प्रथम जेष्ठ नागरिक दिवसको अवसरमा हक, अधिकार र अल्जाइमर्स रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रथम जेष्ठ नागरिक दिवसको अवसरमा हक, अधिकार र अल्जाइमर्स रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न


This image has an empty alt attribute; its file name is j5-1024x485.jpg

११ पौष, लिबाङ–रोल्पा ।
‘सभ्य नागरिकको परिचय, जेष्ठ नागरिकाको सम्मान’ भन्ने राष्ट्रिय नारासहित प्रथम जेष्ठ नागरिक दिवस २०७८ को अवसरमा हक अधिकार र अल्जाइमर्स रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, स्वास्थ्य शाखा प्रमुख टंक गिरी, रोल्पा न.पा. ४ का अध्यक्ष नवराज आचार्य लगायतले मतव्य राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू ६ नं. वडा अध्यक्ष तुलबहादुर घर्ती, ७ नं. वडा गनसिंह पुन, ९ नं. वडा मिमबहादुर घर्ती, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सहसचिव रेशम बि.क. लगायतको आतिथ्याता थियो ।

This image has an empty alt attribute; its file name is j2-1024x485.jpg
This image has an empty alt attribute; its file name is j1-1-1024x485.jpg

कार्यक्रममा स्वास्थ्यचौकी कोटगाउँका प्रमुख विध्र्वज घर्ती र महिला तथा बालबालिका शाखाका प्रमिला घर्तीमगरले सहजीकरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is j3-1024x485.jpg

रोल्पा नगरपालिकाको महिला तथा बालबालिका शाखा र नगर स्वास्थ्य शाखाको संयुक्त आयोजनामा आयोजित अभिमुखिकरणकार्यक्रममा नगरपाकिाको १० वटै वडाहरुबाट जेष्ठ नागरिकहरुको सहभागीता थियो । रोल्पा नगरपालिकाका नग प्रमुख मन कुमारी घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका सहायक निरीक्षक प्रमिला घर्तीमगरले गर्नुभएको थियो ।

You may also like