उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनद्वारा विरामी बालकको उपचार स्वरुप एक महिनाको तलब सहयोग

साउन २६ गते
लिबाङ–रोल्पा


उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन ‘अनन्न’ गंगादेव गाउँपालिका– रोल्पा जितेमारे रोल्पा निबासी १२ वर्षिय हेमराज ओलीको प्लाष्टिक एनिमिया उपचारको निम्त उहाँको एक महिनाको तालब बराबर आर्थिक सहयोग गर्नुभएको छ । उक्त आर्थिक सहयोगले विरामीको उपचारमा थप सहयोग पुग्ने भएको छ ।
हाल विरामीको सिभिल अस्पताल काठमाडौंमा प्लाष्टिक एनिमियाको उपचार भइरहेको छ । उनको शल्यक्रियाका लागि १२ लाख लाख खर्च लाग्ने अस्पतालले बताएको दाजु अशोक वली परिवर्तनले जनाकारी दिनुभयो । विरामी बालकसहित आफन्तसँगको भेटमा मन्त्री पुनले घोषणा गर्नुभएको हो ।

त्यसै गरी दाङ निवासी निखिल ओलीको पहलमा कतारमा रहेका युवाहरुले ३५ हजार १ सय २० रुपैया प्रदान गरिएको छ । वाइसिएल रोल्पाका अध्यक्ष रितमान पुन ‘अग्रिम’ले २१ हजार, गंगादेव गाउँपालिाका अध्यक्ष वीरबहादुर खत्रीले व्यक्तिगतरुपमा २० हजार, रोल्पाका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ले १० हजार, साहित्यकार दीप दर्पणले ५ हजार र गोल मिडिया अनलाइनले १० हजार सहयोग गरेको विरामी हेमराजका दाइ अशोक वली परिवर्तन बताउनुभयो ।

विरामी भाईको उपचारको निम्ति आवश्यक रकम संकलनका लागि सहयोगि निकायहरुलाई सक्दो आर्थिक सहयोगको अनुरोध गर्नुभयो ।

You may also like