जन्म दिनको अवसरमा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२२ गते माघ

लिबाङ राेल्पा

सरीकाेट पोलिटेक्निकल ईन्स्टिच्यूट रोल्पाको कार्यकायरी निर्देशक योगेन्द्र अनुपम जि.सी.को २१ औैैं जन्म दिनको अवसरमा ब्राइट फ्यूचर इलिङ्स बोर्डिङ सेकेण्डरी स्कूलकाे विपन्न, जेहान्दर र दलित गरी १५ विद्यार्थीहरुलाई आज  शैक्षिक सामग्री प्रदन गर्दा भएकाे छ । शैक्षिक सामग्री प्रदानले ति विद्यार्थीहरुको अध्ययनमाा थप सहयोग पुग्ने भएको छ ।यस  प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य, प्यापसन रोल्पाको अध्यक्ष एवम् ब्राइट फ्युचर इलिङ्स सेकेण्डरी बोर्डिङ स्कूल रोल्पाको संस्थापक प्रिन्सिपल नौलसिंह पुनले भन्नुभयो,‘ योगेन्द्र अनुपन जि.सी.ले आफ्नो जन्म उत्सवको अवसरमा विपन्न, जेहेन्दार र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदानले हामीलाई सिकाई भएको छ ।’ उहाँले २० औं वर्ष पूरा गरी २१ आंंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा जि.सी.को सु–स्वास्थ्य, दीर्घायु, उत्तर–उत्तर प्रगतिको कामना समेत व्यक्त गर्नुभयो । जि.सी.को जन्म उत्सवको अवसरमा विपिन्न, जेहान्दार र दलित विद्यार्थीहरुलाई प्रदान गरेको शैक्षिक सामग्रीले ति विद्यार्थीको शिक्षण उपलब्धिम थप सहयोग पुग्ने विश्वास समेत प्रमुख अतिथि पुनले व्यक्त गर्नुभयो ।
त्यो कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशन रोल्पाको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, जलजल बहुमुखी क्याम्पस रोल्पाको प्राध्यापक भिमबहादुर बुढामगर, सत्प्रयास मिडिया ग्रुप रोल्पाको प्रतिनिधि हेमन्त खत्री, सरिकोट पोलिटेक्निकल ईन्स्टिच्यूट रोल्पाको मार्केटिङ प्रमुख नारायण रेग्मी, ब्राइट फ्यूचर इलिङ्स बोर्डिङ सेकेण्डरी स्कूल रोल्पाको भ्वाईस प्रिन्सिपल भिमबहादुर पुनमगर सहितका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।

‘यस विद्यालयबाट नै नैतिक शिक्षा प्राप्त गरी म हाल २१ औं जन्म उत्सवको अवसरमा विपन्न, जेहान्दर र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदन गर्दा म धेरे सुखी छु । म मेरो बाँकी जीवनको सफल्ताका लागि यस विद्यालयको थप सल्लाह सुझावको अपेक्षा गर्दछु,’जि.सी.ले भन्नुभयो । उहाँले भन्नुभयो,‘मेरो जन्म उत्सवको अवसरमा विपन्न, जेहान्दार र दलित विद्यार्थीहरुलाई प्रदान गरेको ति शैक्षिक सामग्री अध्ययन अविधिभरिमा पूर्णता हुन सक्दैन । तर, ति शैक्षिक सामग्रीले निरन्तरता अध्यायनमा ति विद्यार्थीहरुलाई पोत्साहन गर्ने म विश्वास गर्दछु ।’ यस विद्यालयको थप विकासमा गर्न सक्ने कुनै पनि सहयोग बाँकी नराख्ने जि.सी.ले कार्यक्रममा प्रतिवद्वता समेत व्यक्र गर्नुभयो । जि.सी.ले यस स्कूलबाट एल.के.जी.देखि कक्षा १० सम्म अध्ययन गर्नुभएको थियो ।

जि.सी.ले यस स्कूलबाट एस.एल.सी. परीक्षा २०७२ सालमा उत्तिर्ण गरी समाजिक सेवामा आवद्व हुँदै अध्ययनलाई अगाडि बढाउनुभयो । हाल जि.सी.ले जलजल बहुमुखी क्याम्पस रोल्पामा स्नातकको पहिलो वर्षमा अध्ययन गरी रहनुभएको छ । जि.सी.लाई प्रमुख अतिथि, अितिथहरु, विद्यालयका शिक्षकहरुले खादा र अविल्यापन गरी जन्म दिनको शुभ कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम जि.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सरिकोट पोलिटेक्निकल ईन्स्टिच्यूट प्रिन्सिपल चोमबहादुर बुढाथोकीले गर्नुभएको थियो भने स्वागत रवि मोहन वरालले गर्नुभएको थियो ।

You may also like