाई सहभागी बनाएर जाने निर्णय गरेको थियो । रोल्पा समाचारले कर्मचारीहरुको हितमा खर्च गरिने कार्यक्रम अन्तर्गतबाट सो भ्रमण तय गरिएको सम्पादक मानसिंह विश्वकर्माले बताउनुभयो ।


विहान करिव ७ः३० बजे रोल्पाको लिबाङ टुडिखेल समाचारको कार्यालयबाट रोल्पा नगरपालिका ३ सात्दोवाटोमा रहेको रक गार्डेन, भ्यू टावर, खुंग्री चर्तभुज, बाल उद्यान र घोडागाउँको रेडपार्क लगायतको अबलोकन गर्ने गरी यात्रा तय गरिएको छ । रोल्पा जिल्लाको पर्यटकीय क्षेत्रको समाचार भ्रमण यात्राले पर्यटकीय क्षेत्रको अध्ययन तथा समाचारीय हिसावले पनि प्रचार प्रचार गर्ने उद्देश्यले नै भ्रमण यात्रा तय गर्न लागिको हो । आज सात्दोवाटोका रक गार्डेन व्यवस्थापन समिति, चतुर्भुज र रेड पार्क लगायतको समिति सँग छलफल एवं अन्तरक्रिया समेत गर्ने भएको छ ।
करिव २० जनाको भ्रमण टोलीमा सहभागी हुने रोल्पा समाचार साप्ताहिकले बताएको छ । सो स्थानको अबलोकन भ्रमण तथा यात्राबाट सबैले अबलोकन तथा समाचार, लेख, साहित्यक रचना गर्न समेत आग्रह गर्दै प्रचार प्रचारमा सहयोग गर्ने गरी यात्रामा सहभागी टोलीलाई निर्देशन दिइएको छ । यस्तो समाचारबाट सञ्चारकर्मीको सामूहिक टोलीबाट गरिने भ्रमणले पर्यटकीय क्षेत्रको अबलोकन एवं प्रचार प्रशार हुने कुरामा समेत समाचार परिवारको आशा गरेको छ ।

You may also like