मानसिंह विश्वकर्मा
फागुन २ रोल्पा जुगार
ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले देशलाई शैक्षिक तथा खेलकुद क्षेत्रबाट सबल बनाएमा नेपाल समृद्ध बन्ने बताउँदै हरेक नागरिकहरु स्वस्थ्य र शिक्षालाई राज्यले पहिलो प्राथमिकता राखेको बताउनुभयो । मन्त्री पुनमगरले नेपाल सरकारको ‘समृद्ध नेपाल खुशी नेपाली’ को राष्ट्रिय अभियानलाई पूरा गर्नका लागि सबैको साझा एजेण्डा भएको बताउँदै त्यसलाई पूरा गर्नका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“शिक्षा र स्वास्थ्यलाई सरकारले पहिलो प्राथमिकता दिएका छाँै ।”
यस्तो विचार मन्त्री पुनमगरले त्रिवेणी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङशिल्ड उद्घाटको क्रममा जुगारमा बताउनुभएको हो ।
उहाँले नागरिक स्वथ्य भएमा देश आफै बन्ने बताउँदै सबै नागरिककाको लागि खेलकुद अनिवार्य भएको बताउनुभयो ।
उहाँले नेकपाको सरकारका रहेको बेलमा नेपालको ७.१ आर्थिक बृद्धिदर रहेको दावी गर्दै यसलाई बृद्धी गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पुनमगरले खेलकुद क्षेत्रबाट देशलाई एकताबद्ध गर्न सकिने बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकता दिइरहेको बताउनुभयो । खेलकुदको विकासका लागि नेपाल सरकार लागेको बताउँदै राज्यले खेलाडीहरुमा पनि लगानी गरेको बताउनुभयो । आगामी दिनमा पनि निरन्तर लगानी गर्ने बताउनुभयो ।
रोल्पा जिल्ला भौगलिकरुपमा दुर्गम विकट हुँदाहुँदै पनि रोल्पा जिल्ला शैक्षिक एवं विकासको केन्द्र बनिरहेको बताउनुभयो । उहाँले माध्यमिककतह, कृषि क्याम्पस, पोलिटेक्नीकल लगायतले रोल्पा जिल्ला अब विशेषज्ञ उत्पादन हुनेसमेत आशा गर्नुभयो ।
उहाँले रोल्पा जिल्लाको दक्षिणी क्षेत्र जिल्लाको शैक्षिक, खेलकुद, साँस्कृतिक, कलाकारीता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताउँदै आम रोल्पाको विकासको सुचाङ्कलाई निकै विकास गर्ने आशा समेत व्यक्त गर्नुभएको थियो ।
उहाँले शैक्षिक, कृषि, पर्यटन, कलाकारीता राजनीतिकको केन्द्र बनेको गाउँपालिकामा राम्रो एवं भव्य कार्यक्रम सम्पन्न गर्नका लागि पहल लिनु भएकोमा धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।
रोल्पा जिल्लामाको दक्षिण भागमा खानेपानी तथा सिचाईको अभाव भएकोले गाउँपालिकाले पठाएको योजनामा संघीय सरकारबाट बजेटको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाको पहिचान फेरीएको बताउँदै रोल्पा जिल्ला नेताहरुको जिल्ला, द्वन्द्वको जिल्ला मात्रै भन्दा पनि कलाकारहरुको जिल्ला, खेलकुदकर्मीहरुको जिल्लाको रुपमा पनि चिनिन थालेको बताउनुभयो । उहाँले भन्नुभयोः–“लोक स्टारमा शनी भाईले विजय हासिल गरे, कमेडीमा रोल्पाकै खड्क पुनले राम्रो गर्दैछन्, उसु खेलमा निमा घर्तीले स्वर्ण लिइन यो एउटा राम्रो उदाहरण हो ।”
उहाँले असल नागरिक बन्नका लागि कलिलै उमेर अवस्थादेखि तयारी गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा रुन्टीगढी गाउँपालिका अध्यक्ष वालाराम बुढामगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी कार्यालय रोल्पाका प्रमुख कर्णबहादुर बुढामगर, अनुसन्धान प्रमुख लक्ष्मण चौधरी, प्रमुख प्रशासकीक अधिकृत निमबहादुर केसी, नेकपाका प्रदेश कमिटि सदस्य गोविन्द पुनमगर, नविन, नेकपा (त्रिवेणी) गाउँपालिका अध्यक्ष निमप्रसाद रोका, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको आथित्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरु एवं कलाकारहरुले विभिन्न सचेतना मूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले पिटीपरेट एवं मार्चपास, सलामी अर्पण गरेका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको अध्यक्षतामा भएको थियो भने गाउँपालिका उपाध्यक्ष सावित्रा बुढामगरले स्वागत गर्नुभएको थियो । प्रतियोगिता ५ दिन सम्म चल्ने आयोजकले बताएको छ ।
मन्त्री पुनमगरले त्रिवेणी गाउँपालिका पार्टी कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नुभएको थियो ।