रोल्पाली जनताको सबृद्धीको आधार निर्माण गर्दै कुलप्रसा के.सी. ‘सोनाम’


मानसिंह बिक
मंसिर ७ रोल्पा
बाल्यकालदेखि राजनीति आन्दोलनमा लाग्नुभएका कुल प्रसाद केसी ‘सोनाम’ रोल्पा जिल्लाको सम्बृद्धको आधार तयार गर्दै रोल्पा क्षेत्र नं. १ का जनताको गाउँ गाउँमा पुगेर चुनावी अभियानको क्रममा मतदातासँग भेटघाट गरि सक्नु भएको छ । रोल्पा जिल्ला क्षेत्र नं. १ मा साविकको २५ वटा गाविसहरुमा पुगेर अब चुनावी अभियालाई सक्नु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली एवं युवा नेता युद्धकालमा पुगेर विभिन्न राजनीतिक कार्यक्रम गरेको स्थानहरुमा फेरी पुगेर मतदाता र आम जनताहरुसँग मत माग्नु भएको छ । उहाँले कलिलो उमेर १६ वर्षदेखि राजनीतिमा लागेर ३ दशक नेपाली जनताको मुक्तिको लागि समय विताई सक्नु भएको छ । विद्यार्थी राजनीतिदेखि राजनीतिक यात्रामा लागेका केसी हाल माओवादी केन्द्रभित्रका पनि प्रभावशाली र प्रखर बक्ताको रुपमा आफ्नो छवी कायम आफ्नो राजनीतिक गूरु कृष्णबहादुर महराको भनाई छ ।
उहाँले माओवादी आन्दोलनले मात्रै देशको समृद्धि, विकास र राज्यसत्ताको शासकीय स्वरुप र संरचनामा आमूल परिवर्तनका लागि १० वर्ष जनयुद्ध लडिएको स्मरण गर्दै जनयुद्धको जगमा ०६२÷०६३ को १९ दिने जन आन्दोलन र मधेश आन्दोलनको उत्थान गरी नेपालमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशि– ंसमानुपातिकता जस्ता ठूल–ठूला उपलब्धिहरु संविधानसभा मार्फत हाँसिलको कसैले पनि नभूल्नका लागि अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयोः–“कुराको संस्थागत गर्नु हाम्रो सबैभन्दा ठूलो दाायित्व हो, यी उपलब्धिहरुको रक्षा र विकास गर्दै अब देशलाई समृद्धिको शिखरमा पु¥याएर तीब्र आर्थिक र भौतिक विकास गर्दै देशलाई नै कायापलट गर्न चाहान्छौ ।”
नेपाली कांग्रेसका उमेद्वार एवं कार्यकर्ताले कुलप्रसाद केसीलाई क्षेत्र नं. २ को हो भनेर प्रभार गरी मतदाताहरुलाई भामक प्रचार गर्दै हिडेको प्रति कम्युनिष्टहरु अन्तर्राष्ट्रियवादी हुने कुराले आफू रोल्पा, नेपाल र विश्व नै कम्युनिष्टहरुको हुने भएकोले साघुरो घेराबाट आम मतदाता मुक्त हुनका लागि अनुरोध गर्दै भन्नुभयो ः–यो भ्रामक प्रचारमा कोही कसै नलाग्नु होस, यो कांग्रेसको हार्न मानसिकताको उपज हो ।” उहाँले २०४८ सालमा कृष्णबहादुर महरा रोल्पा २ बाट, रोल्पा १ बाट थबाङका बरमान बुढामगर विजयी र ६४ मा जयपुरी घर्ती पनि रोल्पा १ बाटै विजयी भएको उहारण दिनुभयो ।


आफू रोल्पा नगरपालिकाको वडा नं. ६ मा जन्मेर वर्ग संघर्षमा रोल्पाकै पूर्वी भागहरुमा जनताको सेवामा काम गरिरहको बताउँदै जनयुद्धकालमा आफूलाई पार्टीले भेरी कर्णाली क्षेत्रको जिम्मेवारी प्रदान गरेको र अढाई वर्ष लामो जीवन भारतीय जेलमा रहेकोले पनि रोल्पामा कम सहभागीता भए पनि पार्टी र क्रान्तिकै जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो ।
पार्टीको राजनीतिक विभिन्न मोर्चामा काम गरेपनि आजसम्म उहाँले कुनै सरकारी लाभको पदमा नबसेको बताउनुभएको छ । उहाँले भन्नुभयोः–“आफ्नो स्वच्छ छवीमा आँच आउन पनि दिएको छैन । मैले रोल्पा जिल्ला क्षेत्र नं. १ को समग्र विकासका लागि जनताको मतद्वारा प्रदेश सभाको सभासद भै जनताको सेवा गर्न र यस क्षेत्रको समग्र विकास गर्न चाहान्छु ।” केसीले रोल्पा जिल्ला विकासको मूल फुटाउन र बाँकी रहेका कार्य गर्नका लागि रोल्पाको १ नं. क्षेत्रलाई सुन्दर, हराभरा र पर्यटकीय गन्तव्य बनााउने मुख्य अविस्ट रहेको बताउनुभयो ।

आम मतदातासमक्षा उहाँले भन्नुभएको छः–“मेरो सपना तपाई आम आमाबुबा दाजुभाई तथा दिदी बहिनीको अमूल्य मतले मात्र प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु । अतः तपाईको अमूल्य मत गोलाकार घेरा भित्रको हँसिया हथौडामा दिई अत्याधिक मतले मलाई विजयी गराउनु हुनेछ भन्ने अपेक्षा सहित मेरा निम्न प्रतिवद्धताहरु जनता सामु पेश गर्दै मतदानको निम्ती विशेष अपिल गर्न चाहान्छु ।”
केसीले रोल्पा जिल्लाको विकासका लागि आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
“जल, जमिन र जंगलको उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढौँ” भन्ने मान्यताका साथ केसीले प्रत्येक गाउँपालिकाको केन्द्र जोड्ने सडकहरु कालोपत्रे गर्ने, रोल्पा रिङरोडको पूर्वी भाग (सुलिचौर थबाङ) सम्पन्न गर्ने, पूर्वी भेग सिर्पबाट प्यूठान जोड्ने सडक स्तरोन्नती गर्ने, सुलिचौर गाम सडकलाई मध्य पहाडी लोकमार्गसंग जोडी अन्तरदेशीय मार्गको रुपमा विकास गर्न पहल गर्ने, लिुबाङ, चकचके, सुलिचौर लिबाङ सडकलाई डवल लेन सडकमा विकास गर्ने सडकको योजना अगाडि सार्नुभएको छ ।
रोल्पा जिल्लाको जललाई प्रयोग गरी रोल्पालीको आयस्तर माथि उकास्नका लागि महत्वकाक्षी योजना अगाडि सार्नुभएको छ । रोल्पाली जनताकै सेयर लगानीमा लुङग्री र माडीबाट जलविद्युत उत्पादन गर्ने लक्ष पनि अगाडि सार्नुभएको छ । यसैगरु केसीले बेरोजगार युवाहरुलाई रोजगारीको सुनिश्चितता गरिने, युवा लक्षित विभिन्न व्यवसायिक सीप प्रदान गरी व्यावसाय सञ्चालनका लागि कार्यक्रम सञ्चालन गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै रोल्पा जिल्लालाई पर्यटन तर्फ जेलबाङलाई नमूना शहीद गाउँ, लिस्ने लेक र गाममा जनमुक्ति सेना वीरता स्तम्भ निर्माण गरि युद्ध पर्यटन विकासमा जोडमा जोड दिने समेत बताउनुभयो ।
केसीले विगतमा सञ्चालन भएको बडाचौर यएरपोट निर्माण गरि कार्य सञ्चालन गर्ने, यसैगरी एक घर एक धाराको नीति अनुसार प्रत्येक घरमा खानेपानीको सुनिश्चितता गरिने, जनयुद्धका शहीद परिवार, वेपत्ता परिवार, घाईते अपाङ्ग, बलात्कृत लगायतलाई रोजगारीमा विशेष अवसरको श्रृजना गर्ने, रोल्पाको पूर्वी क्षेत्रमा स्नाकोत्तरतहसम्मको शिक्षाका लागि क्षेत्रीय स्तरमा विशेष पहल गरिनेछ साथै प्रत्येक गाउँपालिकामा न्युनतम स्नातकतहसम्मको शिक्षाका लागी माध्यामिक विद्यालयहरुको स्तरोन्नती गरिने, जनतालाई स्वास्थ्यमा सहज पहुँचका निम्ती निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न विशेष पहल गरिने, खाद्यमा आत्मनिर्भर जिल्ला बनाउनका लागि आधुनिक उत्पादन प्रणालीको विकास गरी बजारीकरणको व्यवस्था गरिने, रोल्पा जिल्लाको सदरमुकामलाई ‘स्मार्ट सिटी’ घोषणा भैसकेकोले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिईने, शहरी विकास कार्यक्रम अन्तरगत, रोल्पाको पूर्वी पहाडमा नयाँ शहरी विकासका लागि विशेष पहल गरिने, रोल्पाको पूर्वी भेगको उपयुक्त स्थानमा सुनिल स्मृित शालिक निर्माण गरिने, बडाचौर एयरपोर्टलाई पुनर्निमाण गरि पुनः सञ्चालनको लागि पहल गरिने, सुलिचौरमा र लिबाङमा आधुनिक वसपार्क निर्माणमा जोड दिइने, तरकारी र फलफूल खेतीका लागि १ नं. क्षेत्रका विभिन्न वडाहरुलाई पकेटक्षेत्र घोषणा गरी लागू गरिने, पूर्वी क्षेत्रमा रहेका विभिन्न खनिज पदार्थ उत्खननमा विशेष पहल गरिने समेत उल्लेख गर्नुभएको छ । यसैगरी रोल्पा जिल्लाका सञ्चारको पहुँचभन्दा बाहिर रहेका गाउँ र नागरिकलाई सञ्चार सुविधाको प्रत्याभूति गराइने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पूर्वको जनताको जीवन स्तर परिवर्तन गर्नका लागि रोल्पा जिल्लालाई नमूना जिल्ला बनाउनेकार्यमा निरन्तर लाग्र्दै सम्बृद्धी सहितको रोल्पा निर्माणका लागि आफ्नो उमेद्वारी भएको बताउनुभएको छ । उहाँ संयुक्त बाम गठन्धनका तर्फबाट आफ्नो उमेद्वारी भएकोले विजयी बन्न सक्न
दााव गरेका छन् ।

You may also like