सुनिलस्मृति गा.पा. वडा नं. २ खुंग्रीलाइ पूर्ण भर्ना वडा घोषणा गर्दै गा.पा. का.वा. अध्यक्ष तुलसी सुनार

रोल्पा समाचारदाता
भाद्र ३१ गते खुंगी


सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीलाई पूर्णभर्ना भएको वडा घोषणा गरिएको छ । वडा कार्यालय र विभिन्न सामाजिक संघ–सँस्थाहरुको आयोजनामा ४ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु सबै भर्ना भएपछि पूर्ण भर्ना वडा घोषणा गर्न मंगलबार आयोजित पूर्ण भर्ना उत्सव कार्यक्रममा घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका कार्यबहाक अध्यक्षले तुलसी सुनारले मानिसको सर्बाङ्गीण विकासका लागि शिक्षा नै पहिलो कुरा भएकाले शिक्षामै प्रथमकिताका साद अगाडि बढाउनु पर्ने बताउनुभयो । साथै नागरिकको पढ्न पाउने अधिकार भएकाले गर्दा सबै नागरिकको जन्मसिद्ध शैक्षिक अधिकारलाई पूर्णणा सुनिश्चित गरिदिनु पर्ने बताउनुभयो ।
उहाँले सुनिलस्मृति गाउँपालिकाले पनि शिक्षाक्षेत्रको सुधारको लागि विभन्नि योजनाहर अगाडि सारेकोले गर्दा त्यसलाई वडा कार्यालयले कार्यन्वयन गरेकोमा धन्यवाद व्यक्तसमेत गर्नुभयो । साथै पूर्ण भर्ना उत्सवका गर्नका लागि सफल बनाउनु हुने सबै सामाजिक संघ–सँस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले गाउँपालिकाबाटै आम बालबालिकाको शैक्षिक विकासका लागि अगाडि बढाउने र सबै बालबालिकालाई विद्यालय क्षेत्रभित्रको पहँुचमा हुने लिनु पर्ने बताउनुभयो ।
यस्तै सुनिलस्मृति गाउँपालिका शिक्षा संयोजक केशव पोख्रेलले पूर्ण भर्ना उत्तसव आम विद्यार्थी र अभिभावकको ऐतिहासिक दिन भएकोले त्यसलाई अबसरको रुपमा मनाउनु पर्ने बताउनुभो । साथै साथै शैक्षिक सुधारकाका नारासँगै नैतिक रुपमा पनि विद्यार्थीहरुको आचारण, आनीबानीमा पनि परिवर्तन गर्नका लागि शिक्षकहरुलाई अनुरोध गर्नुभयो । उहाँले समृद्ध देश निर्माण गर्नका लागि शिक्षा क्षेत्रको समृद्ध भएमामात्रै सम्भव हुने बताउनुभयो ।


यस्तै कार्यक्रममा मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाका अध्यक्ष घनश्याम आचार्यले रोल्पा जिल्लाका शैक्षिक क्षेत्रको सुधारका लागि आफ्नो सँस्था पनि हातेमालो गरेर अगाडि बढेको बताउनुभयो । साथै बालबालिका र शिक्षा क्षेत्रको सुधारका लागि आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा वडा सदस्य मदन गिरी, गाउँ शिक्षा समितिका सदस्य चिन्तन मल्ल, तथा वडा शिक्षा समितिका पढाधीकारी सेभद चिल्डेन रोल्पाका दिलकमल क्षेत्री, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, पत्रकार दिनेश सुवदी, गाउँपालिका लेखापाल बसन्तराज न्यौपाने लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा तथा बालबालिकाको क्षेत्रमा योगदान गर्ने त्रिपुरेश्वरी उ.मा.वि खुंग्रीका प्र.अ. समीक्षा बुढाथोकी, हुरेक रोल्पाका अध्यक्ष घनश्याम आचार्य, हुरेक रोल्पाका सामाचाजिक परिचलक अस्मिता थापा, सेभद चिल्ड्रेनका दिलकमल क्षेत्री, रेश्वरी उ.मा.वि खुंग्रीका शिक्षक झग्गु प्रसाद बुढामगर, ज्योती प्रकाश मा.वि. हरिवागाउँका शिक्षक विजय थापा, रामज्योती प्रा.वि. खलसिंङ्गेका शिक्षक बसन्त पुनमगर, शैक्षिक सत्र २०७५ को कक्षा ९ को परिक्षामा गाउँपालिका स्तरीय द्वितीय श्री त्रिपुरेश्वरी मा.वि.का छात्र निशु गिरी, लगायतलाई सम्मान पत्रले सम्मान गरिएको थियो । साथै विपन्न तथा जेहेन्दार ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
वडा अध्यक्ष नेत्र गिरीले आफ्नो वडापालिकाका विद्यार्थीहरुलाई शिक्षाको घामबाट सबैलाई उज्यालो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले वडाको शैक्षिक अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले पूर्ण भर्ना उत्सवका लागि सहयोग गर्ने सबै सामाजिक संघ संस्था, जनप्रतिनिधी, विद्यालय, शिक्षक अभिभावक, पत्रकारहरु सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

You may also like