नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिकाद्वारा भारत SSB विरुद्दमा विरोध सभा

नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिकाद्वारा भारत SSB विरुद्दमा विरोध सभा
साउन १८ गते, रोल्पा,

This image has an empty alt attribute; its file name is s1-1024x768.jpg

नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिका कमिटी रोल्पाले भारतीय SSB द्वारा दार्चुलामा जय सिंह धामी हत्याको विरोधमा सोमबार लिबाङमा विरोध सभा सम्पन्न गरेको छ । धामीको हत्याको विरोधमा देशभरि विरोध सभा सम्पन्न भइरहेका छन् ।
विरोध सभाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्लाको पूर्व सेक्रेटरी शोभराम राना र अतिथि नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिका रोल्पा इञ्चार्ज टिकाराम नेपालीले सम्बोधन गर्नुभएको थियो । भारतीय SSB द्वारा दार्चुलामा जय सिंह धामी हत्याको विरोधमा पार्टीले देशभरि विरोध सभा आयोजना नगर कमिटीले गरेको हो । SSB बाट हत्या गरिएको धामीलाई उचित क्षतिपूर्ति सहित आगामी दिनमा यस्ता कामहरु नदोहोरिन नेपालले समयमै सजकता अपनाउनु पर्ने वक्ताहरुले जोड दिनुभयो ।

This image has an empty alt attribute; its file name is s2-1024x768.jpg

भारतीय SSB को विरोधमा नेपाल सरकार, दार्चुला प्रमुख जिल्ला अधिकारीले समेत गैरर जिम्मेवारी भूमिकाप्रति आपत्ति समेत उहाँले व्यक्त गर्नुभयो । विरोध सभामा भारतीय साम्राज्यवादी मुर्दावाद, सीममा भारतीय ज्यादति बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर जस्ता नारा सहित सहभागीहरुले भारतको विरोध गरेका थिए । सभामा पार्टीका नेता तथा कार्यकर्ता सहित शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

You may also like