नेकपा एकीकृत समाजवादी दलमा राेल्पाका ५ जना जनप्रतिनिधि, नेकपा (एमाले)दलमा बाँकी सबै जनप्रतिनिधि

नेकपा एकीकृत समाजवादी दलमा राेल्पाका ५ जना जनप्रतिनिधि, नेकपा (एमाले)दलमा बाँकी सबै जनप्रतिनिधि

This image has an empty alt attribute; its file name is resham-kb.jpg


२२ भाद्र, रोल्पा
रोल्पा जिल्लामा ५ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी कीकृत समाजवादी रोजेका छने भने बाँकी दुई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ११ वटा अध्यक्ष जनप्रतिनिधिहरुले नेकपा (एमाले) दल राजेका हुन् ।
दल रोज्ने क्रममा त्रिवेणी गाउँपाकिका कार्यपालिका सदस्य १ जना र माडी गाउँपालिका ३ नं. वडाका ४ जना वडा सदस्यहरुले नेकपा (एमाले) छाडेर नेकपा एकीकृत समाजवादी दल रोजेको जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगरले बताउनुभयो ।
त्यसैगरी त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ११ वटा वडाका अध्यक्षहरुले नेकपा (एमाले) पक्षमा रहेको जिल्ला संयोजक एवम् रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा पार्टीले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित विभिन्न स्थानीयतहको ११ वटा अक्ष्यक्ष पार्टीको उम्मेद्वार विजय भएको उहाँले बताउनुभयो । दुबै पार्टीले जिल्लामा संगठन विस्तार कार्यलाई समेत विशेष प्राथमिकता सहित अगाडि बढाएका छन् । जिल्ला पार्टी कार्यालय नेकपा (एमाले) नै सञ्चालन गर्दै अाएकाे छ । नयाँ दल सम्बन्धि दोस्रो संशोधित अध्यादेश अनुसार जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिहरुलाई दल रोज्ने समय सीमा २१ दिन निर्धारण गरेको थियो । सोही अनुसार जिल्लामा निर्वाचनको समयमा एमालेबाट निर्वाचित जिल्लाका जनप्रतिनिधिहरूले दल रोजेका हुन् ।

You may also like