ब्राइट ल्याण्ड युथ क्लव कोटगाउँ को ९ नबौँ वार्षिकोत्सव सञ्चालन युवाहरु खेल क्षेत्रबाटै देशलाई चिनाउन सक्नुपर्दछ ः नगर प्रमुख के.सी.

असोज २२ रोल्पा
रोल्पा नगरपालिकाका नगर प्रमुख पुरण के.सी.ले युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्दै खेल क्षेत्रबाट नै नगर, देशलाई चिनाउनको लागि युवाहरु जिम्मेवार भएर लाग्न आग्रह गर्नभयो ।
उहाँले यस्तो विचार रोल्पा नगरपालिका वडा नं. ६ मा गठित व्राइट ल्याण्ड युथ क्लबको ९ नौ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै बताउनुभयो । प्रमुख अतिथि नगर प्रमुख के.सी.ले. नगरको विकास गर्नका लागि युवाहरु नै लाग्नुपर्ने बताउनुभयो । आफूहरुलाई विजयी बनाउने सम्पूर्ण जनतालाई धन्यवाद दिदैँ भन्नुभयोः–“हामीलाई विजयी बनाउनुभयो, हामी सबैका हौँ । अब हामीलाई विजयी बनाएपछि हामीले सम्पूर्ण जनताको लागि गर्नुपर्दछ, हामी गर्दछौँ ।”
नगर प्रमुख क्षेत्रीले जनताको आमुल परिवर्तन गर्न र रोजगारको अबस्था सृजना गर्नका लागि एक वर्षमा प्राविधिक शिक्षा अध्यापन गराउने, शैक्षिक, स्वास्थ्य क्षेत्रको विकास गराउने उद्देश्यले नयाँ कार्यक्रम गरिरहेको बताउनुभयो । खेलकुद तथा साँस्कृति विकासका लागि नगर जहिले पनि सकरात्मक सोच रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रोल्पा नगरपालिकाका नगर उपप्रमुख मनकुमारी घर्तीमगरले परिवर्तनका लागि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरेको बताउँदै आम जनतालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो परिवर्तनलाई सँस्थागत विकास गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय कला र सँस्कृतिको जगेर्णा गर्नका लागि सबैको जिम्मेवारी बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापामगरले युवाहरुले जहिले पनि परिवर्तनको पक्षमा लाग्नुपर्ने बताउँदै युवाहरुले नयाँ जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने छ ।
कार्यक्रमका विशिष्ट अतिथि रोल्पा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तुलबहादुर घर्तीमगरले नयाँ पुस्ता र पुराना पुस्ताबीच उचित तालमेल भएर अगाडि बढेमा मात्रै लोक सँस्कृतिको जगेर्णा हुने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकले युवाहरु सबै सामाजिक विभेदको विरुद्धमा सचेतपूर्वक लड्नु पर्ने बताउँदै सामाजिक विभेदको लडाईमा जिम्मेवारभइ लाग्नका लागि अनुरोध गर्नुभयो । युवाहरु कुलत र कुसँस्कारमा लाग्नु भन्दा पनि परिवर्तन र सकात्मक दिशाको आदर्श व्यक्ति बन्नका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयोः–“युवाहरु सधै राज्य सत्तामा पु¥याउने भ¥याङ मात्रै हुने भन्दा पनि आफूहरुकै सभागिता अनिवार्य हुनुपर्दछ , युवाहरुको सहभागिताले मात्रै गाउँ सम्बृद्ध बन्दछ ।”
रोल्पा समाचार साप्ताहिक प्रकाशक सम्पादकले क्लव गठनदेखि हालसम्म निरन्तर रुपमा जोडिएको बताउँदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस वडा अध्यक्ष नरबहादुर खत्रीले, नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष दले घर्तीमगर लगायतले शुभकामना मनतव्य दिनुभएको थियो । कार्यक्रममा मा.वि. कोटगाउँका निमित्त प्र.अ. शिवराज डाँगी, स्वास्थ्य चौकी कोटगाउँका इन्चार्ज अनल प्रसाद शाह, पूर्व गाविस अध्यक्ष गञ्जबहादुर के.सी. जिल्ला भलिबल संघका अध्यक्ष हिमाल डिसी, क्वलका सँस्थापक अध्यक्ष हेमन्त घर्तीमगर लगायतको आतिथ्यता रहेको थियो । रेफ्रीका तर्फबाट प्रमुख रेफी विरबहादुर कुवर र खेलाडीको तर्फबाट भेषबहादुर बिश्वकर्माले कसम लिनुभएको थियो ।
क्वलका अध्यक्ष तिलप्रसाद घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दामोदर बिकले गर्नुभएको थियो भने स्वागत सहसचिव शिवप्रसाद बाठाँमगरले गर्नुभएको थियो । कार्यक्रममा महिला पूरुष भलिबल, आमा समूहका बीचमा रस्साकसी, लोक दोहरी गीत, एकल तथा सामुहिक नाँच लगायतको प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रममा क्लवका कलाकारहरुले विभिन्न साँगितिक कार्यक्रम प्रस्तुत समेत गरेका छन् ।

You may also like