रक्त सञ्चार अर्थ संकलन उप समितिद्वारा पत्रकारसँग समन्वयकारी बैठक

रक्त सञ्चार अर्थ संकलन उप समितिद्वारा पत्रकारसँग समन्वयकारी बैठक
साउन १८ गते, रोल्पा ।


This image has an empty alt attribute; its file name is r2-1024x768.jpg

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र रोल्पा अस्पताल रेउघमा सञ्चालित रक्त सञ्चालन केन्द्रलाई दीर्घकालीन सञ्चालन गर्न अक्षय कोष अभियानका लागि ‘रक्त सञ्चार अर्थ संकलन उप समिति’द्वारा जिल्ला स्थित पत्रकारहरुसँग समन्वयात्मक बैठक सोमबार लिबाङमा सम्पन्न भएको छ । अक्षयकोष स्थापनाले रक्त सञ्चार केन्द्र दीर्घकालीन सञ्चालनमा सहयोग पुग्ने भएको छ ।
बैठकमा नेपाल रेडक्रस जिल्ला शाखा रोल्पाका सभापति डी.वी.घर्तीमगरले भन्नुभयो,‘रोल्पा अस्पताल रेउघाको समन्वयमा र जिल्ला शाखा रोल्पाले रेउघा अस्पतालमा सञ्चालन गरेको ‘रक्त सञ्चार केन्द्र’ स्थापनामा आर्थिक र प्राविधिक दृष्टिकोणले चुनौती हुँदाहुँदै पनि अभियानले सार्थकता पायो । जिल्लामा सञ्चालित रक्त सञ्चार केन्द्रलाई आगामी दिनमा निरन्तर सञ्चालनका लागि जिल्ला शाखाका कोषाध्यक्ष भिम बहादुर बुढामगरको संयोजकत्वमा ‘रक्त सञ्चार अर्थ संकलन उप समिति गठन गरेर अक्षय कोष स्थापना गर्न आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।’ रक्त सञ्चार केन्द्र स्थापनामा सञ्चारमाध्यम आर्थिक संकलन अभियानलाई सार्थकता दिन महत्वपूर्ण योगदान गरेको स्मृरण गर्दै अक्षयकोष स्थापनाका लागि सञ्चालित आर्थिक संकलन अभियानमा पनि सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिकाको अहारिहार्यता रहेको बताउनुभयो । केन्द्र स्थापनाका लागि जिल्लाका स्थानीय तहहरुको संस्थागत सहयोग र मनकारी मनहरुको व्यक्तिगत आर्थिक नैतिक सहयोगबाट केन्द्र स्थापना भएकाले आगामी दिनमा केन्द्रलाई दीर्घकालीन सञ्चालन गर्न स्थानीय तहहरु लगायत सहयोगी निकायहरुको संस्थागत वा व्यक्ति आर्थिक नैतिक सहयोगको आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँले रक्त सञ्चार केन्द्र स्थापना पश्चात् केन्द्रमा रगत व्यवस्थापन भएको छ । तर, ३५ दिनभित्र उक्त रगत खपत नभए अन्य जिल्लामा पठाउने तयारी गरेको जानकारी दिनुभयो । सरकारले निःशुल्क रगत लिने प्रावधानको कारण रगत प्रयोग वाफत तिर्नुपर्ने रु ९ सय रुपैयाँ सरकारले तिरिदिने र रगत प्रयोग कर्ताले निःशुल्क पाउने व्यवस्था गरिएको छ भने रगत प्रयोग नगरेमा रक्त दाताको क्रम म्याचिङका लागि लाग्ने रु ३५० रुपैयाँ र कुनैपनि व्यक्तिले रगत समूह जाँच गर्नु परेमा रु ५० रुपैयाँ शुल्क निर्धारण उहाँले बताउनुभयो । अस्पतालमा आगामी भदौको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने तयारी भएकोले रगतको माग बढ्ने कुरालाई शाखाले मध्यनजर गर्दै रगतको व्यवस्थापनको तयारी गरेको उहाँले बताउनुभयो । उप समिति संयोजक भिम बहादुर बुढामगरले रक्त सञ्चार केन्द्रलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न रक्त सञ्चार अर्थ उप समितिले आर्थिक संकलन अभियान सुरुवात गरेको बताउनुभयो । अक्षयकोष ६ महिनाको समयवधिमा रु २० लाखभन्दा बढि रकम संकलन तयारी गरेको उहाँको भनाइ छ । निर्धारित समयमा अक्षयकोष रकम संकलन अभियान अवधिमा सक्दो आर्थिक सहयोगका लागि सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । आर्थिक संकलन अभियानलाई सर्थकता बनाउन सञ्चारमाध्यमहरुले पूर्ण रुपमा सहयोगी भूमिका निर्वाह गर्ने संयोजक बुढामगरले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष नविन लोचन मगरले रक्त सञ्चार अर्थ संकलन उप समितिलाई संस्थागत सहयोगबाट हुने सहयोगमा बाँकी नराख्न बताउनुभयो । बैठकमा जिल्लामा सञ्चालित सञ्चारमाध्यम सञ्चालकहरुले मानवीय सेवामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको संस्था नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको अगुनाईमा रक्त सञ्चार केन्द्र अर्थ संकलन उप समितिलाई गर्नुपर्ने कुनैपनि सहयोग बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गरेका छन् । केन्द्रलाई दीर्घकालीन सञ्चालनका लागि सञ्चालन आर्थिक संकलन अभियान सञ्चालनको क्रममा आर्थिक स्रोत पहिचान गरेर अगाडि बढे अभियान लक्ष्यमा पुग्ने सकिने सहभागी पत्रकारहरुको सुझाव थियो । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पूर्व मन्त्री, पूर्व सासंद, स्थानीय तहहरुको प्रमुख÷अध्यक्ष लगायतका सरोकारवाला निकायहरुसँग छलफल गर्नुपर्ने समेत सहभागी पत्रकारको सुझाव थियो । रक्त सञ्चार अर्थ संकलनको क्रममा रु ४ हजार ९९९ सहयोगीलाई स्मारिकामा नाम प्रकाशन गर्ने, रु ५ हजारदेखि ९ हजार ९९९ सम्म आर्थिक सहयोग गर्ने सहयोगीलाई रेडियोबाट नाम प्रसारण र स्मृरिकामा नाम प्रकाशन, रु १० हजारदेखि २४ हजार ९९९ सम्म प्रमाणसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, रु २५ हजारदेखि ४९ हजार ९९९ सम्म आर्थिक सहयोग गर्ने सहयोगीलाई प्रमाणसहित सम्मान गर्ने, शिलालेखमा नाम लेख्ने, रेडियोबाट नाम प्रसारण गर्ने र स्मृरिकामा प्रकाशसन गर्ने, रु ५० हजारदेखि ९९ हजार ९९९ सम्म आर्थिह सहयोग गर्ने सहयोगीलाई गोल्ड्रे फ्रेमको प्रमाण पत्रसहित सम्मान गर्ने, शिलालेखमा नाम लेख्न, रेडियोबाट प्रसारण गर्ने र स्मारिकामा प्रकाशन गर्ने, रु १ लाखदेखि माथि आर्थिक सहयोग गर्ने सहयोगीलाई गोल्ड्रेन प्र्रmेमको प्रमाण पत्रसहित दोसल्लाह ओढाई सम्मान गर्ने, शिलाखेममा नाम लेख्ने, रेडियोबाट नाम प्रसारण गर्ने र स्मारिकामा प्रकाशन गरी सहयोगी दाताहरुलाई सम्मान गर्ने तयारी उप समितिले गरेको छ । बैठकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, पत्रकारहरु दिनेश सुवेदी, कविता उपाध्याय, माधव कुमार ओली, लोकेन्द्र चन्द्र, मिनराज रोका लगायतका पत्रकारहरुको सहभागी थियो । उप समिति संयोजक भिम बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न बैठकको सहजिकरण सदस्य विनोेद डाँगीले गर्नुभएको थयो ।

You may also like