स्काभेटर सकडमा भासिएर लुङ्ग्री खोलमा खस्यो

स्काभेटर सकडमा भासिएर लुङ्ग्री खोलमा खस्यो


This image has an empty alt attribute; its file name is p1.jpg

२२ भाद्र, रोल्पा ।
सुनिलस्मृति गाउँपालिक ३ नं. रुइनिबाङ नकिज सडक मर्मत गर्न गएको ०१–००३ नम्बरको स्काभेटर सडक भासिएर लुङ्ग्री खोलामा आज खसेको छ । जिल्लामा नियमिति अविरल वर्षाको कारण मानवीय तथा धनजनमा क्षति पु¥याएको छ ।
उक्त स्काभेटरले सुलिचौर–जेलबाङ जोड्ने सडक सफा गरेर सुनछहरी गाउँपालिकातिर फर्किने क्रममा सडकबाट करीव ५०÷६० मिटर तल खोलामा खसेको सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुनमगरले जानकारी दिनुभयो । पानी परिरहेका कारण स्काभेटर रोकेर चालकले सिसा पुछ्ने क्रममा एक्कासी सडक भासिदा डोजर खसेको उहाँको भनाइ छ । स्काभेटरमा रहेका चालक प्रकाश रोका र सहयोगीको रुपमा गएका रन बहादुर घर्तीमगर हामफालेर जोगिनु भएको थियो । स्काभेटर दुर्घटनामा मानवीय क्षति भने भएको छैन । खोलामा पानीको बहाब बढेको र धमिलो भएकाले स्काभेटरको नाम निशाना पनि देखिएको छैन । खुङ्ग्री खोलामा स्काभेटरको पांग्रा र यसको केहि भाग टुक्राटुक्रामा खोलाले बगाएर ल्याएको देखिएको स्थानीयको भनाइ छ ।

You may also like