रोल्पा घर्तिगाउँ खोलबाङमा एम्बुलेन्स दुर्घटना

रोल्पा घर्तीगाउँको खोलबाङमा एम्बुलेन्स दुर्घटना
३० साउन, रोल्पा ।

This image has an empty alt attribute; its file name is a.jpg


माडी गाउँपालिक घर्तिगाउँ बजार नजिक खोलाबाङमा स्मृति अस्पतालको एम्बुलेन्स बिहान करीव ३ः०० बजे दुर्घटना भएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालकको घट्न स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । एम्बुलेन्स चालक माडी गाउँपालिका ६ नं. वडा कोर्चाबाङ निबासी ओम प्रकाश घर्तीमगर रहेको प्रहरीले जानकारी दिएको छ । भैरहवाबाट कोर्चाबाङ शव पुराएर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

You may also like