परिवर्तनका लागि साझा प्रयास समूह सुलिचौरद्वारा काटधारा स्थित सौचालयको मर्मत गरी पुनः सञ्चालन

परिवर्तनका लागि साझा प्रयास समूह सुलिचौरद्वारा काटधारा स्थित सौचालयको मर्मत गरी पुनः सञ्चालन
चन्द्र रोकामगर

This image has an empty alt attribute; its file name is s2-1-1024x485.jpg


साउन १९ गते, रोल्पा । परिवर्तनका लागि साझा प्रयास समूह सुलिचौरद्वारा तत्कालीन जिल्ला विकास समिति रोल्पाद्वारा सुलिचौर बजार नजिक निर्मित सौचालयको मर्मत गरेर आजबाट पुनः प्रयोगमा ल्याएको छ ।

This image has an empty alt attribute; its file name is s3-1024x485.jpg

समाजिक अभियानको लक्ष्य सहित गठन भएको परिवर्तनका लागि साझा प्रयास समूह सुलिचौर रोल्पाको सामाजिक अभियानको क्रममा सुलिचौर बजार नजिक काँटधारमा निर्मित सौचालयको मर्मत सम्भाव कुनै पनि निकायबाट नभएको लामो समयपछि समूहको पलहमा मर्मत भएको हो । सौचालय मर्मत गरेर प्रयोगमा ल्याएको समूहको संयोजक भुपनारायण घर्तीमगरले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is s6-1024x485.jpg

सौचालय मर्मत सम्भार क्रममा सद्भावमा सहयागी भूमिका निर्वाह गर्नुहुने सुनिलस्मृति गाउँपालिका–४ नंं. वडा अधयक्ष गञ्ज बहादुर क्षेत्री, लेखन कार्यमा निःशुल्क सहयोगी चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङ रोल्पा शिक्षक ओम प्रकाश विष्ट, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम रोल्पाका शिक्षक देउमन रोका लगायत सहयोगी भूमिका निर्वाह गर्नुहुने सहयोगीहरुलाई समूहले धन्यवाद व्यक्त गरेको छ । आगामी दिनहरूमा पनि हाम्रो समूहले सबैसँग सहकार्य गर्दै विविध सामाजिक कार्यहरू गर्दै जाने योजना तय गरेको समूहका संयोजक भूप नारायण घर्तीमगरले जानकारी दिनुभयो । समूहले हालसम्म सञ्चालन गरेको समाजिक अभियानमा सद्भाव र सहयोग गर्नुहुने सहयोगी मनहरुलाई उहाँले हार्दिक नमन् गर्दै आगामी दिनमा यस्ता सामाजिक गतिविधिहरूमा समन्वय तथा सहकार्यमा जुट्नु अनुरोध गर्नुभयो ।

You may also like