रोल्पामा चुनावी माहोल बन्दै चैत्र १४ गते प्रचण्डद्वारा विशाल आमसभालाई सम्वोधन


मानसिंह विश्वकर्मा

This image has an empty alt attribute; its file name is parchand.jpg


आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि चुनावी माहोल बन्दै गएको छ । सबै राजनीतिक दलहरुले आफ्नो चुनावी कार्यक्रमलाई स्थानीयतस्तरसम्म केन्द्रीत गर्नुले पनि अब रोल्पामा चुनावमय बन्दै गएको छ । यतिबेला रोल्पामा चुनावी सगर्मी बढेको छ । जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व चयनका लागि राजनीतिकदलहरुले आफ्नो तर्फबाट न्वारानदेखीको बल लगाई रहेका छन् । रोल्पा जिल्लाका १० वटा स्थानीयत र ७२ वडामा को विजय हुन सक्न भन्ने कुरा अझै भन्न सक्ने अवस्थामा नभएमा पनि विभिन्न अडकलबाजी गर्ने र राजनीतिक सभादेखि चियागफ अनि सामाजिक सञ्जालहरुमा छाउन थालेको छ । यसमाबारेमा रोल्पा जिल्लाको विगतको मतभारका आधारमा राजनीतिक दलहरुका प्रमुखहरुले के भन्छन् त ।
चुनावी माहोललाई अझै गति दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को उद्गम स्थल रोल्पामा फेरी चैत्र १४ गते रोल्पाको लिबाङमा हुने जनसभालाई सम्वोधन गर्नका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड रोल्पामा आउनु हुने भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज दीपेन्द्र कुमार पुनमगर (सिजल) ले बताउनुएको छ ।


यसमा नेकपा (माओवादी केन्द्र) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले रोल्पाका १० वटै स्थानीयतहमा राजनीतिक कार्यक्रम सम्पन्न भईरहेको बताउनुभयो । उहाँले सबै स्थानीयतहमा राजनीतिक कार्यक्रम सकिएपछि अब यही चैत्र १४ गते प्रचण्डको प्रमुख आतिथ्यतामा रोल्पाको लिबाङमा बृहत चुनावी सभा गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले पनि पार्टीका राजनीतिक बैचारिक प्रशिक्षण, भेला लगायत स्थानीयतहको निर्वाचनमा आफ्नो पार्टीका उमेद्वारहरुलाई विजय बनाउने गरी अगाडी बढेको बताउनुभयो ।
यस्तै नेकपा एमाले पार्टीका रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढामगरले पार्टीको केन्द्रीय समितिको योजना अनुसार पार्टी प्रशिक्षण, बैठक लगायत उमेद्वारको छनौटका कामलाई पनि अगाडि बढाएको बताउनुभयो ।
यसैगरी समाजवादी (एस) का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष हरीप्रसाद घर्तीमगरले शनिबार सम्पन्न बैठकले पार्टीको जिल्लाको स्थानीय निर्वाचनबारे छलफल गरेको र अब गाउँ गाउँमा जाने बताउनुभयो ।
रोल्पा जिल्लामा रोल्पा नगरपालिका लगायत ९ वटा स्थानीय पालिका रहेका छन् । २०७४ सालको स्थानीयतहमा नेकपा (माओवादी) केन्द्रले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित कार्यपालिमामा बहुमत रहेको छ । यसगरी नेकपा (एमाले) ले त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले लुंग्री गाउँपालिकामा प्रमुख र उपप्रमुख विजय भएको थियो । पालिकाको विजयको अवस्था यसैलाई विश्लेषण गर्ने हो भने नेकपा (माओवादी केन्द्र ७० प्रशित, नेकपा एमाले २० प्रतिशत र नेपाली कांग्रेस १० प्रतिशत हो ।

२०७४ सालको निर्वाचन आयोगको तथ्याङ्क अनुसार मतदाताहरुको विवरण यस प्रकार रहेको छ ।
२०४७ सालको जम्मा मत र विजय पार्टी
त्र.सं. गाउँपालिका विजय पार्टी मतदाता
१ रोल्पा नगरपालिका माओवादी केन्द्र १६२५५
२ सुनिलस्मृति गाउँपालिका माओवादी केन्द्र १३९७०
३ सुनछहरी गाउँपालिका माओवादी केन्द्र ८१२८
४ थबाङ गाउँपालिका माओवादी केन्द्र ५९३३
५ परिवर्तन गाउँपालिका माओवादी केन्द्र १२३६०
६ गंगादेव गाउँपालिका माओवादी केन्द्र १०८४३
७ माडी गाउँपालिका माओवादी केन्द्र १०५७७
८ रुन्टीगढी गाउँपालिका नेकपा एमाले १५०८८
९ त्रिवेणी गाउँपालिका नेकपा एमाले १२७०४
१० लुंगी गाउँपालिका नेपाली कांग्रेस १२०१३

रोल्पा जिल्लामा २०७४ सालको निर्वाचन कार्यालय रोल्पा तथ्याङ अनुसार विजय अध्यक्षहरुको मतभारलाईको परिणामलाई हर्ने हो भने ७ वटै स्थानीयतहमा माओवादी केन्द्र नै अगाडि रहेको छ । त्रिवेणी गाउँपालिकामा पनि माओवादी केन्द्रका अध्यक्षको उमेद्वार गंगाप्रसाद बुढामगरको विरुद्धमा सोही पार्टीका कुलानन्द गिरीले वाँकी दिएपछि हारेको तथ्य छ । लुंगी गाउँपालिकामा माओवादी केन्दका उमेरद्वार र नेतृत्वमा केही तालमेलमा समस्या भएकोले आफूहरुले पराजय भोग्नु परेको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।

२०७४ सालको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने रोल्पा नगरपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाँपालिकामा माओवादी केन्द्र एक्लै जित्न सक्ने भएको माओवादी केन्द्रका रोल्पा जिल्लाका संयोजक सुरेन्द्र थापाले बताउनुभयो ।
रोल्पा नगरपालिकामा फेरी पनि माओवादी केन्द्र नै बलियो
रोल्पाको एक वटा नगरपालिकामा यस पटक पनि माओवादी केन्द्र नै विजय हुन सक्ने सबत्र अनुमान गर्न थालिएको छ । बलियो संगठन भएकै कारणले जित्न सक्ने आधार सृजना हुँदै गएको छ । नेकपा (माओवादी केन्द्र) का पुर्ण केसीले ५६३४ मत लिनुभएको थियो भने नेकपाली कांग्रेसका उमेद्वार पूर्व साँंसदले ३८२७ मत लिनुभएको थियो भने एमालेका मिना शर्माले ४७८ मत दिनुभएको थियो त्यसैले यस पटक पनि माओवादीको पोल्टामै पर्ने अड्कल गर्न थालिएको छ ।

सुनिलस्मृति गाउँपालिकामा अनिश्चित कालीन
२०७४ सालको स्थानीयतहको निर्वाचनमा माओवादीबाट सबैभन्दा बढी आकाक्षीँहरुको भएर पनि एक मत गराएर विजय गुणेन्द्र घर्तीमगरले ४१५५ मत लिनुभएको थियो भने नेपाली काग्रेसका शेरचन महराले ३०६० र एमालेका खिमचन्द्रले १०१९ लिनुभएको थियो । त्यसमा अहिले पनि माओवादी केन्द्रको साझा मनोविज्ञानमा लिन सक्यो भने विजय भन्ने सभ्भावना बढेको छ । होइन भने नेपाली कांग्रेस पनि बलियो प्रतिषप्रर्धि भएकाले गर्दा यो निर्वाचन निकै रोचक पूर्ण हुने देखिन्छ ।
माडी गाउँपालिकामा माओवादी केन्द्र एक्लै जित्न सक्ने
माडी गाँपालिकामा यस भन्दा अगाडि नेपाली कांग्रेस र एमालेका साझा उमेद्वारका रुपमा गोपाल घर्तीले २६२१ मात्रै लिनुभएको थियो भने माओवादी केन्द्रका नन्दबहादुर पुनमगरले ३१८२ प्राप्त गरी विजयी बन्नु भएको थियो । यस पटक पनि माओवादी केन्द्रका साझा उमेद्वार बनाउने सकेमा यससकै आधारमा माओवादीले एक्लै जित्न सक्ने आधार बनेको छ । माओवादी केन्द्रका नेता विजय घर्तीमगर एमालेमा जानु र समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष हरीप्रसाद घर्तीको लगायतको टिम समाजवादीमा रहदाँ त्यसले पनि माओवादी केन्द्रलाई बलियो अधार भएको अनुमान राजनीतिक बृद्धमा हुन थालेको छ ।
अबको स्थानीय तहमा कसले मार्ला बाजी त्रिवेणी गाउँपालिकामा
नेकपा एमालेका उमेद्वार शान्तकुमार वलीले ३ हजार ३३३ मत प्राप्त गर्नुभएको थियो भने माओवादी केन्द्रको गंगाप्रसाद बुढामगर ३ हजार ११२ मत लिई निकतम प्रतिद्वन्दी बन्नु भएको थियो । नेपाली काग्रेसको मत ९८४ मात्रै रहेको छ । यसमा माओवादी केन्द्रका नेता कुलानन्द गिरीले उमद्वार दिई ७५८ मत लिनुभएको थियो । यसर्थ हाल माओवादी केन्द्रबाट साझा उमेद्वार हुन सक्ने, एमालेको सबैभन्दा बलियो वडा नुवागाउँमा एमालेका स्थापित नेता शान्तराज बोहरा माओवादी केन्द्रमै रहनु र उहाँको प्रभाव जनतामा राम्रो भएको, एमालेको फुटका कारण समाजवादीको पनि सबैभन्दा राम्रो त्रिवेणी गाँपालिका भएकाले भएको दावी गरको छ । सो अनुसार हालसम्मको अवस्थाका आधारमा जसरी पनि माओवादी केन्द्र र समाजवादीको तालमेल हुने संकेत प्रवल छ । यसर्थ त्रिवेणीमा पनि माओवादी उमेद्वार नै बलियो हुन सक्ने अनुमान राजनीतिक बृत्तमा देखिएको छ ।
रुन्टीगढी गाउँपालिका सबैको नजरमा
रोल्पाका १० वटा स्थानीयतहरुमध्ये सबैको नगर रुन्टी गढीमा लागेको छ । २०७४ को निर्वाचनमा सबैभन्दा प्रतिषप्रर्धा भएको गाउँपालिका हो । जसमा एमालेका उमेद्वार बालाराम बुढामगरले ३४०२ मत लिनुभएको थियो भने नेपाली कांग्रेसको टेकहादुर बस्नेतले ३२७९ र नेकपा (माओवादी केन्द्र) गोविन्द पुनमगरले ३१०८ लिनुभएको थियो । यस गाउँपालिकामा भने पहिला एमाले नै अग्र स्थानमा थियो । यस पटक नेपाली कांग्रस र माओवादी केन्द्र सत्ता गठबन्धनको पर्खामा रहेका छन् । तर सबैले आफ्नो पोल्टामा पार्ने गरी चुनावी मैदानमा होमिदै गरेको राजनीतिक गतिविधीबाट देख्न सकिन्छ ।
गंगादेव गाउँपालिकामा पनि सबैको दावी
रोल्पाको गंगादेवमा पनि सबैको नजरमै र कोटामै गणना गरिदै आएको छ । २०७४ सालमा माओवादी केन्द्रका विरबहादुर खत्रीले २४१४ मत प्राप्त गरी विजय हुनु भएको थियो भने एमालेका रोशनकुमार वलीले २२९० र नेपाली कांग्रेसका हरीबहादुर पुनमगरले २२६१ मत लिनुभएको थियो । यस गाउँपालिमा झ्वाट्टै हेर्दा यसै भन्न नसकिने अवस्थामा रहेको गाउँपालिका राजीतिज्ञहरु बताउँछन् । तर यसमा सत्ता साझेदारी गठबन्धन भयो भने र एमाले पार्टीको विभाजनले एउटा टिम समाजवादीमै रहेको कारणले गर्दा यसमा माओवादी केन्द्र नै बलियो देखिएता पनि पार्टी भित्रको उम्मेद्वारी छनौटमा कसलाई कसरी दिने भन्ने विषयमा सबै पार्टी भित्र पेचिलो देखिन्छ ।
लुंग्रीमा कांग्रेस र माओवादी केन्द्रको भिडन्त हुनसक्ने ।
लुंग्री गाउँपालिकामा नेपाली कांग्रेस र मोवादी केन्द्रको रसाकसी हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस दुर्गाहादुर खड्काले ३१२५ मत लिएर विजय हुनु भएको थियो भने माओवादी केन्द्रका तुलाराम खड्काले २९१० प्राप्त गरेको निर्वाचन आयोग रोल्पाको अभिलेखमा छ । यसर्थ आफ्ना संगठनहरु बलियो बनाउँदै गएको दुवै पक्षको भनाई छ । यसमा लुंग्री १ पाङ लुंग्री २ सीर्पको मतले निर्भर गर्ने अनुमान गरिन थालेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा सबै राजनीतिक पार्टीलाई उमेद्वार छान्न जति सजिलो थियो यस पटक निकै कठिनता उत्पन्न हुने सम्भावना देखिन्छ । साझा उमेद्वार बनाउन सबैलाई फलामको चिउरा चपाए झै हुने छ । अर्काे सत्ता साझेदारहरुको गठबन्धनको अबस्थाले पनि पालिका संख्या घटबढ हुने देखिन्छ । चैत्र महिनाभरी सबैले प्रशिक्षण र भेला उमेद्वार छनौट लगायतको काममा नै बढी जोडिने क्रममा रहेको छ । रोल्पाको स्थानीयतहको निर्वाचनमा अब फेरी सबै होमिन थालेका छन् भने जनताले पनि ५ वर्षको समिक्षा गर्दै उमेद्वार छनौटमा क्रमभंगता पनि हुने बताएका छन्् ।

You may also like