कोरोना विरुद्ध सरकारको निर्णय सकात्मक छ ।

बिश्वभरी कोरोना भाइरसको संक्रमणले महामारी रुप लिएको छ । यसको शुरुवात भएको उत्तरी छिमेकी चिन र यसको सत्रमण तीव्र रुपमा फैलिएको भारतको बीचमा रहेको सुन्दर र सानो हाम्रो नेपाल छ । कोरोनाको संक्रमणले नेपालका विभिन्न क्षेत्रलाई पनि प्रभावित बनाएको छ । नेपाल सरकारले कोरोनाबाट देशबासीलाई ठूलो हानी एवं महामारी हुन सक्ने संम्भावना रहेको निर्णय गर्दै कोरोना विरुद्ध लाग्ने र विभिन्न जनपक्षिय निर्णय गरेको छ । नेपाल सरकारले लिएको कोरोना भाइरस विरुद्धको कदम एवं निर्णय जनताको हितमा छ । सरकारको लिएका जनपक्षीय निर्णयहरु दुर्गामी र ऐतिहासिक कदमका रुपमा लिन सकिन्छ ।
सरकारले सचेतना एवं जनताको जनजीवनसँग प्रतक्ष्य सरोकार राख्ने साबुन पानीले राम्ररी हात धुनु पर्ने, माक्र्सको प्रयोग गर्नुपर्ने, तातो खाद्य एवं झोलेलो पदार्थ खान, भिडभाडमा नजान, नेपाल टेलिकम र एनसेल मोवाईहरुका कम्पनीहरुमा सचेतनाको रिङ टोन राखेर सचेतना समेत गराएको छ । यसले तल्लो स्तरका जनतालाई सचेत गराउने काम गरेको छ । साथै यसको रोकथाम गर्नका लागि सबैको बराबरी जिम्मेवारी हुने भएकोले २५ जना भन्दा बढी समूह जम्मा हुन नदिने, विद्यालय बन्द गर्ने, परिक्षा रोक्ने, अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने, विदशी नाकाहरु शिल गर्ने लगायतको निर्णय गरेर नेपाली जनताको सुरक्षामा अति सम्वेदनशील बनेको छ । यो सकरात्मक कदम हो । साथै देशको राजधानी एवं सातैवटा प्रदेशमा आइसुलेशन वार्डहरु सञ्चालनका लागि तयारी गरेको छ । चैत्र ९ गतेदेखि २१ गतेसम्म सरकारी कार्यालयमा काम काज रोकेको छ । यो पनि जनताको हितमा नै छ । अब यातायातका साधनहरु पनि बन्द गर्ने निर्णय समेत गरेको छ । यो निर्णय गर्दा कतिपयले जनता एवं विद्यार्थीको भविस्यमाथी खेलवाड खेलेको आरोप र टिप्पनीहरु नआएका पनि होइनन् तर मुख्य कुरो पढाई, व्यक्तिगत काम भन्दा पनि आम नेपालीको स्वास्थ्य नै हो । बरु यसमा केही समय व्यवस्थापनमा ध्यान दिएको भए राम्रो हुने थियो । तर जनताको हितमा दुुर्गामी महत्वको निर्णय गरेकै छ सरकारले भन्ने सकिन्छ ।
जे होस् मानसिका आफ्नो समस्या र योजना सफल नहोलान तर पनि देश र देशबासीहरु यसको संक्रमण भएमा रोगथाम गर्न निकै जटिल विषय बन्ने छ । तसर्थ रोग लागेर उपचार गरी ठूलो जनधनको क्षति बेहोर्नुभन्दा रोग लाग्न नै नदिनु बेस एवं बुद्धिमानी छ । सरकारले लिएका हालका कदम अलोकप्रिय मानिन सक्छ तर पनि यो नेपाल र नेपाली जनताको पक्षमा छ । कोरोना विरुद्धको सरकारको निर्णयलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व पनि हो । यसैमा लागौँ देशलाई कोरोनामुक्त नेपाल बनाऔँ ।
रोल्पा समाचारको सम्पादकीय २०७६ चैत्र ९ गतेको अंकमा

You may also like