श्रमजीवि पत्रकार ऐन कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोल्पा समाचारदता
लिबाङ– रोल्पा

 


नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति मार्फत श्रमजीवित पत्रकार ऐन कार्यन्वयनको अवस्था बारेमा देशव्यपी रुपमा सञ्चारमाध्यम सञ्चालक समिति र श्रमजीवि पत्रकारहरु बीचमा श्रमजीवि पत्रकार ऐन कार्यन्वयनको अवस्था विषयमा अन्तरक्रिय कार्यक्रम गरिरहेको समयमा आज उक्त विषयमा जिल्ला समन्वय समिति रोल्पाको नयाँ हल लिबाङमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि न्यूनतम पारिश्रमकि निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले भन्नुभयो–“नेपाल सरकारले व्यवसायीक, स्वरोजगारी, भौगोलिक अवस्था अनुसार वर्गिकरण गरको अवस्थामा श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यन्वयन रुपमा कार्यन्वय हुन्छ ।” राज्य व्यवस्था संघीय संरचना अनुसार सञ्चालन भइरहेको समयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले सञ्चारमैत्री ऐन, कानुन निर्माण गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । नेपाल सरकारले आफै बनाएको ऐन, कानुन व्यवहारिहमा कार्यन्वयन गर्न नसक्नु नै राज्यको कम्जोरी भएको प्रमुख अतिथि पराजुलीले बताउनुभयो । उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीयतहरुले आफ्नो क्षेत्रबाट बाध्यकारी ऐन बनाउँदासम्म पनि श्रमजीवि पत्रकार ऐनलाई प्रभावकारी रुपमा कार्यन्वय नीति निर्माण नहुँदा श्रमजीवित पत्रिकार ऐन देशव्यापी रुपमा कार्यन्वयन समस्यामा नै रहने धारणा थियो । श्रमजीवि पत्रकार ऐन कार्यन्वयनको निम्ति न्यूनतम पारिश्रमिक निधारण समितिको तर्फबाट आम सञ्चारमाध्यम सञ्चालकसँग विशेष पहल गरिरहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रमको विशिष्ट अतिथिहरु रोल्पा नगरपालिका रोल्पाका प्रमुख एवं सामुदायिक रेडियो जलजला रोल्पाका सञ्चालक समितिका अध्यक्ष पुर्ण के.सी, नेपाल पत्रकार महासंघ ५ नं प्रदेश अध्यक्ष मौसम रोकामगर, प्रेस युनियन नेपाल केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दिपकराज आचार्य, अतिथिहरु नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा वर्दियाका अध्यक्ष राजन्द्र धिताल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङका सचिव भुपेन्द्र वली, सामुलायिक रेडियो मालश्री सञ्चालक समितिका सल्लाहकार कृष्णबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान एवं दोस्रो कार्यकालका अध्यक्ष महेश न्यौपाने, क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समिति सदस्य दिपेश पराई विष्ट, सामुदायिक रेडियो जलजला सञ्चालक समितिका कोषाध्यक्ष एवं रोल्पा नगारपालिका–४ वडा अध्यक्ष नवराज आचार्य, सामुदायिक रेडियो मालश्री रेडियोका स्टेशनम्यानेजर डी.वी टुहुरो लगायतका अतिथिहरुले श्रमजीवि पत्रकार ऐन कार्यन्वयनको अवस्थाको बारेमा धारणा राख्नुभयो । जिल्लामा सञ्चालित सञ्चारमाध्यका सञ्चालक समिति र श्रमजीवि पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.को अध्यक्षतामा सञलन भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सह–सचिव हर्क घर्तीमगर गर्नुभयो । भने सहभागिलाई स्वागत उपाध्यक्ष दरासिङ डाँगीले गर्नुभयो ।

You may also like