विषादी सर्पको टाेकाइबाट ठूलो नम्जामा एक जनाको मृत्यु

विषादी सर्पको तोकाइबाट ठूलो नम्जामा एक जनाको मृत्यु
खुम बहादुर सुनार
लिबाङ–रोल्पा

साउन ५ गते । लुङ्ग्री गाउँपालिका ४ नंं. वडा ठूलोे नम्जा निबासी ३४ वर्षीय भिमला बि.क.को विषादी सर्पको टाेकाइबाट आज बिहान मृत्यु भएको छ ।
बि.क.लाई सोमबार राती ८ः३० बजेमा सुतेको बेला सर्पले तोकेको स्थानीय विशाल बि.क.ले जानकारी दिनुभयो । त्यही राती नै प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथमिक उपचार पश्चात् वुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतक बि.क.को १२ वर्षीय छोरा, ८ वर्षीय छोरा र ३ वर्षीय छोरी रहेका छन् भने आफ्नो श्रीमान् वैदेशिक रोजगारको क्रममा मलेसियामा रहेको स्थानीय बि.क.ले जानकारी दिनुभयो ।

You may also like